कतार एयरवेज कार्गोलाई अवार्ड प्रदान
काठमाडौं । कतार एयरवेज कार्गोलाई नेपाल फ्रेइट फोरवार्डर्स एसोसिएसन (एनईएफएफए)द्वारा सन् २०२० मा देशबाट सर्वाधिक निर्यात टन (२८५० टन) उठाएबापत अवार्ड हस्तान्तरण गरिएको छ । जुलाई २९ मा एनईएफएफएद्वारा काठमाडौंमा आयोजित वार्षिक नेपाल कार्गो डे महोत्सवमा उक्त अवार्ड हस्तान्तरण गरिएको हो ।
देशको निर्यात समर्थनका लागि उल्लेखनीय भूमिका खेल्ने उत्कृष्ट तीन क्यारियर्सलाई सम्मान प्रदान गर्न संघद्वारा हरेक वर्ष अवार्डको आयोजना गर्दै आइरहेको छ । कतार एयरवेज कार्गोले एक दशकभन्दा लामो समयदेखि नेपालबाट सर्वाधिक अपलिफ्टका लागि पहिलो स्थान हात पार्दै आइरहेको छ । कतार एयरवेज कार्गोका प्रमुख अधिकारी गुह्यूमो हेलियोक्सले नेपालबाट सर्वाधिक निर्यातका लागि यो अवार्ड पाउँदा निकै गौरवान्वित भएको बताए । नेपाल एयरलाइनका लागि एक प्रमुख बजार हो । कम्पनीले सन् १९९७ देखि यसको राजधानी सहर काठमाडौंमा आफ्नो उडान सञ्चालन गर्दै आइरहेको छ ।
एयरलाइनको निर्यात बजार हिस्सा सन् २०२० मा नेपालबाट हुने समग्र निर्यातको ४५ प्रतिशत र आयात ४४ प्रतिशत रहेको छ । कतार एयरवेजले हाल अगस्ट महिनाका लागि हरेक हप्ता कार्गोका एक सय ५० टन क्षमतासहित हरेक पटक, काठमाडौंमा (टू एन्ड फ्रम) डबल दैनिक उडान भर्दै आइरहेको छ ।
आफ्नो दोहा केन्द्रमार्फत एयरलाइनले नेपाललाई यूएसए, युरोप, अस्ट्रेलिया र एसियामा रहेका महत्वपूर्ण निर्यात गन्तव्यसँग जोडिरहेको छ । महामारीको समयमा एयरलाइनले नेपालमा व्यापारको निरन्तरताका लागि देश र व्यवसायका आयात तथा निर्यात आवश्यकतामा सघाउँदै तदर्थ आधारमा यात्री मालवाहकका साथै काठमाडौंबाट र भित्रिने निर्धारित उडानहरु सञ्चालन गरी उल्लेखनीय रुपमा महत्वपूर्ण भूमिका खेलेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया