निरोगी जीवनको आधार पूर्ण पोषण, पूर्ण स्वास्थ्य
काठमाडौं । जब मानिसको अस्तित्व यस धर्तीमा देखा प-यो रोग पनि उसको निरन्तरको सहयात्री बन्यो । त्यसबेला मानिसले आफैँले आफैँलाई विभिन्न विधि अभ्यास गरी उपचार गर्ने कोसिस ग-यो । त्यति बेलाका चिकित्सकहरूले आफ्नो क्षमता ज्ञानले भ्याएसम्म रागको असर उपचार गरे पनि ।
पुरानो समयमा प्रचलनमा औषधि गर्ने प्रणली जे भए पनि चाहे ती भारत इजिपट, ग्रीस, चीन उत्पति भएको होस् पोषण रोग व्यवस्थापनको महत्वपूर्ण एंव अपरिहार्य अंग बन्यो । जसै मानिसमा बढ्दो आधुनिकीकरण र विकास क्रमसँगै मानिस तथा उपचारत चिकित्सकहरू यस्तो उपचार विधितिर आँखा लाग्न थाल्यो जसले रोग तुरुन्तै छुमन्तर होस् । जसका कारण बिरामी तथा उपचारत चिकित्सक दुवैले अन्जानमै पोषणलाई हुत्याएर पाखा लगाए जसका कारण पोषण अब रोग उपचारका क्रममा लेखिने पुर्जामा अटाउन सकेन । परिणाम स्वरूप हामी गुमाइराखेका छौँ एउटा अति महत्वपर्ण प्राकृतिक उपचार स्रोतलाई । पोषणले हामीलाई हाम्रो अस्वस्थताबाट राम्रो पुनार्लाभ गराउन मदत गर्छ ।
यद्यपि पोषण विज्ञानको उत्पति धेरै पहिला भएको हो तर स्वास्थ्य कर्मीहरू बिरामीको रोगव्याधीको उपचार गर्न औषधि मात्र प्रयोग गर्न प्रवृत्त भएका छन् । दुई हजार पाँच वर्ष पहिले हिपोक्र्याट जसलाई आधुनिक औषधि चिकित्सा विज्ञानको पिता भनिन्छ उनले आफ्ना शिष्यहरूलाई भन्ने गर्दथे ‘लेट दे फुड बी दे मेडिसिन एन्ड दे मेडिसिन बेथी फुड’ मोसेस मियामोनी बाहौं शताब्दीका महान चिकित्साकर्मीले हिपोक्र्याटको भनाइलाई दोह-याए । जब उनले भने कुनै रोगव्याधी जुन पोषणद्वारा उपचार गर्न सकिन्छ अन्य उपायबाट उपचार गर्नु व्यर्थ हुन्छ ।
यर्थाथमा हिप्पोक्र्याटस र मियामोनी आफ्ना शिष्यलाई पोषण उपचार विधि प्रयोग गर्न अभिप्रेरित थिए । एउटा अवधारणा ठोस रूपमा विश्वास गरिएको र अभ्यास गरिएको संक्रामक अद्योगतितिर लाग्ने रोग उपचार गर्न अर्थोमोले कुलर चिकित्सक तथा पोषण विज्ञहरूले १९६८ मा यस शताब्दीका महान् विचारक लिनस पाउलिगले अर्थोमोलेकुलर पोषण शब्द प्रयोगमा ल्याए । जसको शाब्दिक अर्थ सहिअणु, कणसँग सम्बन्धित भन्ने बुझिन्छ । उनले शरिरका प्रत्येक तन्तुलाई उचित अणुहरू कणहरू दिने प्रस्ताव गरे त्यो भनेको सर्वोत्तम पोषण त्यसो गरे प्राप्त गर्न वा सर्वोतम स्वास्थ्य कुपोषणमुक्त गरी शरीर संक्रामक तथा अद्योगतितिर लाग्ने रोगप्रति बढी ग्रहणशील हुन पुग्दछन् ।
यसको विपरीत खासगरी विगत २०६८ सालदेखि टोकसीमोलुकुलर औषधि उपचार विधिको अभ्यास अधिकांश चिकित्साकर्मीबाट हुँदै आएको छ । कम धातुक तहमा यसले लक्षणात्मक राहत त दिन्छ तर यसले पार्ने नकारात्मक डरलाग्दो प्रभावले बिरामीले निको हुन लामो समय र आर्थिक भार त खेप्नै पर्छ साथै उपचारमा संलग्न चिकित्सकको योग्यताभन्दा पनि प्राज्ञिक विश्वसनीयतामा एउटा ठूलो समस्या हुन्छ । आज जताततै स्वास्थ्य क्षेत्रमा अपरेसन कवाकको चर्चाले सञ्चारका सबैखाले माध्यममा चर्चा भएको होइन नत्र हाम्रै आफ्नौ देशमा सञ्चालित प्रतिष्ठित चिकित्सालयमा बिरामीका आफन्त जनसमुदाय व्यवस्थापन एवं उपचारमा संलग्नबीच किन विवाद भइरहन्छ ?
यसले विभिन्न खाले सरकारी स्तरबाट सञ्चालन हुने पोषण कार्यक्रम कार्यान्वयनमा मात्र सहयोग पु¥याउँदैन बरु सबैको लागि स्वास्थ्य भन्ने उद्देश्य हासिल गर्न मदत पु-याउँछ । यसबाहेक रोग लागी उपचार गराउनुभन्दा पहिले नै रोकथाम गर्नु वेश भन्ने औषधि विज्ञानमा भन्ने गरिएको उखानलाई निश्चय नै सत्य साबित गर्छ । स्वास्थ्य शिक्षामा पोषणबारे कमै पढाइने गरिन्छ र जबसम्म एउटा चिकित्सकले बुझेका होलान् पोषणबारे पढ्नु भनेको छनोटबाहिरको कुरा हो, उनीहरू सम्पूर्ण पोषणबारे सल्लाह दिन प्रशस्त असफल हुने सम्भावना रहनेछ । आज पोषण उपचार विधि अपनाउन थालिएको त छ तर अल्पसंख्यामा मात्र ।
पोषण शिक्षाको अभाव स्वास्थ्य शिक्षा संस्थानमा लामो समयदेखि अड्किएर बसेको समस्या मानिन्छ । जसको परिणाम चिकित्सकहरू यथेष्ट तालिमप्राप्त नहुँदा आफ्ना बिरामीलाई सम्पूर्ण पोषणबारे सल्लाह दिन सकिरहेका छैनन् । जसले गर्दा जनसमुदाय अदक्ष पोषणविज्ञको पछाडि लाग्न पुगेका छन् जुन उचित मानिन्न ।
अतः सम्पूर्ण स्वास्थ्य व्यवस्थापनको अवधारणाको पूर्ण संरचना गर्नुपर्ने बेला आएको छ । जसअनुसार लाक्षणिक रोग व्यवस्थापनको साटो पूर्ण बिरामी व्यवस्थापनको मार्ग अवलम्बनतर्फ यसले एकीकृत मार्ग अवलम्बन बिरामीको स्वास्थ्य व्यवस्थापनको लागि सहयोग पु-याउला जसमा पोषण एउटा अपरिहार्य माग हुनेछ ।
आज पोषण क्षेत्रमा भएको प्रगतिले पोषण ज्ञान तथा यसको प्रयोग स्वास्थ्य पेसाकर्मीको लागि न्यूनताबाट अग्रस्थानमा पु-याएको छ । यसकारण अहिले पनि पोषण विज्ञान स्वास्थ्य शिक्षाको पाठयक्रममा पर्नै नसक्नु आश्चर्यलाग्दो छ । यदि राख्ने हो भने स्वास्थ्य पेसाकर्मीलाई बिरामी व्यवस्थापनमा ठूलो सघाउ पु-याउने सम्भावना हुन सक्ला । पोषण उपचार विधि आज यति प्रभावकारी हुँदै गरेको प्रमाण तथा फेला पर्न थालेको छ कि यदि आजका चिकित्साकर्मी पोषण विज्ञ हुन सकेनन् भने पोषणविज्ञ बरु भोलिका प्रभावकारी चिकित्सक हुन पुग्लान ।
यो पनि सत्य हो, भविष्यको औषधि उपचार सेवा बिरामी निको पार्नु मात्रमा सीमित रहने छैन बरु रोग रोकथामा गर्ने हुन पुग्ला, औषधिमा मात्र आधारित होइन बरु उच्चकोटीको आहारविहार स्वास्थ्यको लागि या अर्को शब्दमा सम्पूर्ण पोषण ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- लामामाथि आक्रमण गरेको अभियोगमा थप एक पक्राउ
- गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता
- खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गर्न मन्त्री यादवको निर्देशन
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया