Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधन्येफ काठमाडौं च्याप्टर र एफएनसीसीआई स्टार्टअप एन्ड इनोवेसन कमिटीबीच सम्झौता

न्येफ काठमाडौं च्याप्टर र एफएनसीसीआई स्टार्टअप एन्ड इनोवेसन कमिटीबीच सम्झौता


काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (न्येफ) काठमाडौं च्याप्टर र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) स्टार्टअप एन्ड इनोवेसन कमिटीले नेपालमा युवा उद्यमशीलता र स्टार्टअपको वृद्धि र उत्थानको लागि एक साथ काम गर्न आपसी सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् । महासंघका प्रतिनिधि रणजीत आचार्य (अध्यक्ष)को प्रतिनिधित्वमा एफएनसीसीआई, न्येफ स्टार्टअप पुरस्कारमा साझेदार बन्न सहमत भएको हो । न्येफ काठमाडौं अध्यायका तर्फबाट अध्यक्ष निरज कर्माचार्यद्वारा प्रतिनिधित्व गरिएको थियो ।

नेपाली युवा उद्यमी मञ्च नेपालमा युवा उद्यमीहरूको एक शीर्ष निकाय हो । सकारात्मक व्यापार सोच र सशक्तीकरणको लक्ष्यसहित स्थापित यो संस्था, नेपाली युवाहरूबीच विचार आदानप्रदान, फेलोसिप, शिक्षा, प्रशिक्षण र वकालतको माध्यमबाट उत्कृष्ट उद्यमीहरू सिर्जना गर्ने लक्ष्य लिँदै अगाडि बढेको न्येफले जनाएको छ । न्येफले देशभित्रका सबै युवा उद्यमीहरूलाई एकसाथ ल्याउन सहयोग पु-याउँदै आएको छ । यस मञ्चले युवा उद्यमीहरूको प्रभावी र अत्यावश्यक नेटवर्किङको माध्यमबाट उद्यमी मानसिकता र साझा दृष्टिकोणलाई बढवा दिने गरेको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x