जावा मोटरसाइकलको डिलर सुर्खेतमा
काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइन्क प्रालिले वीरेन्द्रनगरपालिका–३ मूलपानी, जुम्ला रोड सुर्खेतमा आफ्नो नयाँ डिलर एमपी मोटोहबको स्थापनासँगै जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको छ ।
बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा र नेपालगञ्जका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि कम्पनीले सुर्खेतमा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित शोरूम स्थापना गरेको हो । अग्नि मोटोइन्क प्रालिका महाप्रबन्धक शरद मिश्रले बुधबार शोरूमको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा उनले जावा मोटरसाइकल सहर र राजमार्गहरुमा हाँक्नका लागि निकै आनन्ददायक रहेको बताए । उनका अनुसार कम्पनीसँग फरक–फरक व्यक्तित्वलाई सुहाउने फरक–फरक मोडलहरू रहेका छन । एमपी मोटोहबका प्रबन्धनिर्देशक रोशन तिवारीले क्लासिक लिजेन्ड्सका जावा मोटरसाइकल सुर्खेत र यसका वरिपरिका क्षेत्रमा मोटरसाइकल प्रेमीहरूका लागि उपलब्ध गराउन पाउँदा निकै उत्साहित भएको बताए । नयाँ जावाको पौराणिक क्लासिक अझै फेसनेबल लुक र यसको बलियो निर्माण सुविधाहरूले गर्दा सुर्खेतका ग्राहकहरूबीच तत्काल हिट हुने उनले बताए ।
कम्पनीका अनुसार मोटरसाइकलप्रेमीहरूले अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न तथा वीरेन्द्र नगरपालिका–३ मुलपानी, जुम्ला रोड र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’का लागि ०८३–५२२०८०/९८५८०५१५०९ मा सम्पर्क गर्न सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
- भारतमा विद्युतीय गाडीको बिक्री २५ प्रतिशत बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया