ओप्पोद्वारा स्मार्ट चाइना एक्स्पोमा नयाँ म्यागभोक सिरिज र इन—कार कनेक्टिभिटी प्रविधि प्रदर्शन
काठमाडौं । ओप्पोले ‘स्मार्ट टेक्नोलोजी : इम्पावरिङ इकोनोमी, इनरिचिङ लाइफ’ थिममा चीनको चोंगचिंगमा आयोजित स्मार्ट चाइना एक्स्पो २०२१ मा आफ्ना नयाँ म्यागभोक फ्ल्याश चार्जिङ सिरिज, इन—कार कनेक्टिभिटीलगायतका प्रविधि प्रदर्शित गरेको जनाएको छ । उक्त एक्स्पो अगस्ट २३ देखि २६ सम्म सञ्चालन भएको थियो ।
एक्स्पोमार्फत वायरलेस एयर चार्जिङ प्रविधिका साथै, ओप्पोले पहिलोपटक आफ्नो म्याग्नेटिक फ्ल्याश चार्जिङ प्रविधि– द ओप्पो म्यागभोक सिरिज पनि प्रदर्शित गरेको हो । नयाँ सिरिज मातहत फोन र चार्जरबीच सटिक पंक्तिबद्धताको सुनिश्चितता प्रदान गर्ने म्याग्नेटिक अलाइनमेन्ट प्रणालीको प्रयोग गरिएको म्यागभोक वायरलेस पावर ब्यांक पनि सम्मिलित छ । त्यसैगरी समग्र चार्जर नै पातलो बनाउन सघाउने स्प्लिट डिजाइन अपनाइएको म्यागभोक अल्ट्रा—थिन फ्ल्यास चार्जर पनि प्रदर्शित गरिएको थियो । यी दुवै उपकरणका डिजाइनले उत्पादनलाई सहज पोर्टेबिलिटीको गुण उपलब्ध गराउँछ । अन्ततः पारम्परिक वायर्ड चार्जिङका तुलनामा तयारीका लागि लाग्ने समयमा ६० प्रतिशतसम्म कटौती उपलब्ध गराउने म्यागभोक वायरलेस फ्ल्यास चार्जिङ स्ट्यान्ड पनि एक्स्पोमार्फत प्रदर्शित गरिएको थियो ।
यस्तै ओप्पोले डिजिटल कार की, ओप्पो फाइन्ड एक्सथ्रीमा रहेको रिमोट भेहिकल कन्ट्रोल, ओप्पो वाट्च टूमा रहेको रिमोट भेहिकल कन्ट्रोलका साथै, इन कार फ्ल्यास चार्जलगायत इन—कार स्मार्टफोन कनेक्टिभिटीमा हासिल गरेका नौला उपलब्धिहरु पनि प्रदर्शित गरेको थियो । डिजिटल कार कीले प्रयोगकर्तालाई ओप्पो स्मार्टफोनको प्रयोग गरी ब्ल्यूटूथमार्फत सहजै आफ्ना कार अनलक गर्ने सुविधा उपलब्ध गराउँछ । यसका लागि कुनै किसिमको मोबाइल नेटवर्कको आवश्यकता नपर्ने हुँदा दैनिक प्रयोजनका लागि यसको उपयोगिता अझ सहज बनेको कम्पनीको भनाइ छ ।
ओप्पो फाइन्ड एक्सथ्री वा ओप्पो वाट्च टुमा रहेको रिमोट भेहिकल कन्ट्रोलले प्रयोगकर्तालाई टाढैबाट एपको सहायताबाट एयर कन्डिसनिङ अन गर्ने सहुलियत प्रदान गर्छ । यसको माध्यमबाट कारधनीले टाढैबाट हर्न बजाएर आफ्नो कारको खोजी पनि गर्न सक्छन् । साथै, कार चलाई रहेको अवस्थामा पनि प्रयोगकर्ताले ओप्पोको ६५वाट भोक यूएसबी फ्ल्यास चार्ज र ४० वाट भोक वायरलेस फ्ल्यास चार्ज सपोर्ट गर्ने ओप्पोको अत्याधुनिक इन—कार फ्ल्यास चार्जको पनि प्रयोग गर्न सक्छन् ।
नयाँ सम्भावनाहरुका लागि कम्पनीले नियो, बीवाईडी अटो र गिलीजस्ता अग्रणी सवारी साधनका ब्राण्डहरुसँग सहकार्य पनि गरिरहेको छ । कम्पनीका अनुसार भविष्यमा सवारी साधन नियन्त्रणका लागि स्मार्टफोनहरु नै नियन्त्रणको केन्द्र बन्नेछन् । स्मार्टफोन—भेहिकल कनेक्टिभिटी इकोसिस्टममा प्रशस्त अत्याधुनिक प्रविधिहरु समाहित गरिनेछन् । यसले गर्दा इन—कार अनुभव अझ एकीकृत हुनेछ ।
कम्पनीले इन्टरनेट अफ एक्स्पेरियन्सको अवधारणाको उत्थान गरेदेखि ओप्पोको सफलतामा अहिले यूडब्ल्यूबी प्रविधिबाट जडित एआर ग्लास २०२१को विकासका साथै अन्य स्मार्ट होम डिभाइसेजलगायत रहेका छन् । ओप्पो एआर ग्लास २०२१मा ग्लासलाई हल्का बनाउनका लागि स्प्लिट डिजाइनको प्रयोग गरिएको छ । मेनस्ट्रिम बर्डबाथ अप्टिकल सोल्युसन सुसज्जित ओप्पो एआर ग्लास २०२१ले उपभोक्तालाई सिनेमा जस्तै अनुभव प्रदान गर्छ । आईओटीअन्तर्गत यी नयाँ क्षेत्रमा प्रवेशसँगै ओप्पो आफ्नो इन्टरनेट अफ एक्स्पेरियन्स भिजनलाई यथार्थमा बदल्ने कार्य तथा सुदृढ कनेक्सनसहित मानिस र उपकरणबीच एकीकरणसहितको विश्वतिर थप एक कदम नजिकिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया