भारतमा तीन करोड २४ लाखभन्दा बढी कोभिड–१९ बाट संक्रमित
नयाँ दिल्ली । भारतमा कोभिड–१९ संक्रमितको संख्या आइतबारसम्म तीन करोड २४ लाख २४ हजार दुई सय ३४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले देखाएको छ ।
भारतभर विगत २४ घण्टाको समयमा ३० हजार नौ सय ४८ थप व्यक्तिमा संक्रमण पुष्टि भएको छ । साथै शनिबार बिहानदेखि २४ घण्टाको अन्तरालमा कोभिड–१९ संक्रमित थप चार सय तीन जनाको मृत्यु भएको छ । यससँगै भारतमा मृत्यु हुने कोभिड–१९ संक्रमितको संख्या चार लाख ३४ हजार तीन सय ६७ पुगेको छ ।
विगत २४ घण्टाको अवधिमा अघिल्लो दिनभन्दा सात हजार नौ सय ४२ कोभिड–१९ संक्रमित थपिएका छन् भने संक्रमित रहेको कूल व्यक्तिको संख्या अझै तीन ५३ हजार तीन सय ९८ छ । भारतमा पछिल्लो एक सय ५३ दिनमा सक्रिय संक्रमितको संख्या सबैभन्दा कम बनेकोसंघीय स्वास्थ्य मन्त्रालयले बताएको छ ।
हालसम्म तीन करोड १६ लाख ३६ हजार व्यक्ति कोभिड संक्रमणपछि निको भएका छन् । विगत २४ घण्टामा निको भई अस्पतालबाट घर फर्किएका विरामीको संख्या ३८ हजार चार सय ८७ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमण निको हुने व्यक्तिको संख्या दर बढेर ९७.५७ प्रतिशत पुगेको छ र यो दर सन् २०२० मार्चपछि पहिलो पटक सबैभन्दा बढी हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एमालेले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा, अबको प्रक्रिया के
- नौबिसे नागढुङ्गा सडक आज र भोलि राति बन्द हुने
- टिआरसी विधेयकमा सहमति जुटाउन कार्यदलको बैठक
- सप्तकोशी नदीको बहावमा उतारचढाव भएसँगै क्षति रोक्न उच्च सतर्कता
- ठगी गर्न खोज्ने दुई भारतीय नागरिक पक्राउ
- सरकारलाई दिएको समर्थन फिर्तालिने तयारीमा एमाले
- कांग्रेसद्वारा प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह
- सङ्खुवासभामा ४३ परिवार बाढीपहिरोबाट विस्थापित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया