भायानेटको पर्पल प्याक अफर
काठमाडौं । भायानेटले एनसेलसँगको सहकार्यमा अल इन वान, भायानेट पर्पल प्याक ल्याएको छ । यस अफरअन्तर्गत ८० एमबीपीएस भायानेट इन्टरनेट लिँदा ग्राहकहरुले १ सय ७५ भन्दा बढी च्यानल भएको भायाटिभी सँग–सँगै एनसेल सिम सित्तैमा पाउनेछन् ।
यस सिममार्फत ग्राहकले प्रत्येक महिना चार जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डेटा सित्तैमा पाउने कम्पनीले जनाएको छ । त्यस्तै गरी, यो सिममार्फत ग्राहकहरुले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको एक जीबी थप निःशुल्क मोबाइल डेटाजस्ता उत्कृष्ट र उपयोगी सुविधाहरु पनि पाउनेछन् । यी सबै सुविधाहरु ग्राहकहरुले जम्मा मासिक एक हजार छ सय रुपैयाँमा पाउन सक्नेछन् । यो अफर भायानेटको १०० एमबीपीएस इन्टरनेटमा पनि उपलब्ध छ ।
सुपर स्पिड इन्टरनेट, मनोरञ्जनको लागि एक सय ७५ भन्दा बढी च्यानल भएको भायाटिभी, एनसेलको फष्ट क्लास मोबाइल डेटा प्याक, फ्रि टकटाइम, एसएमएसलगायतका सुविधा भएकोले यो पर्पल प्याक, साँच्चै अल–इन–वान छ । भायनेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवाप्रदायक हो । आफ्ना ग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदान गर्ने कुरामा भायानेट सधैं अगाडि रहेको कम्पनीको दाबी छ । यसै क्रममा सबैलाई सधैं कनेक्टेड राख्नको लागि एनसेलसँगको सहकार्यमा अल इन वान, भायानेट पर्पल प्याक ल्याएको कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया