बझाङ । तत्कालीन बझाङी राजाको ऐतिहासिक भोपुर दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । केही वर्षअघिसम्म नेपाली सेनाले प्रयोग गर्दै आएको यो दरबारबाट सेनाको ब्यारेक नयाँ भवनमा सरेपछि दरबार भत्किँदै गएको हो ।
बझाङको ऐतिहासिक धरोहर एवं पर्यटकीय स्थलको रुपमा रहेको दरबार बेवारिसेजस्तै बन्नेपछि स्थानीयले यसको संरक्षणप्रति चिन्ता व्यक्त गर्न थालेका छन् । विस १९९० सालमा बझाङी राजादेवी जंगबहादुर सिंहले भारतको कलकत्ताबाट इन्जिनियर ल्याएर भोपुर दरबार निर्माण गरेका थिए । यो दरबार ऐतिहासिक र भूकम्प प्रतिरोधी भएको चैनपुरका स्थानीय विष्णुभक्त जोशी (शास्त्री)ले बताए । विसं १९९० सालमा निर्माण सुरु गरी १९९६ सालमा निर्माण सम्पन्न भएको यो दरबार हाल जीर्ण अवस्थामा रहेकोले यसको तत्काल जीर्णोद्धार नगरिए दरबारको अस्तित्व नै संकटमा पर्नसक्ने उनले बताए । विसं २०५८ सालमा सुरक्षाको कारण देखाउँदै सेनाको व्यारेक हेमन्तवाडा भन्ने ठाउँमा सरेपछि दरबार बेवारिसे बनेको थियो ।
शास्त्रीका अनुसार सशस्त्र द्वन्द्वका बेला विसं २०६० सालमा तत्कालीन विद्रोही माओवादीले दरबारमा आगजनी गरेका थिए । तर स्थानीयले आगो निभाएका कारण एउटा कोठाबाहेक दरबारमा बढी क्षति भएको थिएन । आगलागीबाट क्षति भएको भाग अहिले पनि त्यही अवस्थामा छ । दरबारको संरक्षणमा सरोकारवाला निकायले चासो नदिँदा यसको अस्तित्व नै संकटनमा परेको छ भने दरबार जीर्ण बन्दै गएको छ । दरबारका भित्ताहरुमा चिरा पर्न थालिसकेको छन्, छानाहरु चुहिने अवस्थामा पुगेको छ । यस्तै दरबारभित्र जाने खुड्किला उप्केका छन् भने भित्रको तलाहरुमा प्वाल समेत परिसकेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया