प्रेम, सपना र कर्तव्य
काठमाडौं । हिँड्दा–हिँड्दै गल्तीले एउटा अर्कै गल्लीमा छिरेछु । गल्लीभित्र घरहरू यति जोडिएका छन् कि कतै देख्दिनँ, एउटा सानो दुलो जहाँबाट अलिकति हावा छिरोस्, अलिकति घाम छिरोस्, अनि अलिकति जूनको उज्यालो छिरोस् । छिरेपछि मलार्ई त श्वास नै फेर्न गाह्रोजस्तो भो । अलिअलि हावा बाहिर मूल सडकदेखि नै मेरो पछिपछि लागेर आएको थियो र पो धन्न । कसरी बस्लान् यहाँका मानिसहरू यस्तो अँध्यारो गल्लीमा । अन्दाजी साठी नागेको कम वयमै यति बुडो देखिएको मानिस फुत्त साइकल चढेर आयो । मेरो पछाडि घण्टी बजायो । म अलिक सडकबीचमै रहेछु । होस नै भएन । कस्तो अचम्म गल्लीभित्र पार्दापार्दैको नयाँ रक्सीको गन्ध आइरहेको थियो । यसलाई खासै गन्ध भनिहाल्न पनि मिल्दैन आखिर खाने चिज न प-यो यो पनि ।
त्यो मान्छे साइकल लिएर मभन्दा करिब बीस हातअगाडि रोकियो । साइकल अड्यायो । टोपी झिकेर मुहारको पसिना पुछ्यो र फुत्त भित्र छि-यो । गल्ली निकै लामो छ । मानौ एउटा अँध्यारो पुरानो सुरुङजस्तो । उज्यालो पर मूल सडकदेखि नै पछ्याउँछ जो यो गल्लीभित्र छिर्छ । मानिसहरूको आवतजावत पनि त्यति छैन । सानो आवाजले बोल्यो भने पनि यहाँ ठूलो सुनिदोरहेछ । एउटा अग्लो घरको छिँडीमुनि छिरेको त्यो साइकिलवाला केही खानेकुरा चपाउँदै अकस्मात बाहिर निस्कियो । म बिस्तारैबिस्तारै त्यहाँको मौनता निहाल्दै हिडिरहनु उसलार्ई अचम्म लागेछ र सोधे– ‘ए छौ नेवा : ख ?’ मैले बुझिन र अलमल परेँ । फेरि उनले नेपालीमा सोधे– ‘तपाईं नेवार हो कि जस्तो लागेर बोलेको’ खोइ किन पो मलार्ई मुसुक्क हाँस्न मन लाग्यो भित्रैबाट । हाँसिदिएँ फिस्स र भनेँ– ‘म नेवार त हुँ तर नेवारी बोल्न नआउने पहाडी नेवार । ती पनि फिस्स हाँसे ।
म रोकिएँ । उनी पनि रोकिए । हामी दुवै आमनेसामुने भयौँ । अलिक वर आएर कुरा गर्न थालेपछि उनको मुखबाट आलो रक्सीको हरक आयो । तर त्यति धेरै नमीठो गन्धचैँ होइन है ।
तिनको मुखबाट अघि सडक नै मगमगाउने गरेर आएको नयाँ रक्सीको बासनाले मलार्ई पनि तलतल जगायो । दिउँसै छ के पिउनुजस्तो पनि लाग्यो । ‘तातो रक्सीले अलिकति मजा दिइरहेको छ’, उनको कुराले मेरो मुखमा पानी आयो । मलार्ई पनि पिउन मन लागेको छ भनेर भन्न सकिनँ । मन मनले सोचे यिनी गल्लीबाहिर निस्केपछि म त्यही छिँडीमा खुसुक्क छिर्छु र तातो रक्सी पिउँछु । उनी साइकल डोहो-याउँदै गल्ली बाहिर निस्किए । म त्यो गल्लीको छिँडीअगाडि उभिएँ ।
कस्तो रमाइलो दृश्य….
नेवारी खाना । छोयला, कचिला, मम, मासको बारा, गेडागुडीको क्वाटी, रागोको जिब्रो फ्राइ, हरियो लसुन सराबरी गरेर साँदेको भटमास आहा ! बाहिर बसेर एकछिन टोलाएको मात्रै के थिएँ एउटी भर्खरै एक्काइस-बाइस वर्ष लागेकी बैँस वयकी नेवार्नी मैचाले बोलाइन् । कस्तो मीठो बोली ।
‘छौ नेवा ख दाजु’ मैले अघि नै ती दाजुसँग कुरा गर्दा यसको अर्थ बुझिसकेको थिएँ । फेरि त्यही कुरो दोहो-याएँ ।
‘नेवा ख तर पहाडी नेवा ।’
तिनी मुसुक्क हाँसिन् र भनिन् ए हाम्रै जात्भातको हुनुहुँदोरहेछ । आफ्नो जात मिल्यो भने यो सहरमा अर्कै स्नेह मिल्दिरहेछ । भित्र छिरेँ । त्यहाँको खानेकुराले असाध्य लोभ्यायो । अनि सबैभन्दा लोभ्यायो यी नेवा नारीको मीठो बोलिवचनले । यिनको नवयौवनले । यिनको मीठो मिजासले । अपनत्वको सजिवताले झनै नजिक पु-यायो । मानौ यिनिसगको मेरो दोस्ती धेरै पुरानो हो । दशैँ नजिक आएकोले घरमा मरमसला र मिल्यो भने एउटा सानो खसी डो-याउँला भन्ने सुरले कान्तिपुर आएको ।
लामो मेच थियो । हाम्रो पहाडी स्कुलमा बसेर पढ्ने बेन्चजस्तै । अलिकति थकाइ पनि लागेको थियो । आजै गाउँबाट आएको । भोकै थिए । क्षेत्रपाटीको सुकुमानको भात होटेलमा खाना खान्छु भनेको सुकु भेट भएन । त्यस्की बुहारीको मिजास अलिक छुचो छ । बुहारीचैँ अलिक महँग्या पनि छे । भादगाउँलेको पसलमा लुगाफाटो किन्नु थियो । नजानेर एक्कासि यो गल्लीमा छिरेँ … । मेरो कुराले नेवाः नानीलार्ई छोएछ । मम एक प्लेट चिउरा कचिला र छोएला अगाडि ल्याएर राखिदिइन् । खास त मैले मागेको पनि होइन उनले नै ‘तपाईंलार्ई बेस्सरी भोग लागेको छ यो खाँदै गर्नू’ भनिन् । यस्तो भोक लागेको रहेछ कि हरेक परिकार यति मीठो थियो कि बयान गर्न सकिन…
यति मीठो खानेकुरा जिन्दगीमा खाकै थिनँ, कस्तो हात होला है ! ‘यी हात त यस्तै हो नि हाहाहा…’ तिनले हातै देखाइदिन् ।
तिनी रमाइलो रहेछिन् । मलार्ई हात देखाइन् । सेता कोमल हात । सलक्क परेका गोडा । फराकिलो निधार । गोल मिलेको पाखुरा । निदार पनि ठूलो । आँखामा अलिकति नजानिदो पाराले गाजल लाएकी । कपाल धागोले बाधेर पछिल्तिर फर्काएकी । लामो कालो कपाल । कतै घुँगुरु परेको पनि थिएन । डम्म परेका राता ओठ । लाली त होइन तर कस्तो रक्तवर्णकी । खासै शृङ्गार त केही गरेकै होइन र पनि कस्तो राम्री । धपक्क बलेजस्तो उज्यालो मुहार । नेवाः भइकन यति राम्री केटी आज पहिलोचोटी देखेको ।
‘के हेरिरहनुभाको मम खानुसन सेलाउँछ अहिले’ त्यो एक्कासि आएको मीठो आवाज मेरो कानबाट हुइँकिएर गयो । झसङ्ग भएँ । कस्तो मधुरकन्ठ बोली । एकैछिन चुप लागेँ । निःशब्द भएँ । बोल्न मन लागेर पनि बोलिनँ । मेरो मौनता देखेर तिनी फेरि बोलिन्– ‘किन नबोलेको नि ?’
‘बोल्नभन्दा नि सुन्न मन लागेर’
‘अघि मात्रै आमाले तातो रक्सी पार्नुभएको छ पिउनुहुन्छ ?’
‘अघि सडकमै यो रक्सीको बासनाले म मोहित भएको नि !’
‘हो र सडकमै पुगेछ बासना ?’
‘हजुर’
एउटा गिलास लिएर नेवाः केटी भित्र गइन् । तिनी हिँडेको पनि कस्तो सुहाउँदो । म हेरेको हेरै भएँ । अगाडि नि राम्रो पछाडिको चाल पनि त्यतिकै राम्रो । कस्तो मिलेको सबै कुरो । पृथ्वीमा यति राम्री सुन्दरीको पनि जन्म हुँदोरहेछ । मम खाएर म चिउरा चपाउँदै थिएँ । खाना सबै मीठो लाग्यो । उनी भित्रबाट गिलासमा हल्का बाफै आइरहेको रक्सी लिएर आइन् र हातमा दिएर अलिकति झुकिन् ।
सगुन हो पैसा तिर्न पर्दैन यसको । फेरि पिउनुभो भने मात्रै पैसा लिन्छु है !
धेरै अघि आमा जिवितै हुँदा आमाले दिने न्यानो स्नेह जस्तो पो पाए मैले । यो नेवाः केटीमा हुर्किएको आदरता कस्तो मायालु । कतै कहीँ नबिजाउने मान्छे पहिलोचोटी देखेँ । म आमाबुवा नभएको एउटा टुक्रे अविवाहित केटो । कहिलेकाहीँ काम विशेष सहर आइरहनुपर्छ । असन इन्द्रचोक, ठहिटी, बसन्तपुर, क्षेत्रपाटी, ठमेल हाम्रो बा हजुरबाको पालादेखि किनबेल गर्नी ठाउँ । बा बितेको दुई वर्ष भो । नत्र म प्रायः बासँगै आउँथे सहर । दुई भाइबहिनी थिए मेरो जिम्मामा । सौतेनी आमा पनि हुनुहुन्छ साथमा । भाइ सानै छ । बहिनी १४ वर्षकी भई । पढ्न स्कुल हालेको स्कुल टाढा भो भनेर बीचमै छोडेर कान्छी आमालार्ई घरधन्दा सघाउँछे । मेरो बिहे भएको छैन । दुई-चारवटा खेत छन् । अरुको ज्याला मजदुरी गर्न पर्दैन । सालको सय मुरी जति धान बेच्छौँ । दुःख त छ तर दुःखअनुसार उब्जनी पनि छ । गाउँका सबैलार्ई परेका बेलामा दिनखान सकिन्छ । खानलाउन र परेका बेलामा खर्च गर्न सक्छु । आफूले खासै नजोडे पनि बाउले मनग्गे जोडिदिएका छन् । हुन त पुर्खाको सम्पत्तिमा के गर्व गर्नु, त्यो जोड्दा उहाँहरूको पसिना कति झरे होलान् । आजसम्म इज्जतमा बसेका छौं । कहिलेकाहीँ यसो जातैले पाएको त हो नि भनेर एक/दुई गिलास रक्सीचैँ पिउँछु । नत्र भने अरु त्यस्तो नराम्रो बानी केही छैन । कसैको दुश्मनी पनि हुनपरेको छैन……।
नेवा केटीले मेरो कुरालार्ई धेरै चासो दिएर सुनिरही । गफ गर्दागर्दै कति धेरै खाइसकेछु पत्तै भएन । अब त मज्जाले अघाएँ । अघिसम्म शून्य र निरश लागेको गल्ली अहिले किन यस्तो रमाइलो लागेको मलार्ई । यति धेरै मीठा खानेकुरा श्रद्धा र मायाले ख्वाउने यी राम्री नवयौना नेवा केटी बिहे गरेर घरजम गर्न पाए म यो धरतीलाई स्वर्ग बनाउँथे । तर सहरमा हुर्केकी केटी पहाड जान के मान्ली खै । मैले उसको उमेर सोधेँ
बाइस वर्ष ।
‘मभन्दा तीन वर्षले कान्छी हुनुहुँदोरहेछ ।’
‘तपाईं पच्चीस हुनुभो ?’
‘बिहे कहिले गर्नी त अब ?’
‘बिहे भैसक्यो नि मेरो’
‘ओहो होइनहोला पत्याइनँ’
‘हो नि अघि भर्खरै साइकल चढेर आउने मेरो श्रीमान् हो नि ! रक्सी खान आएको । असाध्य रक्स्या छ । झगडा मात्रै गर्छ । रक्सी खान मात्रै आएको होइन म भट्टीमा बसेर को–को केटासँग बोल्छे भनेर चियो गर्न पनि आएको । उसले अरु केही गर्न सक्तैन खालि चियो मात्रै गर्छ । खै उसलार्ई पनि रक्सीले टीबी पो भइसकेको हो कि । यता आको बेलामा खोक्छ अचाक्ली ।’
‘उफ ! ए अघि साइकलमा जाने ती बुढादाइ तपाईंको लोग्ने हुन् ?’
‘हजुर’
म मुर्छा परेँ । छाती दुख्यो । सारा गल्ली नै भुइँचालोले हल्लिएजस्तो लाग्यो । दुखी भएँ । मन चिसो भयो । यो कस्तो अनमेल बिहे हो !
यसरी नि बिहे हुन्छ र ? बाबु भन्न सुहाउने लोग्नेमान्छेलार्ई कसरी श्रीमान् भन्दिहुन् यी नेवा केटी । म मौन भएँ । मलार्ई खलखली पसिना आएको देखेर तिनी बोलाउँछिन् ।
‘के भो अनायास चुप लाग्नुभो नि ?’
‘खै के भो छाती अवरुद्ध भो नसोचेको भो जे भो नजाती भो’
‘मेरो बिहेको कुराले हो ?’
‘हजुर’
‘लामो कथा छ मेरो जिन्दगीको । तपाई सुन्न सक्नुहुन्न । फेरि कथाभन्दा भन्दै रक्सी खाने निहुँले मलार्ई छड्के हान्न आउनुहुन्छ । मेरो कथा अधुरो नै होला । तपाईंलार्ई दुख्ला । किन दुखाऊँ म तपाईं एकछिन् आउनुभएको ग्राहकलार्ई ?’
‘यो घरमा तपाईंबाहेक अरु को–को छन् ?’
‘म, सासू र श्रीमान् तीन जना मात्रै ।’
‘कति वर्ष भो बिहे गरेको ?’
‘बिहे गरेको होइन मलार्ई उहाँले किनेको ।’
‘कति हजारमा ?’
‘खै मेरो बाउले यहीँ छोडेर गए । कतिमा पो बेचे के जानूँ ?’
‘माइती कहाँ हो तपाईंको ?’
‘बन्दिपुर ।
‘कति वर्ष भो बिहे गरेको ?’
‘दुई वर्ष ।’
‘सन्तान भएको छैन ?’
‘छैन । मैले बच्चा नपाउने सर्तमा बिहे गरेको । उहाँको जेठीका दुई छोरा छन् । र उहाँले मलार्ई बिहे गरेसी नियोजन गरेको ।’
‘यो घरमा सासू र म मात्रै बस्छौँ । उहाँ उतै जेठी स्वास्नीसँग बस्नुहुन्छ । मैले कमाएको पैसा मात्रै लानुहुन्छ ।’
‘के नाम हो तपाईंको ?’
‘मिना श्रेष्ठ । अनि हजुरको नि ?’
‘मधु श्रेष्ठ’
करिब तीन घन्टा बित्यो । एघार बजे यो गल्लीमा झुक्किएर छिरेको म । अहिले दुई बज्यो । सारा जगत घुमेजस्तो लाग्यो । उनी कसरी बेचिइन् त्यो कथा मलार्ई सुन्न मन लागेन । उनीप्रति असाध्य माया लाग्यो । मलार्ई असन जानु थियो । जिरा र अरु मरमसला किन्न । मिनालाई एउटा कुरा भन्न मन लाग्यो । भनु पनि कसरी । अर्काको श्रीमती । छोरी बेच्ने बाबुलाई मन मनले धिक्कारे । म बसुन्जेल त्यहाँ अरु कोही ग्राहक पनि आएनन् । हामी दुई मात्रै भयौँ । सासू दमको बिमारी रहिछन् । त्यही दमग्रस्त बिमारी सासूलाई स्याहार्नु र रक्सी बेच्नुको विकल्प रहेनछ तिनको ।
एउटा कलिलो घाम पूर्वबाट उदाइरहेको जस्तो मुहार लिएर जीवनलार्ई सहजसँग पार लाउँदै गरेकी मिना देखेर म बेचैन बनेँ केहिबेर ।
तिनी मसँग नजिक भइन् । मैले भने–
‘तपाईंको जीवन देखेर मलार्ई कस्तो माया लाग्यो अनि लोभ पनि । आज कुन साइतमा म यो गल्लीभित्र पसेछु । एउटा कुरा भन्न मन लाग्यो भनुम ?’
‘भन्नु न ।’
‘गाली नगर्ने भए मात्रै भन्छु ।’
‘गर्दिनँ किन गाली गर्नु र यति राम्रो मान्छेलार्ई ।’
‘मलाई तपाईंको असाध्य माया लाग्यो । म भगाएर लान्छु जानी ?’
‘खै के भनूँ । तपाईंलार्ई पहिलोचोटी देखिरहेछु । कसरी विश्वास गरुँ ? आफ्नो बाउले त यहाँ बेचेर गए । म कस्को विश्वास गरुँ ?’
‘जिन्दगी नै एउटा प्रश्न भएर उभिएको छ यतिबेला । दुःखमा छु भनूँ भने पनि कसैले पत्याउँदैन अनि सुखमा छु भनूँ भने पनि बाबुद्वारा बेचिएको छु ।’
‘मैले तपाईंलार्ई तपाईंको बाबुले बेचेको मूल्य त्यो मानिसलार्ई तिरेँ भने के तपाईं यो घरबाट मुक्ति पाउनुहुन्छ त ?’
‘मलार्ई उसले उसको श्रीमती भन्छ अनि के गरुँ ?’
‘सँगै बस्नुभएको छ आजसम्म कहिले ?’
‘तपाईंको मतलब ?’
‘तपाईं र ती दाइसँगै रात काट्नुभएको छ कहिले ?’
‘छि त्यस्तो गनाउने रक्स्याहा बुढोसँग को सुत्छ ?’
‘त्यसो भए तपाईं आजसम्म पवित्र हुनुहुन्छ ।’
‘म बिटोलिएकी छैन ।’
यति सुनेपछि मेरो आत्मा यति प्रशन्न भो कि सीमा नै रहेन । केहिबेर म त खुसीले भक्कानिएँ । मलार्ई मन परेकी स्त्री चोखी भएकीमा । केहीबेर अँध्यारो लागेको गल्ली त एउटा कुनै भव्य दरबारको आँगनजस्तो लाग्यो । खुसीले यति गदगद भएँ कि एक गिलास रक्सी मागेँ । सारा खुसी उनलाई दिऊँजस्तो लाग्यो । मनमनले सोचेँ अब मौका यही हो यिनलाई भगाउँछु । घरमा लिएर जान्छु । धुमधामसँग बिहे गर्छु । यति राम्री दुलही कसरी पायौ भन्लान् गाउँलेले अनि मेरो फुर्ती अर्कै हुनेछ र म भन्ने छु– ‘हाम्रो धेरै वर्षदेखि प्रेम थियो ।’
ज्यान नै तातो भएर आयो । भोक फेरि लाग्न थाल्यो । मन खुसी र उमंगले गदगद हुनथाल्यो । केहीबेरपछि आधा गिलास रक्सी लिएर मिना बाहिर आइन् । साथमा ती असी हिउँद बिताएकी अस्थिरपन्जर भएकी सासूलाई लिएर । म झस्किएँ । ओहो ! यस्ती वृद्ध सासूलाई यति मायाले पालेकी छिन् यिनले । रक्सी टेबुलमा राखिन् । आमा रोगी हुन् तर जुनजस्तै उज्यालो मुहार । काटीकुटी मेरै आमाको जस्तो अनुहार पाएँ मैले । यस्ती ममतामयी आमाको दर्शनले आज धन्य भएँ ।
ती आमाले स्नेहले मेरो कपाल सुमसुम्याइन् । म भावुक भएँ । आफ्नी आमालाई सम्झेर । मिनालार्ई मैले भगाएर लगेँ भने यी आमै एक्ली दुःखी होलिन् । यिनलाई कसले एक गाँस तातो पकाएर ख्वाउला ? उफ ! सम्झिँदा नि सास फुलेर आउँछ । यिनी त अन्धकारमा फसेको एक्लो जूनजस्तै होलिन् हरे !
यस्ती आमाको हातबाट मैले उनको जीवनरक्षक नै भगाएर लगेँ भने मलार्ई कति पाप लाग्ला है । आमाको मुहार हेरेँ । एउटा निर्दोष फूल अन्तिम बसन्त कुरिरहेजस्तो हाँगाबाट झर्नलाई ।
चित्त जल्यो । आमाको त्यो आद्र करुणा देखेर खै किन पो हो सात वर्षअगाडि बितेकी आमाको याद फेरि बेस्सरी आयो । काटीकुटी आफ्नै आमाको मुहार । सेतै चामलजस्तै भए पनि फुलेका कपालमा धागो लाएर बाटिदिएकी । नुहाएर सफा राखिदिएकी । असी वर्षको मान्छे कतै शारीरिक खोट र चोट छैन । यसरी त आफ्नै छोरी भए पनि के पाल्थे र ? अझ छोराको त कुरै नगरौँ, अघि देखेको त्यो स्वप्नलोकबाट म झरेँ । म खसेँ जिन्दगीको एउटा यथार्थ सत्यको पोखरीमा । मनमनले सोचेँ ….भो आमा ! यो अशक्त उमेरमा मिनालाई तपाईंको साथबाट खोसेर त्यस्तो क्रुर अपराध म किन गरुँ ? बरु म जिन्दगीभरि अविवाहित नै बसूँला । किन चाहियो र मलार्ई श्रीमती तपाईंजस्ती आमालार्ई रुवाएर । आमा भित्तातिर फर्किएर खोक्न थालिन् । तिनको मुखबाट रगतका फाल्सा आइरहेको देखेँ । मिनाले हात थापिन् ती आमाको रक्त खकार र माथि ओछ्यानमा लिएर गइन् । आमा दैलोभित्र छिरेपछि एउटा उज्यालो ज्योति पनि भित्र छिरेजस्तो लाग्यो ।
मिना तल आइन् । मेरो मुड बदलियो । अर्कै लाग्यो यो विश्व जगत । बिल तिरेँ । फेरि त्यही गल्ली हुँदै बाहिर निस्किँदै थिएँ । ती दाजु अर्थात् मिनाका श्रीमान् अघिकै बाटोमा भेटिए । यतिबेला तिनले थामिनसक्नु गरेर रक्सी पिइसकेका रहेछन् । मलार्ई देखे । यो समय भने तिनले मलार्ई चिने कि चिनेनन् थाहा छैन । तर फेरि एउटा पहाडी केटो देखेर त्यही वाक्य दो-याए– ‘ए बाबु ! छ नेवा ख: ?’ बिहान पनि र बेलुका पनि किन यिनले मलार्ई नेवार हो भनेर सोधे मैले केही बुझिनँ । म असनतिर लम्किएँ । सूर्य चन्द्रागिरीको डाँडामाथि अस्ताउन ठीक परेका थिए ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता
- खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गर्न मन्त्री यादवको निर्देशन
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया