हाम्रा नेताहरूको राष्ट्रवाद
चाहे अमेरिका होस् वा युरोप
विदेशमा गएर शरणार्थी बन्नु नपरोस्
म नेपाली तर गैरनेपाली भन्नु नपरोस्
मेरो पसिना मेरै देशमा खसोस्
मेरो आँसु मेरै धरतीमा परोस्
बरु मर्नै किन नपरोस्
मेरो जिन्दगी बन्दगमा नपरोस्
पराश्रित भएर बाँच्न नपरोस्
के हो राष्ट्रवाद ? राष्ट्रियता एक भावना हो । राष्ट्रवाद एक राष्ट्रको लागि माया हो । राष्ट्रवाद आफ्नो देशको भौगोलिक, सांस्कृतिक र समाजमा बस्ने मानिसहरूबीच माया र एकताको भावना हो । यो यस्तो भावना हो कि संसारभरि हरेक देशका मानिसहरूमा एक भावना को रूपमा रहन्छ । राष्ट्रवाद राष्ट्रप्रतिको निष्ठा, प्रेम, समर्पण, बलिदान, यसको प्रगति र यसप्रति सबै नियम र आदर्शहरूको पालन र पालन गर्नु हो । राष्ट्रवाद विचारमा मात्र सीमित हुनुहुँदैन । यो पनी राष्ट्रको लागि माया र सम्मान गर्ने हरेक व्यक्तिको कर्ममा प्रतिविम्बित हुनुपर्छ ।
राष्ट्रवाद र देशभक्ति मेरो बुझाइमा, राष्ट्रवाद एक स्वार्थी र महत्वाकांक्षी अवधारणा हो जब कि देशभक्ति एक विशुद्ध भावनात्मक र मानवतावादी चेतना हो । ‘राष्ट्रवाद’को अर्थ राष्ट्रवाद र ‘देशभक्ति’को अर्थ देशभक्ति÷देशभक्ति दुई फरक कुरा हुन् । राष्ट्रवाद आजका हरेक नेपाली नेताले भाषण गर्दा बोलेजस्तो हल्का छैन यो गम्भीर विषय हो । राष्ट्रवाद र देशभक्ति बुझाइ र अर्थमा फरक होला तर यसको मूल मर्मचाहिँ एकै हो ।
राष्ट्रवादको अर्थ राष्ट्रियताजस्तै हुन्छ, राष्ट्रियता राजनीतिक चेतनाको एक प्रतीक हो जो, यो मातृभूमि (जन्मभूमी)सँग जोडिएको अनौठो तीव्रता, आत्मीयता र सम्मानको भावनाले ओतप्रोत हुन्छ । राष्ट्रले मानिसहरूको एक समूहलार्ई बुझाउँछ, जसको एक जाति, एक इतिहास, एक संस्कृति, एक भाषा र एक निश्चित इतिहास हुन्छ । राष्ट्रवाद विश्वास हो जसद्वारा प्रत्येक शताब्दीदेखि बसोबास गर्ने भूमिमा राष्ट्रलार्ई स्वतन्त्र रूपमा शासन गर्ने अधिकार छ । राष्ट्रियता मनोवैज्ञानिक र सांस्कृतिक अवयवहरूको एकताको लागि दिइएको नाम हो जुन सुसंगत सिद्धान्तहरूको गठन हो जुन एक राष्ट्रलार्ई एकताबद्ध गर्दछ ।
सरल भाषामा, भन्नुपर्दा राष्ट्रवाद मातृभूमि वा देशभक्तिको लागि प्रेमको पर्यायवाची मानिन्छ । यो देशको लागि मर्ने भावनाको नाम हो । अझै गहिरिएर भन्नुपर्दा राष्ट्रवाद एक राष्ट्र एक क्षेत्रमा बसोबास गर्ने मानिसहरूको समूह हो, जो विभिन्न जातिहरूसँग सम्बन्धित भए पनि साझा इतिहासको अविरल धारामा प्राप्त विचार र भावनाहरूको यो नदि हो । साझा विचार र भावनाहरूबाहेक, उनीहरूसँग साझा इच्छा पनि छ र तदनुसार उनीहरू आफ्नै राष्ट्र बनाउँछन् वा त्यो इच्छाको अभिव्यक्तिको लागि आफ्नै राष्ट्रलार्ई सम्पोषित गर्ने सपना उद्देश्य र उत्कट अभिलाषा हो ।
नेपाली राष्ट्रवादको आवश्यक तत्वहरू
१. रगत र माटोको सम्बन्ध : मानिसहरू सजिलैसँग आफ्नै देशमा जन्मिएका हुर्केका आफ्ना सहजाति, रगत र माटोसँग सम्बन्धको साइनोमा बाँधिएका हुन्छन् । चन्द्रमालार्ई छोयौ भन्ने देशहरूले खोइ त मानिसका दिल छोएका ? आज तिनकै सन्तानहरू पब र डिस्कोमा हल्लिदै छन् बरालिदै छन् । पश्चिमा संसार विकासको चरम बिन्दुमा पुग्यो भन्छौ हामी, तर त्यहाँको कन्तबिजोग कमैले देखेका छन् । सबैभन्दा ठूलो कुरो मान्छेभित्र प्रेमको विकास हुनुपर्छ । प्रेम म-यो भने तिम्रो प्रगतिको के अर्थ ? पश्चिमाहरू यौनका भोका छन् । देखिन्न त्यहाँ माया र ममता । मानिसहरू मानिस होइन ढुंगाजस्ता छन् ।
जतिबेला अमेरिकीहरू र युरोपियनहरू पातमा भात खान्थेँ त्यतिबेला त हामीहरू पित्तले चरेसका थालमा घ्यु हालेको भुजा खान्थ्यौँ । कोलम्बसले अमेरिका पत्ता लगाउनुभन्दा पहिले हामीहरू संस्कृत सम्पन्नताले भरिपूर्ण भइसकेका थियौँ । हामी पूर्वीय सभ्यताको प्रथम किरण हौ । सानो छौँ तर आँखाको नानी पनि त सानै छ नि । जमीन मात्रै धेरै, भूगोल मात्रै ठूलो हुने देशले प्रगति गर्ने हो भने अफ्रिकासँग कति धेरै जमिन छ त्यहाँ किन भोकमरीले कहिले नछोडेको त ? रगत नेपालको लिएर जता गए पनि बोलीमा नेपाल बोल्न थाल्छ । म मेरो देशको धाक लगाउछु विदेशीहरूलाई । मेरो देशको व्यान गरेर म थाक्तिनँ कहिले पनि ।
म बुद्धको देशको भन्छु । म सगरमाथाको देशको भन्छु । म हिमालयको देशको भन्छु । भलै म गरिब नै हँुला केही छैन । तर म पाएसम्म आफ्नो देशको माटोको बारेमा बोलेर थाक्तिनँ । म बोलिरहन्छु मेरो देशको बारेमा । मेरो देशको समुच्च विकास र समृद्धिका लागि म अघि नसरेको अघि सर्छ । म भनेकै मेरो देशको माटो हो । देश छ र त म छु । यही हो मेरो राष्ट्रवाद । देशको माया र देशभक्ति ।
२. आफ्नो धर्म : हरेक देशको आ–आफ्नो जातीय धर्म हुन्छ । हामी नेपालीको जातीय धर्म हिन्दु हो तर नेपालको नयाँ संविधान निर्माणका बेला नेपालीको जातीय धर्मलार्ई अमान्य बनाइयो र फलस्वरूप धर्म निरिपेक्ष मुलुकको रूपमा संविधानमा व्याख्या गरियो । नेताहरूले हिन्दु राज्य नेपाल नभन्ने निर्णय गरे र यसरी हामीले हाम्रो जातीय धर्मको पहिचान गुमाउनु प-यो । गणतन्त्र र संघीयता ल्याएपछि सबै नेतालार्ई पदको भागबन्डा पुगेको छ अहिले । भागबन्डामा देश चलेको छ । पार्टीहरू भागबन्डामा चलेका छन् । नेपाली नेताहरूको असली राष्ट्रवाद भागबन्डा र मिलिभगत हो ।
आफ्नो धर्म र पहिचानले जनताहरूलार्ई एकताबद्ध गर्नमा पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । आज संसारमा मुस्लिम राष्ट्रहरूबीच एकता कायम छ । उनीहरू आफूलाई मुस्लिम राष्ट्र भन्न पाउँदा गर्भानुभूति गर्छन् । यहुदीहरू पनि आफ्नो धर्मको शक्तिद्वारा एकजुट छन् । आज विश्वमा क्रिश्चियन धर्म फैलदो अवस्थामा छ । हाम्रो देशमा समेत क्रिश्चियन धर्म फैलँदो छ । र यसको व्यापार उर्लनुमा नेपालका नेताहरू जिम्मेवार छन् । जता गरीबी छ त्यता क्रिश्चियनहरू पुग्छन् र गरीबलार्ई भविष्य देखाउँछन् । अलिकति पैसामा एउटा सानो पदमा हामी नेपालीहरू बिक्छौँ । हाम्रो राष्ट्रवाद विदेशीहरूको मुठीमा कैद छ । फेरि नेताले राष्ट्रवादको गीता सुनाउन भने छोडेका छैनन् । हाम्रा नेताहरू सत्ता हत्याउन विदेशीका तलुवा चाट्छन् र फेरि तिनीहरू राष्ट्रवादको गफ दिन पनि छाड्दैनन् ।
धर्मनिरपेक्षताको सिद्धान्त हाम्रो सिद्धान्त थिएन यो युरोपेली मुलुकबाट आयात गरियो । कम्युनिस्टहरू धर्ममा विश्वास राख्दैनन् । उनीहरूको खास जात र धर्म पनि हुँदैन । यसैको परिणामस्वरूप नेपालमा हिन्दु धर्मको अधोगति भएको हो । अबको केही वर्षमा हिन्दु धर्म मान्नेहरूको संख्या नगन्य मात्रामा घटेर जानेछ । बुद्ध धर्म फैलँदो छ हिन्दु धर्मलार्ई नेपाली नेताहरूले सिध्याउन लागेका छन् । नेपालका नेताले हिन्दु धर्मको स्थान खाली गरी क्रिश्चियनलार्ई स्थापित गर्दै छन् ।
राप्रपाबाहेक अरु कुनै पनि पार्टीले हिन्दु धर्मलार्ई मान्दैन । धर्म नमान्न पनि पाइन्छ । धार्मिक स्वतन्त्रता भनेको त्यो पनि हो । तैँले यो धर्म र त्यो धर्म मान्नुपर्छ भन्ने कुरा राष्ट्रले भन्न पाउँदैन न संविधानले नै भन्न पाउँछ । अहिले आएर राष्ट्रभन्दा व्यक्तिका स्वतन्त्रतालार्ई सर्वोपरी मानियो । व्यक्तिको सनक र अहममा देश कैद हुने दिन आइरहेको छ यो अवस्थामा फेरि पनि नेपालका नेताहरू राष्ट्रवादका गफ दिन छोड्दैनन् ।
३. नेपाली भाषा : नेपाली भाषा नेपालीहरूबीच सञ्चारको माध्यम हो । एक राष्ट्रका मानिसहरू आफ्नो साहित्य, विचार र अभिव्यक्ति आफ्नो मातृभाषामा अभिव्यक्त गर्छन्, देशभक्तिको गीत आफ्नो भाषामा आफ्नो विचार र संस्कृतिद्वारा व्यक्त गर्दछन् । एक भाषाले हरेक व्यक्तिका शब्द भावनाहरूलार्ई छुन र आफ्ना विचारहरूलार्ई प्रेरित गर्दछ र भातृत्वको सम्बन्ध दर्शाउँछ ।
संसारका अधिकांश राष्ट्रहरू भाषाको आधारमा बनेका छन् । प्रत्येक राष्ट्रलार्ई आफ्नो भाषामा गर्व लाग्छ । फ्रान्स र इंग्ल्याण्डको भाषा उनीहरूको राष्ट्रिय एकताको सबैभन्दा राम्रो उदाहरण हो । भारतमा हिन्दु भाषालाई राष्ट्र भाषाका रूपमा मान्यता दिइएको छ । हामी नेपालीहरूको आफ्नो भाषा नेपाली भाषा नै हो । नेपाली भाषा साझा र सम्पर्क भाषाका रूपमा विकास भइरहेको छ । राष्ट्रभरि बोलिने अन्य जातीय भाषा विविध भए पनि नेपाली भाषा साझा र एक मानक भाषा हो ।
४. इतिहास र संस्कृति : एउटै मनोवैज्ञानिक सोच शैली एकसाथ सोच्ने, सँगै अभिनय गर्ने, राष्ट्रलार्ई एकसाथ सुखदुःखमा साथ दिने र एकसाथ समृद्धिको बाटो हिँड्ने विचार पनि राष्ट्रवाद हो । खुसीलाई साझा गर्ने तथ्यबाट पनि त्यो देशको राष्ट्रवाद प्रभावित हुन्छ । राष्ट्रका लागि बलिदान दिनेहरूका लागि स्मारक निर्माण गर्नमा गर्व गर्दै, हामीहरू आफ्नो इतिहासको रक्षाका लागि लडिरहेका पनि छौँ तर राष्ट्रवादलाई विकृत सम्झिने महान् नेताहरू इतिहास र संस्कृतिलार्ई ध्वस्त पार्न तल्लीन भए द्वन्द्वकालमा । फलस्वरूप मन्दिर भत्काउने जनआस्थाले पुजेको ढुंगालार्ई लात्ताले हान्ने मूर्ति भत्काउने सालिक तोडफोड गर्ने काम भयो त्यतिबेला । भाषणका बेला नेपाली नेताले बोल्ने राष्ट्रवाद असली राष्ट्रवाद होइन । यस्तो नारा दिएर जनता झुक्याउने परम्परा नेपालमा सधैँ रहिरहने भयो ।
५. साझा राजनीतिक आकांक्षा : जब एक राष्ट्रका मानिसहरू विदेशी नियन्त्रणमा रहन्छन्, उनीहरू सबै एकजुट हुन्छन्, यसको विरूद्ध लड्छन् र त्यसबाट स्वतन्त्रता चाहन्छन् र एक स्वतन्त्र राष्ट्र स्थापना गर्दछन् । आफ्नो बेलामा नेपोलियनले धेरै राष्ट्रहरूलार्ई वशमा पारे, यसले यी राष्ट्रहरूमा तीव्र लोकप्रिय विद्रोहलार्ई जन्म दियो । जर्मनी, अस्ट्रिया, हंगेरी, इटाली, पोल्याण्ड, रसिया र स्पेनमा राजनीतिज्ञ, कवि र अन्य वक्ताहरूले राष्ट्रवादको आह्वान गरे । उन्नाइसौं शताब्दीमा युरोपको क्रान्तिको कारण राष्ट्रिय एकता र स्वतन्त्रता कायम भयो । बीसौं शताब्दीको दुई विश्वयुद्धहरू स्पष्ट राष्ट्रिय आकांक्षाअनुसार युरोपको नक्सा कोर्ने कोसिस गरियो ।
दोस्रो विश्वयुद्धपछि, उपनिवेशहरूमा स्वतन्त्रता आन्दोलन तीव्र भयो र नयाँ राष्ट्रहरू एकपछि अर्को जन्मिए । हामी नेपालीहरूको देश नेपाल इतिहासमा कहिले पनि कसैको गुलामी बने । सार्वभौम राष्ट्रका रूपमा आदिम कालदेखि नै स्थापित भयो । हाम्रो इतिहास वीर गाथाले भरिएको छ । तर अहिले गणतन्त्र आएपछिको देशको स्वार्थमा विदेशी स्वार्थको हरक आइरहेको छ यो किन भयो त भन्दा हामीले पापी नेतालार्ई चुनाव जिताएर सत्तामा पठायौ । र हामीमाथि नै धावा बोल्न लगायौँ । यो परिवेशमा समेत नेपाली नेताहरूले राष्ट्रवादको नारा भने घन्काउन छोडेनन् ।
६. भौगोलिक निकटता : भौगोलिक निकटता एक राष्ट्र भन्नको लागि आवश्यक छ । यदि एक राष्ट्र एक अर्का बाट–टाढा र टुक्रामा विभाजित छ भने त्यहाँ जनएकताको विश्वासमा कमी आउनेछ । नेपालमा धर्म निरिपेक्षता र संघीयता लादेपछि नेताले खोक्रो राष्ट्रवादको नारा जति घन्काए पनि त्यो अश्वाभाविक बनिरहेको जस्तो लाग्छ । देशलार्ई त जोड्ने हो टुक्राटुक्रा पार्ने होइन । पृथ्वीनारायण साहले जोडेको राष्ट्र नेपाललार्ई हामीले फेरि छिन्नभिन्न बनायौँ । अहिले नेपाललार्ई बहुराष्ट्रको रूपमा मान्यता दिनुपर्छ भन्दै केही नेता कुर्लिन्छन् बेला–बेलामा हो यो भावनाले राष्ट्रिय एकीकरणको प्रक्रिया बाधा हुन्छ । १९७१ मा पाकिस्तानको विघटनको एक कारण पनि थियो । दुई भागहरू एक–अर्काबाट धेरै टाढा थिए र यसको कारण बंगाली राष्ट्रवादको जागरणको कारण, पूर्वी पाकिस्तान–बंगलादेशको गठन भयो । पाकिस्तान र बङलादेश अलग–अलग भए । धेरै यस्ता उदाहरण युरोपमा पनि दिन सकिन्छ ।
७. राष्ट्रवादको अर्थ र अनिवार्यता : नेपालमा राष्ट्रवाद आज एक प्रमुख विषय बनेको छ । सबैले राष्ट्रवादको आफ्नै परिभाषा बनाइरहेका छन्, आखिर राष्ट्रवाद के हो ? नेपालमा विभिन्न धर्म, जाति, संस्कृतिहरू छन्, तर अहिले देशमा के प्रचार भइरहेको छ भने त्यो राष्ट्रवाद होइन । राष्ट्रवाद मानवतावादभन्दा फरक छैन । व्यक्ति जति धेरै राष्ट्रवादी हुन्छ, उति धेरै मानवतावादी र मानव प्रेमी बन्छन्, हाम्रा नेताहरू जनताको अगाडि राष्ट्रवादको झुटो नारा र तस्बिर ल्याउँछन् र आफैँ विदेशीको गुलाम गरी सत्ता हत्याउँछन् । नेपाली नेताहरूका लागि राष्ट्रवाद जनतालार्ई गुलियो चटाउने र आ–आफ्नो सत्ता स्वार्थपूर्ति गर्ने खेल बनेको छ । र उनीहरूले जनताको विश्वासको दुरूपयोग गरिरहेका छन् । तर अब हामीले जनताको सामु साँचो राष्ट्रवाद ल्याउन जरुरी भइसकेको छ । हामीले हाम्रो देशसँगै अन्य देशहरूको जनतालार्ई सम्मान गर्नुपर्छ, जसले हामीलार्ई अरुबाट फरक बनाउँछ ।
राष्ट्रवाद त्यो हो जसमा तपाईं आफ्नो गरिब र कमजोर वर्गका मानिसहरूलार्ई मदत गर्नुहुन्छ र उनीहरूको कमजोरीहरूको फाइदा उठाएर उनीहरूलार्ई दबाउने कोसिस गर्नुहुन्न । हाम्रो लागि, राष्ट्रवाद त्यो हो जसमा तपाईं कडा मिहिनेत गर्नुहुन्छ र सबैभन्दा पिछडिएका वर्गहरूलार्ई मुख्यधारामा ल्याउने कोसिस गर्नुहुन्छ र जब उनीहरू पिछडिएका हुन्छन् तब उनीहरूसँग भेदभाव राख्नुहुन्न ।
हाम्रो लागि, राष्ट्रवाद त्यो हो जहाँ हामी समाजमा गरिब, महिला, बच्चाहरू र ज्येष्ठ नागरिकहरूको लागि सही प्रकारको व्यवहार राख्छै । हाम्रो लागि राष्ट्रवाद त्यो हो कि हामीले कानुन को उल्लंघन गर्नुहुन्न । कानुनी राज्यको निर्माण, विधिको शासन व्यवस्था, स्वतन्त्रताको रक्षा, मानवअधिकारको प्रत्याभूति, जनअधिकारको सुरक्षाजस्ता विषयमा राष्ट्रवाद विम्बित भएको हुन्छ ।
राष्ट्रवादको भावना यूरोपमा अठारहौं र उन्नीसौं शताब्दीमा उदय भएको थियो यसको लागि, एक निश्चित भूमि, जनसंख्या र सार्वभौमसत्ता हुनु एक आवश्यक सर्त हो । यो राष्ट्रको लागि एक संस्कृति र रीतिरिवाज समाजमा हुनु आवश्यक छ । पृथ्वीको हरेक भाग कुनै न कुनै राष्ट्रको अधीनमा छ । राष्ट्रवादको भावनालार्ई दुरूपयोग गर्नुहुँदैन । उग्र राष्ट्रवाद विश्व शान्तिको लागि खतरनाक छ । हाम्रा नेताले कहिलेकाही उग्र राष्ट्रवाद बमन गर्छन् र जनताको ध्यानाकर्षण गर्न खोज्छन् तर उनीहरूको फोस्रो राष्ट्रवादले देशको लागि केही फाइदा पु-याएको देखिँदैन ।
पहिलो र दोस्रो विश्वयुद्ध उग्रवादी राष्ट्रवादको कारणले भएको थियो । आज, जब विभिन्न देशहरूसँग परमाणु हतियार छ, तब यस्तो स्थितिमा, उग्र राष्ट्रवाद मानवताको लागि अझ खतरनाक साबित हुन्छ । हाम्रो नेताहरूको राष्ट्रवाद उग्र राष्ट्रवाद हो । जो नारामा मात्रै सीमित छ । राष्ट्रियता एक भावना हो । राष्ट्रवाद एक राष्ट्रको लागि माया हो । राष्ट्रवाद आफ्नो देशको भौगोलिक, सांस्कृतिक र समाजमा बस्ने मानिसहरूबीच माया र एकताको भावना हो । यो यस्तो भावना हो कि संसारभरि हरेक देशका मानिसहरूमा एक भावनाको रूपमा रहन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- लामामाथि आक्रमण गरेको अभियोगमा थप एक पक्राउ
- गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता
- खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गर्न मन्त्री यादवको निर्देशन
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया