बंगलादेशबाट आँप आयात गर्न चाहन्छ रूस
ढाका । रूसले बंगलादेशबाट आँप किन्ने इच्छा व्यक्त गरेको छ । बंगलादेशी कृषि मन्त्रालयका अनुसार ढाकास्थित रुसी राजदूत अलेजेन्डर भिकेन्त्येभिच मान्त्यात्स्काईले कृषिमन्त्री मुहम्मद अब्दुर रजाकसँगको भेटमा उक्त चाहना व्यक्त गरेका हुन् ।
‘बंगलादेशी आँप स्वादिलो र उच्च गुणस्तरको भन्दै रुसले आयात गर्न चाहेको राजदूतको भनाइ थियो’, द डेलिस्टार अनलाइनले भनेको छ, ‘रुसमा आँप निर्यातको ठूलो सम्भावना बंगलादेशसामु छ ।’
बंगलादेश आँप उत्पादनमा विश्वकै सातौँ ठूलो उत्पादक हो । गत सिजनमा बंगलादेशमा एक लाख ९० हजार हेक्टरमा २४ लाख ६८ हजार टन आँप उत्पादन भएको थियो । आर्थिक वर्ष २०२०/०२१ मा निर्यातकर्ताहरुले सात सय ९१ टन आँप निर्यात गरेका थिए । राजदूतसँगको भेटमा कृषिमन्त्री रजाकले बंगलादेशले रुसबाट डायमोनियम फोस्फेट र पोटासियम मल जीटुजी मोडलमा आयात गर्न चाहेको बताएका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर रु ३१ अर्ब बढीको सुन तस्करी
- ‘तपस्वी’ बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति सजाय आदेश
- एमाले र कांग्रेस मिलेर सत्ता समिकरण परिवर्तनको प्रयास
- लोकतान्त्रिक–कम्युनिष्ट शक्तिलाई एकताबद्ध भएर अघि बढाऔं: अध्यक्ष नेपाल
- अमेरिकामा ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ लोकार्पण
- खुट्टाले लेखेर एसइई उत्तीर्ण
- ‘शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ’
- दुई हजार ६३ बिन्दुमा उक्लियो सेयर बजार
धेरैले पढेको
- हवाई माफियाद्वारा सिर्जित वाइडबडी विवाद २३० टन कि २४२ टन ?
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया