लुम्बिनी प्रदेश चेम्बरको पहिलो साधारणसभा
काठमाडौं । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारणसभा तथा अधिवेशन बुटवलमा आयोजित एक कार्यक्रमका बीच सम्पन्न भएको छ । उक्त साधारणसभाले लुम्बिनी चेम्बर अफ कमर्सको १६ जना कार्यसमितिमध्ये १२ जना सदस्य समेत चयन गरेको छ ।
लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष टंक प्रसाद पोखरेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले निर्विरोध निर्वाचित सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा उनले आयातित व्यापारलाई निरुत्साहित गरी उत्पादनमुखी अर्थतन्त्रमा ध्यान दिनुपर्ने बताए ।
त्यसैगरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लुम्बिनी प्रदेशमा रहेको २९ प्रतिशत कृषि योग्य भुभागको समुचित प्रयोग गरी कृषिमा जोड गरी आत्मनिर्भर हुनुपर्ने, कृषिमा आधारित उद्योग व्यवसायको विकास र निर्यातमुखी व्यवसाय सञ्चालन गर्न सबै तहका चेम्बरहरूको ध्यान जानुपर्ने बताए । साथै उनले सबै व्यवसायीहरू एकत्रित भई सहकारी वा कम्पनीको रुपमा कृषि, पशुपालनजन्य तथा जडीबुटीजन्य उद्योग व्यवसाय सञ्चालनमा लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सदस्यमा चयन भएका सबैलाई निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता विनोद गौतमले शपथ ग्रहण गराएका थिए । प्रथम साधारणसभाबाट चयन भएका सदस्यहरूको प्रथम बैठकले समितिको उपाध्यक्षमा श्रीधर महरा, महासचिवमा झविन्द्र कंडेल, सचिवमा चिरञ्जीवी पोखरेल, कोषाध्यक्षमा युवराज न्यौपाने चयन भएका छन् ।
यस्तै सदस्यहरूमा उदयराज लम्साल, यम कुमारी सुवेदी, मदन खड्का,पदम पोखरेल, जय प्रकाश गुप्ता, सुकदेब बेल्वासे, खिम बहादुर खत्री, उमानाथ घिमिरे, मनोनीततर्फ शिव ज्ञवाली, महिलातर्फ मञ्जु पराजुली चयन भएका छन् । प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष नेपाल चेम्बर अफ कमर्स कार्यसमितिले चयन गर्ने र अन्य पदमा जिल्ला, महानगर, उपमहानगर, नगर, गाउँपालिका तथा वडा चेम्बरहरूबाट निर्वाचन हुने वैधानिक व्यवस्था रहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया