नयाँ टाटा सफारी अब नेपालमा
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपालमा प्रमुख प्रिमियम एसयूभी नयाँ टाटा सफारी नेपाली अटो बजारमा सार्वजनिक गरेको छ । यस नयाँ टाटा सफारीको सुरुवाती मूल्य ८१ लाख ९९ हजार रहेको छ । सात सिट क्षमताको यस गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता र शानको बेजोड सम्मिश्रण हो । आधुनिक युगका शक्तिशाली एवं आकर्षक एसयूभी रुचाउने ग्राहकहरुलाई नयाँ सफारीले आकर्षित गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार साहसिक व्यक्तित्व (एडभेन्चर पर्सोना) झलक दिने नयाँ सफारीको डिजाइन ग्राहकहरुको इच्छा र आकांक्षाअनुरुप आकर्षक, बलियो र ‘स्पोर्टी’ रहेको छ । ‘ट्रोपिकल मिस्ट’ रंग स्किममा उपलब्ध नयाँ सफारी भारतका विविध प्रकारका भू–भागमा प्रशस्त पाइने वनस्पतिहरुको सौन्दर्यबाट प्रभावित छ । नेपाल पनि यस्तै वनस्पतिहरुले भरिपूर्ण भएकोले नयाँ सफारी यहाँको लागि पनि अत्यन्त सुहाउँदो रहेको कम्पनीको दाबी छ । सिप्रदीको नेपालभर रहेका टाटा मोटर्सका शो–रुमहरुमार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभको लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
टाटा मोटर्सका प्यासेन्जर भेहिकल इन्टरनेशनल बिजनेसका प्रमुख मायांक बाल्डीले नेपाली बजारमा प्रिमियम फ्ल्यागशिप एसयूभी नयाँ सफारीको बिक्रीवितरण गर्न पाउँदा अत्यन्त हर्षित भएको बताए । उनका अनुसार उत्कृष्ट डिजाइन, सुरक्षित र आरामदायी टाटा ‘फरेभर रेन्जका’ गाडीहरुको तीन आधार स्तम्भहरु हुन् ।
ओमेगा आर्किटेक्चरमा तयार पारिएको यस गाडीको डिजाइन कार्यक्षमताको दृष्टिकोणले उत्कृष्ट छ भने यसमा प्रख्यात जेएलआर पेडिग्रीजस्तो उच्च कोटीको प्राविधिक गुणहरुको प्रयोग गरिएको छ । यसैगरी, आकर्षक डिजाइन भएको यस गाडीका अन्य विशेषताहरु पनि सर्वोत्कृष्ट रहेका छन् । नयाँ टाटा सफारीले अत्यन्त द्रुत गतिमा अगाडि बढिरहेको एसयूभी बजारमा टाटा ब्रान्डको छविलाई अझै नयाँ उचाइमा पु-याउने कम्पनीको दाबी छ । भारतमा ६ महिनाभन्दा पनि कम अवधिमा नै १० हजार वटाभन्दा बढी नयाँ टाटा सफारीको उत्पादन भइसकेको छ ।
सिप्रदी ट्रेडिङ्गका प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरीले नेपालमा नयाँ सफारीको आगमन टाटासँगको सिप्रदीको व्यापारिक साझेदारीमा एक अर्को कोशेढुंगा भएको बताए । नेपाली ग्राहकहरुको बदलिँदो आकांक्षा एवं जीवनशैलीसँग मेल खाने यस गाडीले नेपालमा एसयूभी प्रयोगलाई वृद्धि गर्ने आशा राखेको उनले बताए । यस वर्षको चाडपर्व पूर्व नयाँ सफारीजस्तो उच्चतम विशेषता भएको ‘आइकोनिक’ ब्राण्ड नेपाली ग्राहकवर्गसामु प्रस्तुत गर्न पाउँदा निकै उत्साहित रहेको उनको भनाइ छ । उनका अनुसार ग्राहकहरुलाई उत्कृष्टभन्दा उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यअनुसार नयाँ सफारीलाई ललितपुरको लबिम मलको विशेष ‘एक्स्पेरिएन्स जोन’मा पनि डिस्प्ले गरिनेछ । यस जोनमा टाटा मोटर्सका ग्राहकहरुले ‘प्रिभिलेज पार्किङ्ग’ सुविधा मात्र नभई आफूलाई मनपर्ने ताजा कफीको स्वादसँगै टाटा मोटर्सका सेवा र उत्पादनहरुबारे विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् ।
आफ्ना ग्राहकहरुलाई आराम र सुरक्षाको साथै उत्कृष्ट कार्यक्षमता प्रदान गर्न टाटा सफारीको डिजाइन र इन्जिनियरिङ्ग गरिएको हो । २.० लिटरको टर्बोचाज्र्ड काइरोटेक इन्जिन भएको यस गाडीमा सहरको बाटो, एक्सप्रेस वे वा विकट क्षेत्रका कच्ची सडकहरुमा नँया र रोमान्चकारी अनुभवका साथ यात्रा गर्न सकिन्छ । २७४१ मिलिमिटर चौडा ह्विलबेस, म्याजिस्टिक प्यानोरोमिक सन रुफ, यासवुड फिनिस्ड ड्यासबोर्डसहित ओइस्तर सेतो रंग भएको भित्री भाग र अत्याधुनिक ८.८ इन्चको फ्लोटिङ आइल्यान्ड इन्फोटेन्मेन्ट सिस्टमजडित नयाँ टाटा सफारी नेपाली ग्राहकहरुको लागि एक पूर्ण र प्रशंसायोग्य प्याकेज हुनेछ । सफारीको नयाँ अवतारमा टाटा मोटर्सले ओएमईजीएआरसी अन्तर्गत इम्प्याक्ट २.० डिजाइन ल्यांग्वेजमा आधारित रही ल्यान्डरोभरको प्रख्यात डी ८ प्ल्याटफर्ममा निर्माण गरेको हो ।
उत्कृष्ट सुरक्षाको लागि उन्नत ईएसपी र बोस मोडजस्ता विशेषताहरु पनि यस ६÷७ सिट क्षमताको गाडीमा पाइन्छ । यो कारणले नयाँ सफारी द्रुत गतिमा विकास भइरहेको नेपाली अटोमोबाइल बजारको लागि अत्यन्त उपयोगी रहेको कम्पनीको भनाई छ । निलो, सेतो र खरानी रंगमा पाइने यस एसयूभीको एक्सइ देखि एक्सजेटए प्लस सम्म नौवटा मोडेलहरु छन् । भारतमा गत वर्ष देखि मात्र विक्री वितरण थालनी गरिएको यस गाडीले छोटो समयमै ग्राहकहरुको मन र मस्तिष्कमा अमिट छाप छोडिसकेको छ । भारतीय एसयूभी बजारमा १८ प्रतिशत अंश ओगट्न सफल नयाँ सफारी आज त्यहाँको सबैभन्दा बढी बिक्री हुने एसयूभीमध्ये एक हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया