Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइ–कमर्स प्लेटफर्म ‘ग्रोडेली’ सञ्चालनमा

इ–कमर्स प्लेटफर्म ‘ग्रोडेली’ सञ्चालनमा


काठमाडौं । नेपाली ब्रान्डहरु मात्र प्रवर्द्धन तथा बिक्रीवितरण गने उद्देश्यका साथ खुलेको ग्रोडेली अनलाइन स्टोर सञ्चालनमा आएको छ । फोर एरोज इन्टरप्राइजेजले सञ्चालनमा ल्याएको यस अनलाइन स्टोरले नेपाली ब्रान्डका खाद्यान्न, तरकारी, फलफूललगायत अन्य दैनिक उपभोग्य तथा आवश्यकताका वस्तुहरु आफ्नो वेबसाइट तथा मोबाइल एपमार्फत प्रवर्द्धन तथा बिक्रीवितरण गर्दै आएको छ ।

यस एपमा खाद्यान्न, तरकारी, फलफूल, डेरी, पेयपदार्थ, बेकरी, प्याकेज्ड फुड्स, पर्सनल तथा बेबी कियरसहित विभिन्न १० भन्दा बढी वर्गअन्तर्गतका एक हजार पाँच सयभन्दा बढी सामानहरु उपलब्ध छन् । ग्राहकहरुले ग्रोडेलीको वेबसाइट द ग्रोडेली डटकम, मोबाइल एवं फोन (०१–५९०६६६३), फेसबुक, भाइबर तथा ह्वाट्सएपको माध्यमहरुबाट आफूले चाहेको सामानहरु अर्डर गरी २४ घण्टाभित्र घरमै वा आफूले चाहेको स्थानमा डेलिभरीको सुविधा पाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले भुक्तानीका लागि विभिन्न अनलाइन पेमेन्ट सेवा (इ–सेवा, खल्ती), स्यान टु पे, बैंक ट्रान्सफरका साथै क्यास अन डेलिभरीको सेवा पनि उपलब्ध गराएको छ । सोही अवसरमा, फोर एरोज इन्टरप्राइजेजका प्रबन्धनिर्देशक प्रणवभक्त मल्लले ग्रोडेली सम्भवतः नेपाली उत्पादन तथा ब्रान्डहरु मात्रको प्रवर्द्धन, बिक्रीवितरण गने नेपालकै पहिलो र एकमात्र प्लेटफर्म भएको बताए । कम्पनीले हालसम्म ७५ भन्दा बढी नेपाली ब्रान्डसँग साझेदारी गरिसकेको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x