Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकुखुराको खोरबाट निस्कने अमोनिया न्यूनीकरणको लागि पोषण व्यवस्थापन

कुखुराको खोरबाट निस्कने अमोनिया न्यूनीकरणको लागि पोषण व्यवस्थापन


काठमाडौं । पृष्ठभूमी : आधुनिक कुखुरा प्रणालीमा धेरै खाले वायु प्रदूषण सम्मिलित हुने गर्दछन् जस्तैः अमोनिया, कार्बनडाइअक्साइड धुलो तथा जीवाणु । यिनीहरूमध्ये अमोनियाले कुखुरा फार्ममा तथा वातावरण जटिल समस्या सिर्जना गर्दछ । अमोनियाले कुखुराको बथानको उत्पादन कार्यदक्षताका साथै कुखुरा खोरमा कामदारमा स्वास्थ्य समस्यामा नकारात्मक रूपले प्रभाव पार्ने गर्दछ । अमोनियाको वृद्धिले दानाको खपत तथा शारीरिक वृद्धि दरमा समेत असर गर्दछ । कुखुराको खोरमा अमोनियाको स्तर न्यूनीकरण गर्न निम्नलिखित उपाय अवलम्बन गर्न सकिन्छ ।

कुखुराको खोरमा अमोनिया उत्पादन : अमोनिया रंगविहीन, पानीमा घुलन हुने क्षारीय रासायनिक गुण भएको कडा चह¥याउने खालको ग्यास मानिन्छ । यो दुई प्रकारको हुन्छ ।

वातावरणीय अमोनिया : यो एउटा सुलीमा भएको मल र चिस्यानबीच हुने रसायनिक अन्तरक्रियाबाट उत्पन्न हुने प्राकृतिक उपउत्पादन मानिन्छ । सुलीमा अवस्थित युरिक एसिडलाई व्यासिलस पासचुरालीस युरो कोलाइटिस व्याकटेरीद्वारा जीवाणुजन्य बिग्रहीन हुनुलाई कुखुराको खोरमा अमोनिया उत्पादनको प्राथमिक स्रोत मानिन्छ । वातावरणमा उपस्थिति, अनुपस्थिति दुवै अवस्थामा सुलीमा हुने जीवाणुजन्य बिग्रहका कारण अमोनिया उत्पादन निरन्तर भइरहन्छ । न्यानो तापक्रम, चिस्यान, पीएच तथा जैविक सामग्रीको उपलब्धताजस्ता तत्वहरूले अमोनिया उत्पादनमा सहयोगी भूमिका खेल्दछन् ।

आन्द्राजन्य अमोनिया : यो जीवाणुजन्य इन्जामको युरियामा हुने गतिविधिको कारण उत्पादित उपउत्पादन मानिन्छ । जति बेला आन्द्राजन्य अमोनियाको संघनता बढि हुन्छ रक्त सञ्चार प्रणालीमा पीएचको अवस्था फेरवदल हुन्छ साथै अक्सिजन ओसार पसार गर्ने रगतको क्षमता पनि जसले गर्दा कुखुरामा जलग्रहको समस्या देखिन थाल्दछ ।

कुखुराको स्वास्थ्य अवस्थामा अमोनियाको प्रभाव : अमोनियाको बढी संघनताको कारण कुखुरामा निम्नानुसारको स्वास्थ्यसम्बन्धी समस्या देखिन सक्दछ । कोचाकोच गरी पालिएको कुखुरामा सर्पकित छालाजन्य समस्याप्रति बढी ग्रहणशील हुने गर्छन् । पैतालामा हुने छालाजन्य समस्याका कारण बाली लाग्ने क्षमतालाई व्यवधान पु-याउँदा ब्याडका कुखुराको उत्पादनशीलतामा ५० प्रतिशतसम्म घटेर जान सक्छ । स्वासनली तथा फोक्सोमा पानी जन्मेको संकेतका साथै अक्सिजनको कमीका कारण कुखुराहरू इकोलाइजस्ता जीवाणुजन्य रोगप्रति बढी ग्रहणशील हुन पुग्दछन् । ५० पीपीएमसम्मको अमोनिया संघनताको सम्पर्कमा रहेका कुखुराको रहेका कुखुरामा केराटो कन्जडष्काटिभाइटिस हुने गर्दछ । साथै जलग्रह पनि यदि अमोनियाको संघनता १०० पीपीएम पुग्यो भने कुखुराको मृत्युदर बढेर जान्छ ।

मानवीय स्वास्थ्यमा अमोनियाको प्रभाव : कुखुरा खोरवरिपरि बस्ने मानिस वा कुखुरा पालनका गतिविधिमा संलग्न व्यक्तिहरूमा, झिँझो लाग्ने, उत्साह कम हुने, रिस उठ्ने थकित हुने समस्या बढी देखिने गर्दछ । बढी मात्रामा टाउको दुख्ने, नाकबाट पानी बग्ने, घाटी सुन्निने दुख्ने, बढी खोकी लाग्ने, पखाला लाग्ने आँखा पोल्नेजस्ता स्वास्थ्यजन्य समस्या देखिने गर्दछ ।

पोषण व्यवस्थापन : आहारामा १ प्रतिशत क्रुड प्रोटिनको वृद्धिले पानी खाने मात्रा ३ प्रतिशत तथा नाइट्रोजन बिसर्जन १० प्रतिशतले वृद्धि गराउँदछ । पाचन प्रणालीमा आहारामा भएको प्रोटिन पचेर कुखुरालाई चाहिने आवश्यक प्रोटिन संरचित हुँदा अन्तिम उत्पादन युरिक एसिड तयार हुन्छ जसको एक अंशले तीन अंश अमोनिया उत्पादन गर्दछ । यदि कुखुराको दाना आहारामा प्रोटिनको मात्रा घटाउने हो भने यस्तो दानामा शक्तिको मात्रा बढी हुन जान्छ जसले गर्दा अमोनियाको तह (३१) एकतीस प्रतिशतले घटेर जान्छ ।

वनस्पतिजन्य दाना आहारा सहयोगीको प्रयोग : वनस्पतिजन्य दाना आहारा सहयोगी मिसाउदा कुखुराको स्वास्थ्यमा धेरै किसिमले प्रभाव पार्छ । प्राकृतिक पाचनवर्द्धकको रूपमा यिनले आन्द्राबाट इन्जाइम पित्तको अम्ल उत्पादन अभिप्रेरित गर्दछ जसले गर्दा पचेको पोषण तत्वको सचेतना अभिवृद्धि गराउँछ ।

यसले खोरको हावामा अमोनियाको मात्रा दानाको संरचना तथा पोषकतत्वको उपभोगको कारण न्यूनीकरण गराउँदछ । यी वनस्पतिजन्य दाना आहारा सहयोगीमा सापोनिन तथा ग्लुकोजजन्य जैविक रसानिक तत्व हुने गर्दछ । सापोनिनले आन्द्राको सहजीकरण गराउँछ । ग्लुकोजजन्य तत्वमा उच्च तापक्रम स्थिर गुण भएको हुनाले यसले अमोनियालाई आफूसँग बाँधेर राख्छ र यसलाई विषरहित नाइट्रोजनजन्य अवयवको रूपमा परिणत गराउँदछ ।

सोतर व्यवस्थापन : सोतरको चिस्यान ३०–४० प्रतिशतको बिचमा वृद्धि भएमा यसले सोतरमा अमोनिया उत्पादनमा अभिवृद्धि गराउँदछ यस्तो चिस्यानमा अमोनिया अल्झिने हुँदा वातावरणीय हावामा प्रवाहित हुन पाउँदैन । यदि सोतर सुख्खा हुनपुग्यो भने अमोनिया हावामा मिसिन पुग्छ । त्यसैले सोतरको चिस्यान करिब २०–२५ प्रतिशत राखिनु पर्दछ । यदि सोतर धेरै भिज्न गयो भने ताजा सोतर थपेर छोप्नाले अमोनिया उत्पादनमा असर पु-याउँछ किनभने यसले भौतिक छेकबार चिसो सोतरमाथि गर्ने हुँदा अमोनिया बाहिरी हावामा प्रवाहित हुन पाउँदैन । करिब १० सेन्टिमिटर बाक्लो सोतर राखेमा यसले सोतरको सतहमा जम्मा भएको पानी तलतिर निकास गराउन प्रोत्साहित गराउने हुँदा अमोनिया सोतरको पोकामा अल्झिएर बस्छ । खोरको तापक्रम १८ डिग्री सेन्टिग्रेडमा झारेमा अमोनिया उत्पादनमा सहयोग गर्ने जीवाणुको विकास अवरोध पु-याउँछ ।

सोतरलाई हप्तामा २ पटक ओल्टाइफर्काइ गर्नाले एकै पटक धेरै मात्रामा अमोनियाको प्रवाह हुन दिँदैन । एउटा बथानपछि अर्को बथान त्यही खोरमा राख्नुभन्दा पहिले पुरानो सोतर फ्याल्नु पर्नेछ । व्यासिलस आधारित जीवाणुजन्य सोतर सहयोगी राख्नाले ग्राम नेगेटिभ जीवाणुजन्य संख्या न्यूनीकरण गर्नका साथै नाइट्रोजनलाई यथास्थितिमा राखी अमोनिया उत्पादन न्यूनीकरण गर्न सघाउ पु¥याउँछ । सोतरमा फेरिक सल्फेट प्रयोग गर्नाले अमोनिया उत्पादन न्यूनीकरण गर्दछ तर कुखुराको शारीरिक वृद्धिमा कुनै असर पु-याउँदैन ।

अन्य व्यवस्थापनका पक्षहरू : हावाको राम्रो दोहोरो निकास तथा उचित स्थिर दबाब राम्रोसित हावा मिसिनको लागि व्यवस्था गर्नुपर्छ । खोरमा ७० प्रतिशतभन्दा तलको तहमा ओस्यालोपन हुनुपर्छ जसले गर्दा सोतर डल्ला पर्नबाट रोक्न सकियोस् । पानी खाने व्यवस्था टुटीको प्रयोगबाट गर्ने तथा सोतरमा पानी चुहिने वा पोखिने भई सोतर भिज्न नदिने व्यवस्था गर्नुपर्छ । सोतर धेरै भिजेर गिलो भएमा त्यस्तो सोतर निकालेर ओभानो सोतर राख्नुपर्दछ । खोरको हावाको निकास क्षमताअनुसार कुखुराको संख्या राख्नुपर्छ । जाडोको बेला खोरको हावाको निकासदर उचित राख्नुपर्छ । कुखुराको खोरको वरिपरि राम्रोसित रुखको लहर रोप्नुपर्छ ।

निष्कर्षः कुखुराको खोरमा अमोनियाको नियन्त्रण कुखुराको बथानका साथै मानिसको स्वास्थ्य सुरक्षाको लागि आवश्यक हुन्छ । यो ज्यादै महत्वपूर्ण यसकारण पनि छ कि अमोनियाको असरका कारण हुने आर्थिक क्षतिपूर्र्ति न्यूनीकरण गर्न मदत गर्दछ । त्यसैले कुखुराको खोरबाट अमोनिया बिसर्जन रोक्न सबै खाले उपायहरूको बेलैमा प्रबन्ध गरी कुखुरापालनको व्यवस्थापन गर्नु बुद्धिमानी हुन्छ । कुखुरापालनबाट आय आर्जन लिन साथै कुखुराको खोरमा काम गर्ने  कामदारको स्वास्थ्य सुरक्षाका साथै खोरवरिपर बसोबास गर्ने जनसमुदायको स्वास्थ्य सुरक्षाको लागि तथा वातावरण तथा पर्यावरण स्वच्छ तथा स्वस्थ्य राख्नका लागि । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x