दुधकोशी हाइड्रोपावरको काम ७४ प्रतिशत चैतदेखि विद्युत् उत्पादन गरिने
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुुुम्बुको पञ्चनमा निर्माणाधीन अवस्थामा रहेको ८६ मेगावाटको सोलुखोला दुधकोशी हाइड्रोपावर आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ३ पञ्चनमा निर्माणाधीन आयोजनाको काम ७४ प्रतिशत सकिएकोे निर्माण कम्पनीका अध्यक्ष हिम पाठकले बताए ।
आयोजनाअन्तर्गत बाँध क्षेत्रका सबै संरचनाको निर्माण पूरा भएको आयोजनाले जनाएको छ । आयोजनाको मुख्य सुरुङमार्ग ९४ प्रतिशत सकिएको छ भने बाँकी ६ प्रतिशत काम बढीमा ३ महिनाभित्र सम्पन्न गरिसक्ने उनको भनाइ छ । बाँध क्षेत्रमा सुरक्षा पर्खाल लगाउने, तारजाली लगाउनेलगायतका काम मात्रै बाँकी रहेको अध्यक्ष पाठकले बताए । आयोजनाको कुल सात हजार छ सय ५४ मिटर सुरुङमध्ये मुख्य सुरुङ चार हजार चार सय ६६ मिटर लामो रहेको छ ।
विद्युत्गृहमा जडान हुने इलेक्ट्रोमेकानिकल उपकरण आयात गर्नुपर्ने भए पनि वर्षातका कारण उपकरण ढुवानीमा समस्या भएको आयोजनाले जनाएको छ । वर्षा सकिएलगत्तै भारतबाट उक्त उपकरण आयात गरी विद्युत्गृहमा जडान सुरु गरिने बताइएको छ । आयोजनाले २०७८ चैतदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । सो आयोजना सम्पन्न गर्न ११ अर्ब ८६ करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । नेपाल इन्भेष्टभेन्ट बैंकको मुख्य लगानी रहेको उक्त आयोजनामा अन्य आठ बैंकले लगानी गरेका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया