आईसीएफसी फाइनान्सको खुद मुनाफा १९ करोड ६२ लाख
काठमाडौं । आईसीएफसी फाइनान्सले आर्थिक वर्ष २०७७–०७८ मा १९ करोड ६२ लाख ७३ हजार सात सय ५१ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा १० करोड ४३ लाख ५३ हजार आठ सय ३१ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब दुई करोड ४२ लाख ६५ हजार आठ सय रूपैयाँ रहेको फाइनान्सले आव २०७७–०७८ मा १५ अर्ब १८ करोड ८१ लाख ९७ हजार सात सय ८९ रूपैयाँ निक्षेप संकलन गरी १० अर्ब ५८ करोड ७९ लाख २२ हजार छ सय ४३ रूपैैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३० करोड ३९ लाख २० हजार तीन सय ६२ रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ८४ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको बितरणयोग्य नाफा भने १२ करोड ८५ लाख ५२ हजार एक सय २० रूपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सले १२ अर्ब ६३ करोड ८४ लाख ८६ हजार तीन सय १० रूपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ९६ करोड ६४ लाख ८३ हजार आठ सय १९ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३९ करोड ८६ लाख ८० हजार दुई सय २६ रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ५३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९१ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- भोटेकोशीको ढलानमा पुरिएका मजदुरको शव फेला
- वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान
- पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- आजको मौसम : देशभर वर्षा
- सहकारी नीतिलाई समसामयिक तुल्याउनुपर्ने
- आइतबारसम्म बाढीको जोखिम
- मुलुकभित्र रोजगारी प्रवर्द्धन र असल श्रमसम्बन्ध विकास गर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया