सोलुको नेचामा वैकल्पिक माध्ययमबाट पठनपाठन हुने
सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिकाले विद्यालयहरूलाई वैकल्पिक माध्ययमबाट पठनपाठन सुरु गर्न निर्देशन दिएको छ । विद्यार्थीहरूको पढ्न पाउने अधिकार सुनिश्चित गर्न शिक्षकहरूले सक्रियतापूर्वक आफ्नो दायित्व निर्वाह गर्नुपर्ने निष्कर्षसहित सो निर्देशन दिएको गाउँपालिकाले जनाएको छ ।
भौतिक उपस्थितिमा विद्यालय सञ्चालनको अवस्था नरहेकाले स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित प्रभावकारी सिकाइका सबै विकल्पहरूको प्रयोग गर्न गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले निर्देशन दिएको बताए । तत्कालका लागि कक्षा १ देखि ५ सम्म पाठ्यपुस्तक, ५ देखि १० सम्म पीडी एजुकेसन नामक संस्थाद्वारा तयार गरिएको अफलाइन सामग्री र ११ र १२ का विद्यार्थीलाई तत्काल अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिइएको छ । कक्षा १ देखि ५ सम्म रिड नेपालले तयार गरेको पाठ्यसामग्रीसहित सम्पूर्ण विद्यार्थीहरूलाई यसअघि नै सबै तहका पाठ्यपुस्तकहरू वितरण गरिएको र अनलाइन कक्षाका लागि विद्यालयहरूले नेपाल टेलिकमको सीम विद्यार्थीहरूलाई निःशुल्क उपलब्ध गराइसकेको अध्यक्ष बास्तोलाले जानकारी दिए ।
गाउँपालिकाले वैकल्पिक सिकाइमा विद्यार्थीहरूको सहजताका लागि काठमाडौंमा रहेको पीडी स्मार्ट एजुकेसनसँग सहकार्यका लागि सम्झौता समेत गरिसकेको पालिकाले जनाएको छ । गाउँपालिकाले पालिकाभित्रका ३५ वटै विद्यालयमा इन्टरनेट जडान गरिसकेको जनाएको छ । प्रविधिमा पहुँच नहुने विद्यार्थीहरूलाई रिड नेपालको सहयोगमा सोलु एफएमबाट सञ्चालित रेडियोबाट सिकाइ कार्यक्रममा जोडिन उत्प्रेरित गर्न शिक्षकहरूलाई परिचालन गर्न पनि गाउँपालिकाले विद्यालय प्रशासनलाई निर्देशन दिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया