हुन्डी कारोबार गरेको आशंकामा तीन जना पक्राउ, ८५ लाख बरामद
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौले हुन्डी कारोबार गरेको आंशकामा काठमाडौंको न्युुरोडबाट तीन जनालाई पक्राउ गरेको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेश कुमार कोइरालाका अनुसार स्रोत नखुलेको ८५ लाख ९६ हजार रुपैयाँ नगदसहित मंगलबार ती व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।
मंगलबार अन्दाजी १ बजेको समयमा काठमाडौं महानगरपालिका वडा नं. २२ खिचापोखरीस्थित बारा सिमरा उपमहानगरपालिका वडा नं २ घर भई हाल काठमाडौं चण्डोल बस्ने ३२ वर्षीय लक्ष्मण पौडेलले बोकेको झोलामा अवैध रकम ३१ लाखसहित शंकास्पद अवस्थामा फेला पारिएको थियो । सोपश्चात् पौडेललाई नियन्त्रणमा लिई वृत्त जनसेवामा ल्याई प्रारम्भिक सोधपुछ गर्दा पौडेलले उक्त रकम रिन्कु भन्ने अभिशेष अग्रवालले दिएको बयान दिएका थिए ।
त्यसपछि अग्रवाललाई खोजी गर्दै जाँदा काठमाडौं महानगरपालिका वडा नं २४ फसिकेवस्थित राजेन्द्र स्थापितको घरमा उनले सञ्चालन गरेको होलिडे ट्रेडिङ प्राइभेट लिमिटेडमा थप रकम फेला पारेको प्रहरीले जनाएको छ । निजको साथबाट ५४ लाख ५६ हजार फेला परेको थियो । त्यसपछि सोधपुछ गर्दा उक्त रकमको स्रोत खुलाउन नसकेको हुँदा कामदार मधुसुधन खड्कासहित उनीहरुले समानान्तर बैंकिङ कारोबार (हुन्डी) गरेको आशंका गरिएको छ । पक्राउ परेका तीनै जनालाई वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी उपरीक्षक कोइरालाले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- म्याग्दे खोलाको बाढीले घुम्तीका घर डुबानमा
- बाढीमा परी एकको मृत्यु, एक बेपत्ता, दर्जनौँ घर डुबानमा
- भोटेकोशीको ढलानमा पुरिएका मजदुरको शव फेला
- वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान
- पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- आजको मौसम : देशभर वर्षा
- सहकारी नीतिलाई समसामयिक तुल्याउनुपर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया