काठमाडौं । कोरोनाको महामारी विश्वव्यापी भएको बेला विदेशमा रहेका नेपालीहरूको रुवााबासी भएको थियो । अहिले अफगानमा रहेका नोपलीहरूको अवस्था त्यस्तै छ । कोरोना कहरमा चीनदेखिका मुलुकहरूमा रहेका नेपालीहरूले आफूलाई छिटोभन्दा छिटो उद्धार गरिदिन आग्रह गरिरहे । तर सरकारले जहाँ हो त्यहीँ बस भनी उद्धार गर्न खासै चासो देखाएन । यसबीचमा संसारभरिका देशले आफ्ना नागरिक जहाँ छन् ती ठाउँमा विशेष विमान पठाएर आफ्नो देश लैजाने काम ग-यो । नेपालमा रहेका एक जना नागरिकलाई लिन भुटानले एउटा विमान नै पठाएर उद्धार गरेको ग-यो । त्यसबेला नेपालमा कोरोना त्यति फैलिसकेको अवस्था थिएन । आफ्नो देशमा संक्रमण छैन तर संक्रमण व्यापक भएको देशबाट आफ्नो देश नै फिर्न नपाएको स्थिति भोग्न नेपाली नागरिक बाध्य भएका थिए । अहिले फेरि एक पटक त्यस्तै अवस्था आएको छ । यो हो अफगानमा मच्चिएको युद्ध र त्यहाँ रहेका नेपालीहरूको त्रासदीयुक्त अवस्था ।
यतिबेला सार्क क्षेत्रको एउटा मुलुक अफगानिस्तान सशस्त्र विद्रोहीहरूको कब्जामा परेको छ । त्यसले अबका दिन यो देशमा के हुन्छ, जनजीवन कसरी चल्छ भन्ने अन्योल छ । गएको एक डेढ महिनायता थामिनसक्नुको युद्ध चर्किएको थियो त्यसले सत्ता नै कब्जा गरायो । यो देशमा दशकौँदेखि सशस्त्र भीडन्त चलेको थियो नै । त्यस्तो प्रकारको भीडन्त यो देशमा सामान्य नै भइसकेको थियो तर अहिलेको जस्तो डरलाग्दो स्थिति भने थिएन । यो देशबाट जब विदेशी सेना खासगरी अमेरिकाले आफ्ना सेना फिर्ता लग्योे युद्धरत तालिबान आक्रमण र प्रभाव विस्तार हुन थाल्यो । उसले करिब एक दर्जनजति राज्य कब्जा गर्दै देशको सत्ता नै हत्याएको छ । अफगानी सेना आफैँ पनि पराजित भयो । विद्रोहीहरूलाई रोक्ने कुनै अर्को शक्ति छैन यतिबेला । अहिलेसम्म सहिष्णु देखिएको छैन यदपि उसले विगतको जस्तो अतिचार नगर्ने भनेको छ तर पनि भर पर्ने अवस्थाचाहिँ छैन ।
यो देशमा नेपालीहरूको संख्या १० हजारभन्दा बढिरहेको बताइन्छ । रेकर्डअनुसार १५ सयको हाराहारी रहेको बताइएको छ । यी सबै कामदार हुन् । काम गर्नका लागि को–कसरी त्यो ठाउँमा पुगे भन्ने अर्को पक्ष हो । यतिबेला जे–जसरी त्यो ठाउँमा पुगे पनि तिनको जीवनरक्षा गर्ने दायित्व राज्यको हुन्छ । नेपालीहरूका अनुसार यहाँ रहेका अरु देशका नागरिकहरू धमाधम फर्काइरहिएका छन् । त्यहाँ रहेका नेपालीहरूले बताएअनुसार नेपालीहरूको सोधखोज भएको छैन । अफगानमा नेपाली कूटनीतिक नियोग छैन । भारतमा रहेको दूतावासले नै हेर्छ । तर त्यो दूतावास यति निरीह छ कि त्यसले आजसम्म अफगानिस्तानको सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाण समेत पेस गरेको छैन ।
नेपालीहरूले जीवनमरणको दिन गन्दै बस्नुपरेको अवस्था छ । अफगानिस्तान ३४ वटा प्रान्त भएको देश हो जसमा २० भन्दा बढीमा मुस्लिम कट्टरवादीको वर्चश्व छ । त्यसैमा पर्छन् तालिबान, जो लामो समयदेखि कट्टरतका लागि नै लडिरहेका छन् । यो युद्धमा झण्डै तीन लाख मान्छेको ज्यान गइसकेको छ । यस्तो अक्रमण बढ्दै गएर राष्ट्रपति समेत पलायन भएका छन् । त्यसले राजधानी काबुल त सोझै विद्रोहीको हातमा प-यो । त्यहाँ रहेका कूटनीतिक कार्यालयहरू धमाधम बन्द हुँदै गरेका समाचाहरू आइरहेका छन् ।
यो क्रममा विदेशी दूतावास र तिनका कामदाहरू ती देशका पहलमा अफगान छाडिरहेका छन् । अमेरिकाले त आफ्ना नागरिक र दूतावासका कर्मचारीसमेत लिन हवाइ सुरक्षा दस्ताका साथ उडान भरिरहेको छ । यही ठाउँमा नेपालीहरुले पनि आफ्नो देश सम्झिएका छन् । तिनलाई उद्धार गर्नु राज्यको दायित्व हो । यसको समुचित पहल गरेर आफ्ना नागरिकको छिटोभन्दा छिटो जीवनरक्षा गरियोस् ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया