तालिबानको कब्जापछि अफगानिस्तानसँग पाकिस्तानको व्यापार ह्वात्तै बढ्यो
इस्लामाबाद । पाकिस्तानको अफगानिस्तानसँगको द्विपक्षीय व्यापार तालिबानले कब्जा गरेपछि ह्वात्तै बढेको छ । गत आइतबार तालिबानले अफगानिस्तान कब्जा गरेको थियो । पाकिस्तानी पश्चिमी सीमामा कार्गो सवारीसाधन र व्यापारीहरुको संख्यामा उल्लेख्य वृद्धि देखिएको डन अनलाइनले जनाएको छ । तालिबानले स्पिन बोल्डाक जिल्लानजिकै बलोचिस्ताानको चामन सीमा कब्जा गरेको जुलाईको दोस्रो हप्तामा द्विपक्षीय व्यापार न्यून तहमा पुगेको थियो ।
पाकिस्तानी भन्सारको तथ्यांकले अगस्ट १५ मा द्विपक्षीय व्यापारमा ऐतिहासिक गिरावट आएको देखाएको छ । यसअनुसार चार सय ७५ मालवाहक ट्रकहरु ओहोरदोहोर गरेका थिए । निर्यात, आयात र ट्रान्जिट सामानहरुसहितका ती ट्रकले तोर्खाम, चामन, खारलाची र गुलाम खान सीमा पार गरेका थिए । अगस्ट १५ मा तालिबानले काबुल कब्जा गर्दै विजय पाएको घोषणा गरेको थियो ।
तालिबानका प्रवक्ताले पहिलोपटक मंगलबार पत्रकार सम्मेलन गरी छिमेकी देशसँगको व्यापारलाई निरन्तरता दिने बताएका थिए । उनले व्यापार प्रवर्द्धन गर्ने पनि प्रतिबद्धता जनाएका थिए । सीमा क्षेत्रमा ट्रकहरुको आवतजावत बुधबार (अगस्ट १७ मा) एक हजार एक सय २३ पुगेको बताइएको छ । यसमा अझै वृद्धि हुन सक्नेछ । बहिर्गमित अफगान प्रशासनसँग विभिन्न मुद्दाहरु रहेका कारण पाकिस्तानको छिमेकी देशसँगको व्यापार राम्रो हुन सकिरहेको थिएन ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर रु ३१ अर्ब बढीको सुन तस्करी
- ‘तपस्वी’ बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति सजाय आदेश
- एमाले र कांग्रेस मिलेर सत्ता समिकरण परिवर्तनको प्रयास
- लोकतान्त्रिक–कम्युनिष्ट शक्तिलाई एकताबद्ध भएर अघि बढाऔं: अध्यक्ष नेपाल
- अमेरिकामा ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ लोकार्पण
- खुट्टाले लेखेर एसइई उत्तीर्ण
- ‘शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ’
- दुई हजार ६३ बिन्दुमा उक्लियो सेयर बजार
धेरैले पढेको
- हवाई माफियाद्वारा सिर्जित वाइडबडी विवाद २३० टन कि २४२ टन ?
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया