दोलखा । कोरोना संक्रमितको संख्या पछिल्लो दिनमा घट्दै गएपछि सदरमुकाम चरीकोटमा तीन सातादेखि गरिएको निषेधाज्ञा खुकुलो पारिएको छ । संक्रमण वृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय दोलखाले चरीकोट बजारमा मात्र निषेधाज्ञा जारी गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय दोलखाले बुधबार एक विज्ञप्ति जारी गर्दै साँझ आठ बजेसम्म बजार खुल्न दिने निर्णय गरेको जनाएको छ । बिहीबारदेखि चरीकोट बजारका सबैखाले पसल साँझ आठ बजेसम्म खुल्नेछन् भने धार्मिकस्थल र विद्यालय भने बन्द रहनेछन् । जिल्लामा बुधबार कोरोना संक्रमितमध्ये तीन गुणा बढी कोरोनाका बिरामी निको भएका छन् । बुधबार १८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८३ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय चरीकोटले जनाएको छ ।
चरीकोट अस्पतालमा रहेको पीसीआर ल्याबमा ३६ जनाको स्वाब परीक्षण गरिएकामा नौ जना र जिल्लाको नौ स्थानीय तहमा ५० जनाको एन्टिजिन परीक्षण गरिएकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित बिरामीहरू चरीकोट अस्पतालमा रहेका एचडीयूमा सात जना, सिंगटी अस्पतालमा दुई जना र तामाकोशी कोभिड अस्पतालमा एक जना उपचाररत छन् । कोरोना संक्रमण पुष्टि भएका तीन सय ४७ जना भने होम आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखा प्रमुख अर्जुन पौडेलले जानकारी दिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
- भारतमा विद्युतीय गाडीको बिक्री २५ प्रतिशत बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया