Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसोलुमा झण्डै ३१ करोड रुपैयाँ बेरुजु, माप्यदुधकोशी गाउँपालिकाको मात्रै १२ करोड

सोलुमा झण्डै ३१ करोड रुपैयाँ बेरुजु, माप्यदुधकोशी गाउँपालिकाको मात्रै १२ करोड


सोलुखुम्बु । आठ स्थानीय तह रहेको सोलुखुम्बुमा झण्डै ३१ करोड रुपैयाँ बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयको ५८औं प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा ३० करोड ९९ लाख ८१ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

प्रतिवेदनअनुसार सबैभन्दा बढी माप्यदुधकोशी गाउँपालिकाको १२ करोड १६ लाख ५६ हजार रुपैयाँ बेरुजु देखाएको छ । उक्त प्रतिवेदनले यस गाउँपालिकामा चरम अनियमितता हुनेगरेको देखाएको हो । यस्तै सबैभन्दा कम महाकुलुङ गाउँपालिकाको २८ लाख चार हजार रुपैयाँ बेरुजु रहेको छ । यस्तै, खुम्बु पासाङल्हामु गाउँपालिकाको आठ करोड ८६ लाख २२ हजार, सोलुदुधकुण्ड नगरपालिकाको तीन करोड ७० लाख ४२ हजार र थुलुङ दुधकोशी गाउँपालिकाको ८६ लाख चार हजार रुपैयाँ बेरुजु देखिएको छ ।

त्यसैगरी नेचासल्यान गाउँपालिकाको तीन करोड ४४ लाख ५३ हजार, लिखुपिके गाउँपालिकाको एक करोड ३१ लाख आठ हजार र सोताङ गाउँपालिकाको ३६ लाख ९२ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x