भारतमा दैनिक संक्रमितको संख्या १६० दिनपछिकै कम
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्या १६० दिनपछिकै सबैभन्दा कम भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा २५ हजार ७२ जना नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो केही हप्तादेखि दैनिक संक्रमितहरुको संख्या ३० हजारदेखि ४० हजारका बीचमा रहँदै आएकामा अहिले एकाएक २५ हजारमा झरेको हो । दैनिक संक्रमितहरुको संख्या कम भएपछि भारतका कोरोना भाइरसको महामारी नियन्त्रणउन्मुख हुँदै गएको भन्दै धेरैले सन्तोष र खुशी व्यक्त गरेका छन् ।
भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या तीन करोड २४ लाख ४९ हजार तीन सय छ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ४४ हजार एक सय ५७ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त भएकाहरुको कुल संख्या तीन करोड १६ लाख ८० हजार छ सय २६ पुगेको छ ।
भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या भने तीन लाख ३३ हजार नौ सय २४ पुगेको अधिकारीहरुले जनाएका छन् । यो संख्या एक सय ५५ दिनपछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ३४ हजार सात सय ५६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । तीमध्ये पछिल्लो २४ घण्टामा तीन सय ८९ जनाको मृत्यु भएको हो ।
कोरोना परीक्षण पनि तीव्ररुपमा भइरहेको छ । पछिल्लो एक दिनमा १२ लाख ९५ हजार एक सय ६० जनाको परीक्षण गरिएको छ । योसँगै अहिलेसम्म कुल ५० करोड ७५ लाख ५१ हजार तीन सय ९९ जनाको परीक्षण भएको छ । त्यसैगरी भारतमा अहिलेसम्म कुल ५८ करोड २५ लाख ४९ हजार पाँच सय ९५ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- म्याग्दे खोलाको बाढीले घुम्तीका घर डुबानमा
- बाढीमा परी एकको मृत्यु, एक बेपत्ता, दर्जनौँ घर डुबानमा
- भोटेकोशीको ढलानमा पुरिएका मजदुरको शव फेला
- वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान
- पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- आजको मौसम : देशभर वर्षा
- सहकारी नीतिलाई समसामयिक तुल्याउनुपर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया