टोयोटाले ४० प्रतिशत उत्पादन कटौती गर्ने
जापान । सवारीसाधन निर्माता जापानी कम्पनी टोयोटाले विश्वव्यापी उत्पादनमा ४० प्रतिशत कटौती गर्ने भएको छ । विश्वभर माइक्रोचिप अभावका कारण कम्पनीले सेप्टेम्बरमा ४० प्रतिशत उत्पादन कटौती गर्ने जनाएको हो ।
कम्पनीले उक्त महिनामा नौ लाख कार उत्पादन गर्ने योजना बनाएको थियो तर यसलाई घटाएर पाँच लाख ४० हजार कार उत्पादन गर्नलागेको बीबीसीले जनाएको छ ।
यता दोस्रो ठूलो कार उत्पादक जर्मन कम्पनी फक्सवागनले पनि उत्पादनमा थप कटौती हुनसक्ने भनेको छ । कोरोना महामारीले चिप प्रयोग हुने फोन, टिभीलगायतको माग ह्वात्तै बढाएको छ । बिहीबार फक्सवागनले तेस्रो त्रैमासिकमा चिप आपूर्ति कसिलो बन्नसक्ने बताएको छ । सोही कारण थप कटौती गर्ने बाध्यता आउनसक्ने फक्सवागनको ठम्याइ छ ।
टोयोटाका अरु प्रतिस्पर्धी कम्पनीहरु जनरल मोटर्स, फोर्ड, निसान, डायम्लर, बीएमडब्ल्यू र रेनोले यसअघि नै उत्पादन कटौती गरिसकेका छन् । हालसम्म टोयोटाले भने आवश्यक चिप जोहो गर्न सकेको थियो । टोयोटाले ठूलो परिमाणमा चिप भण्डारण गरेका कारण अरु कम्पनीले जस्तो उत्पादन कटौतीको अवस्थामा पुग्नुपरेको थिएन ।
चिप अभावसँगै अहिले एसियाली बजारमा कोरोना संक्रमण बढ्नुलाई पनि कम्पनीले उत्पादन कटौती गर्ने कारणका रुपमा लिइएको छ । चिपनिर्माता इन्टेलका प्रमुख प्याट गेलसिंगरले चिप अभावको चर्को रुप देख्नै बाँकी रहेको बताएका थिए ।
चिप अभावलाई सम्बोधन गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यकारी आदेश नै जारी गरेका थिए । उनले अमेरिकामै चिप उत्पादनका लागि ३७ अर्ब डलर लगानी गर्ने बताएका थिए । टोयोटाको उक्त निर्णयसँगै बिहीबार कम्पनीको सेयर मूल्य ४.४ प्रतिशतले घटेको छ । यो सन् २०१८ डिसेम्बरयताकै ठूलो गिरावट हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर रु ३१ अर्ब बढीको सुन तस्करी
- ‘तपस्वी’ बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति सजाय आदेश
- एमाले र कांग्रेस मिलेर सत्ता समिकरण परिवर्तनको प्रयास
- लोकतान्त्रिक–कम्युनिष्ट शक्तिलाई एकताबद्ध भएर अघि बढाऔं: अध्यक्ष नेपाल
- अमेरिकामा ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ लोकार्पण
- खुट्टाले लेखेर एसइई उत्तीर्ण
- ‘शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ’
- दुई हजार ६३ बिन्दुमा उक्लियो सेयर बजार
धेरैले पढेको
- हवाई माफियाद्वारा सिर्जित वाइडबडी विवाद २३० टन कि २४२ टन ?
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया