सवारी कारबाहीबाट छ महिनामा १० लाख बढी राजस्व संकलन
महेन्द्र शाही
सोलुखुम्बु, माघ १०
जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले चालू आर्थिक वर्षको छ महिनामा अघिल्लो वर्षको छ महिनामा पाँच लाखभन्दा बढी राजस्व संकलन गरेको छ । अघिल्लो वर्षको पुस महिनासम्म पाँच लाख ५५ हजार राजस्व संकलन गरेको ट्राफिक प्रहरीले चालू आर्थिक वर्षको पुस महिनासम्म १० लाख ५७ हजार राजस्व संकलन गरेको हो । अघिल्लो वर्षको यही समयम जम्मा सात सय ८० सवारी कारबाहीमा परेका थिए भने चालू आर्थिक वर्षको पुस महिनासम्म एक हजार पाँच सय १२ वटा सवारी कारबाहीमा परेको ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतले जानकारी दिए ।
अघिल्लो वर्षको भन्दा यो वर्ष राजस्व र कारबाही संख्या बढनुमा ट्राफिक प्रहरीको जनशक्ति बढ्नु र सवारी चाप बढ्नु रहेको उनको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा अघिल्लो वर्षसम्म दुई जना मात्र कर्मचारी रहेका थिए भने अहिले चार जना ट्राफिक प्रहरी रहेका छन् । चालू आर्थिक वर्षकको पुस महिनासम्म ट्राफिक प्रहरीले सबैभन्दा बढी भदौ महिनामा दुई लाख २३ हजार राजस्व संकलन गरेको छ ।
त्यस्तै साउन महिनामा एक लाख ४६ हजार, असोज महिनामा एक लाख ७४ हजार पाँच सय, कात्तिकमा एक लाख ७२ हजार, मंसिरमा एक लाख ९२ हजार पाँच सय रूपैयाँ संकलन गरेको ट्राफिक प्रहरी पुस महिनामा एक लाख ४९ हजार राजस्व संकलन भएको जनाएको छ । कारबाहीमा पर्ने सवारी साधनहरूमा क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारी चालक अनुमति पत्र नभएका, प्रयोजनविपरीत प्रयोग गरिएका र सवारी पोसाक नलगाउनेहरू रहेको ट्राफिक प्रहरीको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
- २ किलो सुन सहित एक युवक पक्राउ
- दुर्गा प्रसाईंका समर्थकद्वारा कोटेश्वरमा प्रदर्शन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया