इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तको एकीकृत कारोबार सुरु
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेपछि एक कार्यक्रम गरी एकीकृत कारोबार सञ्चालन गरेको छ । उक्त कार्यक्रममा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका सञ्चालक तथा संयुक्त मर्जर वा प्राप्ति समितिको संयोजक बलराम विष्टको सभापतित्वमा केन्द्रीय कार्यालय गैंडाकोट, नवपपुरमा सम्पन्न भएको छ ।
एकीकृत कारोबार शुभारम्भ समारोहको समुद्घाटन समारोहका सभापति र साबिक नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिका अध्यक्ष रमेशकुमार कर्मचार्यले संयुक्तरूपमा भर्चुअलमार्फत गरेका थिए । उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामाले उपस्थित सञ्चालक, अतिथि र सम्पूर्ण ग्राहकहरूलाई स्वागत गरेका थिए ।
कार्यक्रममा दुवै वित्तीय संस्थाको तर्फबाट सञ्चालक, संयुक्त मर्जर समितिका सदस्यहरूबाट समेत शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति बलराम विष्टले प्राप्तिपश्चात् इन्फिनिटी लघुवित्त वित्तीय संस्था पनि बजारमा प्रतिस्पर्धा गर्न सक्ने एक सवल तथा सक्षम वित्तीय संस्थाको रूपमा अगाडि बढ्ने बताए । यसै अवसरमा यस कार्यक्रममा सहयोग गर्नुे नेपाल राष्ट्र बैंक, सम्पूर्ण नियामक निकाय, दुवै वित्तीय संस्थाका सञ्चालक समिति, संयुक्त मर्जर समिति, दुवै संस्थाका संस्थापक तथा सेयरधनीहरू, दुवै संस्थाका व्यवस्थापन समिति, कर्मचारी तथा ग्राहक सदस्यहरूमा समेत धन्यवाद ज्ञापन गरेका थिए ।
एकीकृत कारोबारपछि संस्थाको पुुँजी ३२ करोड ४६ लाख, सेवा पुगेको जिल्ला ३९, शाखा संख्या ८५, कर्मचारी संख्या तीन सय ४२, सदस्य संख्या ७४ हजार, निक्षेप एक अर्व १५ करोड, कर्जा रकम चार अर्व १४ करोडभन्दा बढी हुने भएकोले सबल, सक्षम, ग्राहकहरूमा गुणस्तरीय सेवा, नवप्रवर्तनकारी संस्थाको रूपमा अगाडि बढाउने जानकारी प्रमुख कार्यकारी अधिकृतबाट भएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एमालेले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा, अबको प्रक्रिया के
- नौबिसे नागढुङ्गा सडक आज र भोलि राति बन्द हुने
- टिआरसी विधेयकमा सहमति जुटाउन कार्यदलको बैठक
- सप्तकोशी नदीको बहावमा उतारचढाव भएसँगै क्षति रोक्न उच्च सतर्कता
- ठगी गर्न खोज्ने दुई भारतीय नागरिक पक्राउ
- सरकारलाई दिएको समर्थन फिर्तालिने तयारीमा एमाले
- कांग्रेसद्वारा प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह
- सङ्खुवासभामा ४३ परिवार बाढीपहिरोबाट विस्थापित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया