विश्व बैंकले रोक्यो अफगानिस्तानको सहयोग
काबुल । विश्व बैंकले अफगानिस्तानका परियोजनामा जुटाउने सहयोग रकम रोक्का गरेको छ । तालिबानले सत्ताा कब्जा गरेपछि विश्व बैंकले सहयोग रकम रोकेको हो । तालिबानको सत्ता कब्जाले देशको विकासमा खास गरी महिलाहरुका लागि पार्ने प्रभावलाई मध्यनजर गर्दै सहयोग रकम रोकेको विश्व बैंकले जनाएको छ । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि अफगानिस्तानमा जाने रकम निलम्बन गरेको थियो ।
त्यस्तै यता अमेरिकी बाइडेन प्रशासनले पनि आफ्नो देशमा रहेको अफगान केन्द्रीय बैंकको झण्डै साढे नौ अर्ब डलर ‘फ्रिज’ गरेको थियो । सन् २००२ यता वासिङटनमा रहेको विश्व बैंकले अफगानिस्तानमा पाँच अर्ब ३० करोड डलर पुनर्निर्माण र विकासे परियोजनामा खर्च गरिसकेको छ ।
विश्व बैंकका एक प्रवक्ताका अनुसार अहिलेलाई सहयोग राशि रोकिएको हो र अफगानिस्तानको बदलिँदो राजनीतिक अवस्थालाई विश्व बैंकले सूक्ष्म मूल्यांकन गरिरहेको छ । अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गरेर सहयोगलाई निरन्तरता दिने विश्व बैंकले उल्लेख गरेको छ ।
गत शुक्रबार मात्रै विश्व बैंकका कर्मचारीलाई सुरक्षित उद्धार गरिएको थियो । उनीहरुलाई पाकिस्तानमा लगिएको बताइएको छ । विश्व बैंकको यो निर्णय भर्खरै सत्ता कब्जा गरेको तालिबानका लागि पछिल्लो धक्का हो । विश्व बैंकले ४४ करोड डलर अफगानिस्तानलाई अगस्ट २३ बाट उपलब्ध गराउने जनाएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया