ओप्पोकोे अन्डर—स्क्रिन क्यामेरा प्रविधि सार्वजनिक
काठमाडौं । ओप्पोले स्मार्टफोनका लागि लक्षित आफ्नो नेक्स्ट—जेनरेसन अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रविधि सार्वजनिक गरेको छ । हार्डवेयर नवप्रवर्तन र ओप्पोको स्वामित्वका एआई अल्गोरिदमको संयुक्त उपयोग गरी निर्मित नयाँ अन्डर—स्क्रिन क्यामेरा सोलुसनले सावधानीपूर्वक फ्रण्ट फेसिङ क्यामेरालाई स्मार्टफोन डिस्प्लेमुनि प्रयोग वा स्ट्यान्डबाई दुवै अवस्थामा समग्र स्क्रिनको मज्जा लिन सकिने तरिकाले स्थापित गराएको छ । यसले प्रयोगकर्तालाई स्क्रिनको गुणस्तर र क्यामेराले खिच्ने दृश्यको गुणस्तरमा सटिक सन्तुलन र विना सम्झौता एकरुपता प्रदान गर्ने कम्पनीको दाबी छ ।
यो नयाँ अन्डर—स्क्रिन क्यामेरा सोलुसनले अन्डर स्क्रिन क्यामेराको, विकासक्रमको सुरुवाती अवस्थादेखि समस्याका रुपमा आइरहेका रुकावटहरुको समाधानार्थ विभिन्न प्राविधिक र उत्पादनसम्बन्धी चुनौतीहरुको विकल्प तथा समाधानहरु उपलब्ध गराएको छ । अन्डर—स्क्रिन क्यामेरामाथिको स्क्रिन क्षेत्रमा देखिने अस्थिर डिस्प्ले गुणस्तर, क्यामेरालाई स्क्रिनले छोपेका कारण देखापर्ने न्यून गुणस्तरीय तस्बिर तथा उत्पादनप्रतिको विश्वसनीयता र टिकाउपनलगायत समस्याका समाधान पनि यसले उपलब्ध गराएको कम्पनीले जनाएको छ । नयाँ अन्डर स्क्रिन क्यामेरा प्रविधिले फुल स्क्रिन अनुभवलाई नयाँ उचाइ प्रदान गर्ने क्षमता बोकेको छ ।
कम्पनीका अनुसार नयाँ सोलुसनले हरेक पिक्सलको साइज, पिक्सेलको संख्यामा कुनै कमी नल्याईकन घटाउन सघाउँछ । यसले गर्दा क्यामेरा अवस्थित क्षेत्रमा समेत ४००—पीपीआई उच्च गुणस्तरीय डिस्प्लेको सुनिश्चितता मिल्छ । यस्तै ओप्पोले पारम्परिक स्क्रिन वायरिङलाई नयाँ पारदर्शी वायरिङ धातुको प्रयोगमार्फत विस्थापित गरेको छ । उच्च परिशुद्धतासहितको उत्पादन प्रक्रियामार्फत वायरिङका कारण हुने चौडाइलाई ५० प्रतिशत घटाएर सटिक डिस्प्ले गुणस्तरका साथै आरामदायी दृश्यानुभूति प्राप्त हुन्छ ।
यसैगरी विद्यमान औद्योगिक मानकअनुसार क्यामेरामाथिको स्क्रिन क्षेत्रमा २ पिक्सेल ड्राइभका लागि १ पिक्सेल सर्किट (१—टू—२)का स्थानमा ओप्पोले एक पिक्सेल सर्किटले एक पिक्सेल नै ड्राइभ गर्ने आफ्नो स्वामित्वअन्तर्गतको नयाँ समाधान प्रस्तुत गरेको छ । ओप्पोको सटिक अल्गोरिदम कम्पेन्सेसन प्रविधिसँगको संयुक्त प्रयोगले समग्र स्क्रिनको क्रोम्याटिसिटी र प्रकाशमाथिको नियन्त्रणको सटिकतालाई मात्र २ प्रतिशतको डेभिएसनमा सीमित गर्छ । ई—बुक्स पढ्ने, समाचार ब्राउज गर्ने, म्याप्सको नेभिगेसनलगायत कार्यमा ओप्पोको नेक्स्ट—जेनरेसन अन्डर—स्क्रिन क्यामेरा प्रविधिले साना फन्ट्सको सटिक प्रदर्शनी, तथा टेक्स्चर र रंगको गुणस्तरमा समेत सटिकता प्रदर्शित गर्छ ।
१—टू—१ पिक्सेल सर्किट र डेडिकेटेड अप्टिमाइजेसन अल्गोरिदमका साथमा ओप्पोको नेक्स्ट—जेनरेशन अन्डर—स्क्रिन क्यामेरा सोलुसनले स्क्रिनको अन्डर—स्क्रिन क्यामेराको क्षेत्रका लागि डिस्प्ले कम्पेन्सेसन उपलब्ध गराउनुका साथै, स्क्रिनको आयु ५० प्रतिशतसम्म लम्ब्याउने क्षमता राख्ने पनि कम्पनीको भनाइ छ । क्यामेराको कुरा गर्दा ओप्पोको यूएस रिसर्च इन्स्टिच्युटले इमेजिङ एआई अल्गोरिदमको एक नयाँ श्रेणीकै विकास गरिसकेको छ । तिनमा विवर्तन घटाउने, अन्डर स्क्रिन क्यामेरामा साधारणतया देखिने धमिलो आकृति तथा अति चहकिलो हुनेलगायत एचडीआर र एडब्ल्यूबीजस्ता समस्याको समाधान सम्मिलित छन् । उपभोक्ताले स्पष्ट, प्राकृतिक देखिने तस्बिर तथा दृश्य कैद गर्न सकून् भन्ने सोचका साथ ओप्पोले आफ्नो एआई डिफ्राक्सन रिडक्सन मोडललाई दशौँ हजार तस्बिरका सहायताले तालिम प्रदान गरिसकेको छ ।
फराकिलो स्क्रिन—टू—बडी रेसियो तथा आकर्षक डिजाइनप्रतिको उपाभोक्ता मागमा वृद्धिसँगै ओप्पोले ती क्षेत्रमा विकास तथा अन्वेषणका लागि ठूलो लगानी गरेको छ । सन् २०१८को सुरुवाती अवस्थादेखि ओप्पोले हालसम्म आइपुग्दा अन्डर—स्क्रिन क्यामेरा सोलुसनअन्तर्गत तीन पुस्ता सार्वजनिक गरिसकेको छ भने प्रक्रियागतरुपमा दुई सय प्याटेन्ट दर्ता गराइसकेको जनाएको छ । सन् २०२०मा यस प्रविधिको थप विकासका लागि योगदान दिने सोचका साथ कम्पनीले अन्डर—स्क्रिन क्यामेरा प्रविधिका लागि आफ्नो पहिलो प्रस्तावित मापदण्ड, इन्टरनेशनल इलेक्ट्रोनिकल कमिसन (आईईसी) माझ सबमिट गरेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया