छोटो समयमा स्थापित बन्दै सहारा एप
काठमाडौं । सहारा एप राइड सेयरिङको दुनियाँमा आफूलाई स्थापित गराउन सफल भएको छ । सहारा एपमा दैनिक सयौँका सख्यामा राइडरहरु थपिरहेको कम्पनीले जनाएको छ । सहारा एपको प्रयोगकर्ता बढिरहेका छन् । बजारमा रहेका अन्य कम्पनीभन्दा सस्तो र गुणस्तरीय सेवा प्रवाहको कारण सहारा एप छोटो समयमा नै लोकप्रिय राइड सेयरिङ बन्न सफल भएको अध्यक्ष शेखर श्रेष्ठको दाबी छ ।
राइडर र ग्राहकमाझ सहारा एप लोकप्रिय रहेको छ । एप बिजनेस ग्रोथ कम्पनी प्रालिले सञ्चालनमा ल्याएको हो । हाल काठमाडौं उपत्यकामा मात्र सेवा प्रदान गर्दै आएको छ । रोजगारी गुमाएका युवाका लागि राइड सेयरिङ सेवा आम्दानी गर्ने राम्रो माध्यम बनेको छ । राइड सेयरिङको माध्यमबाट युवाहरुले रोजगार पाउनुका साथै सेवाग्राहीहरुले सस्तो, विश्वसनीय सेवा पाउनेछन् भने समयको बचत हुने अध्यक्ष श्रेष्ठले स्पष्ट पारे । एपमा उच्च गुणस्तरको प्रविधिको प्रयोगका गरिएको छ ।
कम्पनीमा दक्ष अनुभवी र कुशल व्यवस्थापक र उच्च प्राविधिले गर्दा जनमासमा विश्वसनीयता दिनप्रतिदिन बढ्दै गइरहेको छ । सहारा एप डाउनलोड गरी मोबाइल नम्बरसहितको आफ्नो व्यक्तिगत विवरण भरेर बाइक र गाडी छनौट गरी राइडरहरुले आफूलाई रजिस्टर्ड गराउनसक्ने श्रेष्ठले जानकारी दिए । साथै ग्राहकले पनि सहारा एप डाउनलोड गरेर व्यक्तिगत विवरण भरेर रजिस्टर्ड गराउन सक्नेछन् । राइडरले सहारा पार्टनर र ग्राहकले सहारा एप डाउनलोड गर्नुपर्ने हुन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया