Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटीभीएस ‘न्यु रेस अपाचे १६० २भी’ सार्वजनिक

टीभीएस ‘न्यु रेस अपाचे १६० २भी’ सार्वजनिक


काठमाडौं । टु–ह्विलर तथा थ्रि–ह्विलर निर्माता कम्पनी टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले कम्पनीले ‘टीभीएस न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स र फराकिलो टायर भएको अपाचे १६० २भी’ सार्वजनिक गरेको छ ।

कम्पनीले अपाचे १६० २भीमा न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स समावेश गरी फरक डिजाइनमा बजारमा ल्याएको हो । यसको पछाडि १२०/७०×१७को नयाँ फराकिलो टायर राखिएको छ, जसले बाटोमा अझ राम्रो ग्रिप र सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यो मोटरसाइकल पर्ल वाइट, म्याट ब्लु, ब्ल्याक, ग्लस रेड र ग्रे गरेर पाँचवटा भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको मूल्य नेपाली बजारमा दुई लाख ६९ हजार नौ सय रुपैयाँ तोकिएको छ । जगदम्बाले काठमाडौंको सानो भ-याङमा आफ्नो शोरुम विस्तार गरी यो मोटरसाइकल सार्वजनिक गरेको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x