खुम्बु प्रवेशमा कडाइ, पीसीआर रिपोर्ट अनिवार्य
रमन वन सोलुखुम्बु । जिल्लाको खुम्बु पासाङ ल्हामू गाउँपालिकाले पर्यटकीय क्षेत्र खुम्बु प्रवेशको लागि पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । खुम्बुमा संक्रमण जोखिम बढ्दै गएसँगै पालिकाले खुम्बु प्रवेशको लागि कोरोनाको खोप नलगाएका नागरिकहरूलाई पीसीआर रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाले एक सूचना जारी गर्दै हवाइ मार्गबाट तथा पैदल यात्रा हुँदै खुम्बु भित्रिने खोप नलगाएका व्यक्तिहरूको पीसीआर रिपोर्टलाई अनिवार्य गर्ने निर्णय भएको जनाएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजनकुमार बुढाथोकीले उक्त निर्णय कार्यान्वयनको लागि विभिन्न वायुसेवा कम्पनीहरूलाई पत्र काटिसकेको बताए । तेन्जिङ हिलारी विमानस्थल लुक्लामा तारा, समिट, सीता, श्री एयरलाइन्स र हेलिकोप्टरले उडान भर्दै आएका छन् । लुक्लामा काठमाडौं–फाप्लु हवाइ उडान हुनेगरेको नागरिक उड्डयन प्रधिकरण लुक्लाले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया