सेजन र केयूले अर्थतन्त्रका मुद्दामा सहकार्य गर्ने
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र काठमाडौं युनिभर्सिटी (केयू)बीच अर्थतन्त्रका मुद्दामा सहकार्य गर्ने सम्झौता भएको छ । केयूका उपकुलपति प्राडा भोला थापाको उपस्थितिमा बिहीबार सेजनका अध्यक्ष भीमप्रसाद गौतम र केयू स्कूल अफ आर्टसका डिन प्राडा. सागरराज शर्माबीच सहकार्यको सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार अर्थतन्त्रसँग सम्बन्धित नीति, सार्वजनिक संवाद, तालिम, अभिमुखीकरण, अन्तक्र्रियाका साथै अध्ययन अनुसनधानमा सहकार्य हुनेछ । काठमाडौं युनिभर्सिटीले नेपालको अर्थतन्त्र माथि उकास्न विभिन्न कार्य गरे पनि त्यसलाई जनतासामु लैजान नसकेको उपकुलपति डा. थापाले बताए । ‘केयूले विभिन्न क्षेत्रमा काम गरिरहेको छ’, उनले भने, ‘तर, जनता तथा नीति निर्मातासामु लैजान सकिएको छैन । हामीले गरेको कार्यलाई मिडियामार्फत जनतासामु लैजान सेजनले महत्वपूर्ण भूमिका निर्वाह गरोस् ।’
आर्थिक पत्रकार समाजका अध्यक्ष भीमप्रसाद गौतमले केयूले गर्ने हरेक अध्ययन तथा अनुसन्धानमा सेजनका सदस्यलाई सहभागी गराएर लैजान आग्रह गरे । त्यसका अलावा उनले केयूबाट हुने हरेक गतिविधि आर्थिक पत्रकारलाई महत्वपूर्ण हुने उनको भनाइ थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया