दिदीले रोक्यो बेलायती बजार प्रवेशको योजना
बेइजिङ । चिनियाँ यात्रुसेवा प्रदायक अनलाइन ट्याक्सी कम्पनी दिदीले बेलायत र युरोपमा सेवा दिने योजना बीचैमा रोकेको छ । अमेरिकी कम्पनी उबरको प्रतिस्पर्धी कम्पनीले पश्चिम युरोपमा सेवा दिने योजना बनाएको थियो ।
कम्पनी अहिले उक्त परियोजनाबारे छलफलमा लागेको बीबीसीले जनाएको छ । पश्चिमा राष्ट्र र बेइजिङबाटै अहिले चिनियाँ कम्पनीमाथि अनुसन्धानको चर्को दबाबमा परिरहेका छन् । चीनले त व्यवसायमाथि कडा निगरानी अघि बढाइरहेको छ । यद्यपि दिदीले नयाँ बजारको खोजी गरिरहेको उल्लेख गरेको छ ।
कम्पनीले हालसालै दक्षिण अफ्रिका, इक्वेडर र काजकस्तानमा सेवा सुरु गरेको छ । पछिल्लो समय पश्चिमा राष्ट्रमा चिनियाँ कम्पनीविरुद्ध अनुसन्धान बढ्दै गएको छ । गत वर्ष बेलायतले फाइभजी पूर्वाधार बेच्न हुवावेलाई प्रतिबन्ध लगाएको थियो । भर्खरै न्युयोर्क स्टक एक्सचेन्जमा प्रवेश गरेको कम्पनीको सेयर यो निर्णयसँगै ओरालो लागेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- म्याग्दे खोलाको बाढीले घुम्तीका घर डुबानमा
- बाढीमा परी एकको मृत्यु, एक बेपत्ता, दर्जनौँ घर डुबानमा
- भोटेकोशीको ढलानमा पुरिएका मजदुरको शव फेला
- वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान
- पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- आजको मौसम : देशभर वर्षा
- सहकारी नीतिलाई समसामयिक तुल्याउनुपर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया