Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोका बहुसंख्यक नवप्रवर्तनात्मक इमेजिङ प्रविधि अनावरण

ओप्पोका बहुसंख्यक नवप्रवर्तनात्मक इमेजिङ प्रविधि अनावरण


काठमाडौं । ओप्पोले २०२१ ओप्पो फ्युचर इमेजिङ टेक्नोलोजी लञ्च इभेन्टको आयोजना गरेको छ । अनलाइन इभेन्टमार्फत ओप्पोले सेन्सर्सका लागि अपग्रेड, मोड्युल्स र अल्गोरिदमलगायत स्मार्टफोन इमेजिङ टेक्नोलोजीसँग सम्बन्धित विभिन्न नवप्रवर्तनहरु सार्वजनिक गरेको थियो । प्रयोगकर्तालाई जीवनका सौन्दर्य सहजरुपमा कैद गर्न सघाउने उद्देश्यका साथ कम्पनीले आफ्नो ध्यान स्वविकास र अन्तर्निहित इमेजिङ प्रविधिको विकासमा केन्द्रित गरिरहेको छ ।

कम्पनीेले सार्वजनिक गरेको नवप्रवर्तनहरुमा ओप्पोको नेक्स्ट जेनरेसन आरजीडब्ल्यूबी सेन्सर, ८५—२००एमएम कन्टिनियस अप्टिकल जुम, फाइभ—एक्सिस ओआईएस टेक्नोलोजी र आफ्नो स्वामित्वमा रहेका एआई अल्गोरिदमका शृंखलासहितको नेक्स्ट जेनरेसन अन्डर स्क्रिन क्यामेरा रहेका छन् । यी नयाँ प्रविधिहरुको उपयोगमार्फत ओप्पोले लाइट सेन्सिटिभिटी, जुम क्यापेबिलिटी, स्टेबलाइजेसन, फ्युचर प्रडक्ट फोर्म फ्याक्टर प्रि—रिसर्चलगायत स्मार्टफोन इमेजिङ टेक्नोलोजीका क्षेत्रमा ठूलो सफलता हात पारेको छ ।

नयाँ सेन्सर : ओप्पोको नयाँ–पुस्ताको आरजीबीडब्ल्यू सेन्सरले सुदृढ कलर परफरमेन्समार्फत उल्लेख्यरुपमा प्रकाश सम्वेदनशीलता बढाउँछ । यसका लागि कम्पनीले अतिरिक्त ह्वाइट सब—पिक्सेल्स (डब्ल्यू), अभूतपूर्व डीटीआई प्रविधि र ओप्पोद्वारा स्व—बिकसित फोर इन वान पिक्सेल अल्गोरिदमको प्रयोग गरेको छ । यी नवप्रवर्तनका नतिजास्वरुप नयाँ सेन्सरले पछिल्ला सेन्सरका तुलनामा ६० प्रतिशत बढी प्रकाश ग्रहण गर्ने क्षमता बोक्छ । साथै, सफा—स्पष्ट र न्यून प्रकाश भएका स्थानमा पनि ३५ प्रतिशतसम्म न्वाइज रिडक्सन गरी चहकिला तस्बिर लिन सघाउँछ ।

न्यून प्रकाश भएका स्थानमा उच्च गुणस्तरीय तस्बिर कैद गर्न सघाउनुका साथै नयाँ पुस्ताको आरजीबीडब्ल्यू सेन्सरले तस्बिर तथा भिडियो दुवैमा पोट्रेटलाई छाला, बनोट र टेक्स्चरमा सुधारमार्फत थप अर्थपूर्ण बनाउन सघाउँछ । नयाँ सेन्सरहरु ओप्पोका उत्पादनहरुमा सन् २०२१ को चौथो क्वार्टरदेखि व्यावसायिक रुपमा उपलब्ध गराइने जानकारी दिइएको छ ।

नयाँ मोड्युल : नयाँ सार्वजनिक मोड्युल ८५—२००एमएमको कन्टिनियस अप्टिकल जुम हो । यसमा पहिलो पटक जी+पी (ग्लास+प्लास्टिक) लेन्स प्रविधि अपनाइएको छ । अप्टिकल प्रभावमा बढावा दिनुका साथै अनावश्यक प्रकाशमा न्यूनीकरण ल्याउने लगायत काममा सघाउन यसमा दुई निकै पातला, उच्च परिशुद्धतासहितका एस्फेरिक ग्लास लेन्सको प्रयोग गरिएका छन् । टनल म्याग्नेटोरेजिस्टेन्स सेन्सर (टीएमआर सेन्सर)को नवप्रवर्तनात्मक प्रयोगले क्यामेरा मोड्युल मातहतका लेन्सलाई थप स्थिर र सटिकताका साथ चल्न सघाउँछ ।

यस्तै नयाँ परिष्कृत गाइडिंग शाफ्ट मोटरले लेन्स प्रणालीअन्तर्गत चलाउन सकिने गतिशील झुकावमा थप लचिकता उपलब्ध गराउँछ । यसले गर्दा उच्च म्याग्निफिकेसनमा निरन्तर अप्टिकल जुमका लागि टेवा पुग्छ । यी नवप्रवर्तनले ८५ एमएमदेखि २००एमएमको समानान्तर फोकल लेन्थसम्म निरन्तर अप्टिकल जुम गर्ने कार्यमा सघाउँदै नजिकका व्यक्तिगत पोट्रेटदेखि लिएर टाढा टाढा ल्यान्डस्केपहरु समेत क्रप गर्नै नपर्ने गरी हरेक म्याग्निफिकेसन लेभलमा सटिक तस्बिर कैद गर्न सघाउँछ ।

त्यसैगरी, ओप्पोको नयाँ फाइभ—एक्सिस ओआईएसले सिष्टम प्रोसेसरलाई गायरोस्कोपको माध्यमबाट गतिसम्बन्धी डाटा संकलन, विश्लेषण र अल्गोरिदममार्फत आवश्यकताअनुसार उपयोग गर्ने क्षमता प्रदान गर्छ । यसरी संकलित डाटा लेन्स र सेन्सरलाई उपलब्ध गराइन्छ । न्यून प्रकृतिका चाल (मूभमेन्ट)को अवस्थामा लेन्स सिफ्ट ओआईएस, एक्स र वाई एक्सिस सिफ्टिङमार्फत तस्बिरमा स्थिरता प्रदान गरिन्छ ।

त्यसैगरी, अत्यधिक चाल वा कम्पन भएको अवस्थामा फाइभ एक्सिस अफ स्पेसमा स्थिरताका लागि हराइजन्टर सिफ्टिङ (एक्स), भर्टिकल सिफ्टिंग (वाई) र रोलिङका साथै अल्गोरिदम कम्पेन्सेसनसहित सेन्सर सिफ्ट ओआईएस प्रयोगमा ल्याइन्छ । यसले मोबाइल उपकरणमा उपलब्ध परम्परागत ओआईएस प्रविधिका तुलनामा तीन गुणा बढी स्थिरता प्रदान गर्ने क्षमता राख्छ । रातको समयमा तथा मोसन शट्सका लागि ओप्पोको स्वामित्वमा रहेको अल्गोरिदम प्रविधिले स्थिरता, स्पष्टता र रंग सम्प्रेषणमा भाइब्रेसन कम्पेन्सेसन परफरमेन्समा ६५ प्रतिशत अधिकताका साथ व्यापक सुधार उपलब्ध गराउँछ । ओप्पोको फाइभ—एक्सिस ओआईएसलाई सन् २०२२को क्यूवानदेखि व्यावसायिकरुपमा उपलब्ध गराइने जानकारी दिइएको छ ।

नयाँ अल्गोरिदम : ओप्पोले भविष्यका स्मार्टफोन्सका लागि आफ्नो नेक्स्ट जेनरेसन अन्डर स्क्रिन क्यामेरा पनि प्रदर्शित गरेको छ । यसमा प्रयोग गरिएको नवप्रवर्तनात्मक पिक्सेल जियोमेट्रीले अन्डर—स्क्रिन क्यामेराको क्षेत्रमा ४००—पीपीआईको उच्च गुणस्तरिय डिस्प्लेको सुनिश्चिितता प्रदान गर्छ । पारदर्शी वायरिंग र नयाँ डिजाइनको प्रयोगले प्रयोगकर्तालाई उच्च डिस्प्ले गुणस्तर र आनन्ददायी दृश्यानुभूति प्रदान गर्छ । स्क्रिनमा एक पिक्सेल सर्किटले एक पिक्सेल नै ड्राइभ गर्ने आफ्नो स्वामित्वअन्तर्गतको नयाँ समाधान र ओप्पोको सटिक अल्गोरिदम कम्पेन्सेसन प्रविधिसँगको संयुक्त प्रयोगले समग्र स्क्रिनको क्रोम्याटिसिटी र प्रकाशमाथिको नियन्त्रणको सटिकतालाई मात्र दुई प्रतिशतको डेभिएसनमा सीमित गर्छ । साथै, स्क्रिनको आयू ५० प्रतिशतसम्म लम्ब्याउने क्षमता राख्छ ।

साथै, ओप्पोको यूएस रिसर्च इन्स्टिच्युटले इमेजिङ एआई अल्गोरिदमको एक नयाँ श्रेणीकै विकास गरिसकेको छ । तिनमा विवर्तन घटाउने, अन्डर स्क्रिन क्यामेरामा साधारणतया देखिने धमिलो आकृति तथा अति चहकिलो हुने लगायत एचडीआर र एडब्ल्यूबी जस्ता समस्याको समाधान सम्मिलित रहेका छन् । उपभोक्ताले स्पष्ट, प्राकृतिक देखिने तस्बिर तथा दृश्य कैद गर्न सकून् भन्ने सोचका साथ ओप्पोले आफ्नो एआई डिफ्राक्सन रिडक्सन मोडललाई दसौँ हजार तस्बिरहरुका सहायताले तालिम प्रदान गरिसकेको छ । विश्वभरका उपभोक्ताको परिवर्तनशील मागलाई सम्बोधन गर्न ओप्पोले आफ्नो विश्वव्यापी आरएन्डडी क्षमतालाई थप सबल पार्दै लगेको छ । हाल ओप्पोसँग ६ रिचर्स इन्स्टिच्युट, ५ आरएन्डडी केन्द्र र विश्वभर दश इमेजिङ ल्याब्स रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x