नेपाल फाइनान्सको नाफा दुुई करोड ६२ लाख
काठमाडौं । नेपाल फाइनान्सले आर्थिक वर्ष २०७७–०७८ मा दुई करोड ६२ लाख २८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा चार करोड ४६ लाख १५ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४९ करोड ३४ लाख ९६ हजार रुपैयाँ रहेको फाइनान्सले आव २०७७–०७८ मा ७१ करोड १२ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी २९ करोड ७२ लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई करोड ९९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा ४४ दशमलव ८२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा पाँच दशमलव १० प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको बितरणयोग्य नाफा एक करोड ७४ लाख ५७ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सले २० करोड ९३ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन करोड १० लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड ७० लाख ५१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा ६८ दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर सात दशमलव ६४ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया