Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयमहामारीको व्यवस्थापनमा सरकारी आरोप

महामारीको व्यवस्थापनमा सरकारी आरोप


काठमाडौं । विघटित संसद् पुनर्स्थापना, नयाँ सरकारको गठन, राष्ट्रपतिबाट हुन नसक्ने भनेर ठहर गरिएको अवस्थामा प्रधानमन्त्रीबाट विश्वासको मत प्राप्त, अर्थमन्त्रीबाट ‘श्वेतपत्र’ जारी, राष्ट्र बैंकबाट मौद्रिक नीति घोषणा आदि पछिल्ला दिनका सरकारी कामकुराहरू हुन् । अहिले सरकारले एक महिनाको अवधि पूरा गरेको अवस्था छ ।

सामान्यतया नयाँ सरकारलाई उसका कामकुराहरूको मूल्यांकन हुन सय दिनको अवसर दिइन्छ । तर अहिलेको सरकार त्यस्तो होइन । निर्वाचनबाट आएको सरकारका लागि सय दिनको मान्यता हो । यो सरकार केही पात्र फेरिए पनि पहिलेकै सरकारको निरन्तरता भने पनि हुन्छ । यसले विश्वासको मत लिँदाको समयमा जस्तो मत प्रकट भयो त्यसमा पहिलेका सत्तापक्षको पनि ठूलो अंश देखिएको थियो । यो एउटा पक्ष भयो भने दोस्रो यो मध्यावधि सरकार हो जसलाई आफ्नो कामको प्रगति देखाउन सय दिन पर्खने फुर्सद हुँदैन । त्यसमाथि महामारीको बढ्दो चपेटाको समय हो यो । दिनहुँ २५–३० जनाको मृत्यु भइरहेको छ ।

यस्तोबेला खासगरी महामारी रोकथाममा सरकारले के ग-यो भन्ने आम तहमा क्षण–क्षणमा प्रश्न उठ्छ जसको उत्तर सरकारले दिनै पर्छ । यसबीचमा अर्थमन्त्रीको श्वेतपत्र आयो । त्यसमा अर्थतन्त्रको अवस्थाको विश्लेषणसहित खासगरी महामारीमा विगतमा के भयो भन्ने उल्लेख छ र त्यसैबाट यो सरकार प्रतिप्रश्न उठ्छ ती क्षेत्रमा यो सरकारले के ग-यो ? खासगरी महामारीका बारे विगतमा गरिएका कामकुरामा खोट देखाउँदै श्वेतपत्रले भनेको छ, ‘विगतको सरकारले कोभिड–१९ महामारीको प्रारम्भमा विज्ञहरूका सल्लाह र सुझावविपरीत सामान्य रूघाखोकीका रूपमा महामारीलाई परिभाषित गर्नेजस्ता कार्यले यसको नियन्त्रणमा थप जटिलता पैदा ग-यो ।

छिमेकी देशहरूमा देखिएको असर र प्रभावको सूक्ष्म विश्लेषण गरी स्वास्थ्य पूर्वाधारको निर्माण, परीक्षणको दायरा विस्तार, उपचारको उचित प्रबन्ध, पर्याप्त होल्डिङ सेन्टरको निर्माण, क्वारेन्टिन, आइसोलेसन सेन्टर, आईसीयू तथा एचडीयू बेडको थप व्यवस्था, भेन्टिलेटर, अक्सिजनको अभावजस्ता पक्षमा गम्भीरतापूर्वक ध्यान दिई समयमै पूर्वतयारी गर्न सकेको भए यति ठूलो मानवीय क्षति हुने थिएन । स्वास्थ्य मापदण्डको कडाइका साथ पालना र जनचेतना अभिवृद्धिजस्ता सामान्य विषयमा ध्यान नपु-याई राजनीतिक स्तरबाट नै अनावश्यक रूपमा गरिएका शिलान्यास, उद्घाटन, सभा, प्रदर्शनजस्ता भीडभाडजन्य गतिविधिले कोरोनाको दोस्रो लहर तीव्ररूपमा फैलन सहयोग पु-यायो ।

निश्चय नै विगतमा राजनीतिक स्तरबाट नै आफैँले घोषणा गरेको स्वास्थ्यसम्बन्धी मापदण्डको कडाइका साथ पालना भएन । बरु त्यसको विपरीत काम भयो । श्वेतपत्रले भनेजस्तो जनचेतना अभिवृद्धिजस्ता सामान्य विषयमा ध्यान दिइएन । बरु शिलान्यास, उद्घाटन, सभा, प्रदर्शनजस्ता भीडभाडजन्य गतिविधि बढाइयो । यो महामारी बढ्ने बढाउने तत्व भीडभाडजन्य गतिविधि नै हुन । त्यसले कोरोनाको दोस्रो लहर तीव्ररूपमा फैलन सहयोग गरेको भन्ने कुरालाई मद्दत पु-यायो नै । तर सवाल हो विगतलाई गाली गरेर मात्र हुँदैन । के त्यस्ता कामहरू यतिबेला रोकिएका छन् ? राजनीतिक भीडभाडजन्य गतिविधि रोकियो ? के परीक्षणको मात्रा बढ्यो ? सरकारसामु यी प्रश्न उठेका छन् । हो, खोपको अभियान भने बढको छ । तर खोपले मात्रै संक्रमण रोकिँदैन भन्ने हेक्का पनि राख्नुपर्छ । आरोप लगाएर मात्र हुँदैन ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x