‘टाटा केयर क्याम्प’ सुरु
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आज सोमबारदेखि टाटा केयर क्याम्पको आयोजना गर्ने भएको छ । टाटाको बीएस ६ कारहरु सम्बन्धित सम्पूर्ण चेक जाँच गर्न टाटा केयर क्याम्पको आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।
टाटा केयर क्याम्प सिप्रदीको काठमाडौंस्थित सोल्टी मोड र बागडोल आधिकारिक वर्कशपमा सोमबारदेखि सुरु भई भदौ ११ गतेसम्म सञ्चालन गरिने कम्पनीले जनाएको छ । सिप्रदी ग्राहक सेवाका मुख्य प्रबन्धक कुमार भण्डारीका अनुसार बीएस ६ गाडीहरूमा नयाँ प्रविधिको प्रयोग भएकोले यी गाडीहरुलाई अरु गाडीहरुभन्दा भिन्दै नयाँ टेक्नोलोजी प्रयोग गरी सर्भिसिङ गर्नुपर्ने हुन्छ ।
सर्भिसिङमा सहजीकरण गर्ने उद्देश्यले यो क्याम्पको आयोजना गर्न लागेको हो । यस टाटा केयर क्याम्पअन्तर्गत टाटा बीएस ६ कारहरुको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुने कम्पनीले जनाएको छ । त्यसैगरी, लेवर चार्जमा ५० प्रतिशत छुट, फ्री टप वाशिङ्ग, स्पेयर पार्ट्समा १५ प्रतिशत छुट, म्याक लुब्रिकेन्टस्मा १५ प्रतिशत छुट र जेनुइन सामानहरूमा १५ प्रतिशत छुट यस केयर क्याम्पको प्रमुख विशेषताहरु छन् ।
कम्पनीले निःशुल्क १० पोइन्ट चेकअप, निःशुल्क ब्याट्री र इलेक्ट्रिक चेकअप, निःशुल्क कम्प्युटर डायग्नोसिस, निःशुल्क सस्पेन्सन चेकअप, निःशुल्क ब्रेक चेकअपको साथै यस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारहरू पनि प्राप्त गर्न सक्ने जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एमालेले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा, अबको प्रक्रिया के
- नौबिसे नागढुङ्गा सडक आज र भोलि राति बन्द हुने
- टिआरसी विधेयकमा सहमति जुटाउन कार्यदलको बैठक
- सप्तकोशी नदीको बहावमा उतारचढाव भएसँगै क्षति रोक्न उच्च सतर्कता
- ठगी गर्न खोज्ने दुई भारतीय नागरिक पक्राउ
- सरकारलाई दिएको समर्थन फिर्तालिने तयारीमा एमाले
- कांग्रेसद्वारा प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह
- सङ्खुवासभामा ४३ परिवार बाढीपहिरोबाट विस्थापित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया