Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारव्यवसायी चिनीको आयात खुला गर्न र उद्योगी आयात रोक्ने लबिङमा सक्रिय

व्यवसायी चिनीको आयात खुला गर्न र उद्योगी आयात रोक्ने लबिङमा सक्रिय


विराटनगर ।लामो समयदेखि चिनीको व्यापारमा सक्रिय हुँदै आएका चिनी व्यवसायीहरू चिनीको आयात सहुलियत दरमा गर्नुपर्ने पक्षमा लागेका छन् । यस्तै चिनी उद्योगीहरू भने आयात रोक्नुपर्ने पक्षमा लबिङ गरिरहेका छन् । नेपालीको चाडपर्वका मुखमा आएर चिनीको हाहाकार मच्चाउँदै व्यवसायीहरूले यहाँको चिनीले बजार नधान्ने भन्दै सहुलियत दरमा चिनी आयात गर्न दिनुपर्ने लबिङमा लागेका छन् ।

सरकार परिवर्तनसँगै विराटनगरका व्यापारी समूहको उच्च घरानामा रहेको गोल्छा समूह र विशाल ग्रुपको विशेष पहलमा कृषि मन्त्रालयलाई आर्थिक प्रलोभनमा पारी चिनीमा सिन्डिकेट लगाउने उद्देश्यका साथ चिनी आयात बन्द गर्न सक्रिय रहेको छ । तत्कालीन प्रधानमन्त्रीका केपी ओलीले कार्यभार सम्हाल्ना साथ यिनै उद्योगीहरूको समूहले चिनीमा भन्सार मूल्यांकन बढाउन व्यापक लबिङ गरेका थिए । अहिले फेरि यही व्यवसायी समूह चाडपर्वको मुखमा चिनीको हाहाकार मच्चाएर चिनी आयातको लबिङमा लागेको छ । यिनै उद्योगी तथा व्यवसायीको लबिङअनुसार नै तत्कालीन ओली सरकारले चिनीमा व्यवस्था भएको भन्सार मूल्यांकन १५ प्रतिशतबाट वृद्धि गरि ३० प्रतिशत कायम गरेको थियो । यी दुवै समूह सुनसरीमा रहेको इस्टर्न सुगर मिल्सका सञ्चालक भएका कारण स्वदेशी उद्योग संरक्षणका नाममा चिनीमा सेन्डिकेट लगाउने योजनामा छन् ।

यस्तै अर्कातिर चिनीको आयात गरी कमाउन पल्केकाहरूले शेरबहादुर देउवाको सरकारलाई सहुलियत दरको चिनी आयात खुला गर्न अर्थ मन्त्रालयमा व्यापक दबाब दिन सुरु गरेका छन् । नेपालीको ठूला चाडबाड मुखमा आएको बहाना बनाएर पछिल्लो समय चिनीको अभाव भएको भन्दै सहुलियत दरमा आयात गर्न दिनुपर्ने मागसहित व्यवसायीहरू अर्थ मन्त्रालयमा धाउन थालेका छन् । साल्ट ट्रेडिङले पनि आफूसँग भएको मौज्जात चिनीले १५ दिन धान्न पनि नसकिने जवाफ दिएको भन्दै चिनी माफियाहरू सहुलियत दरको चिनी आयातको इजाजत खुलाउन लागि परेको चिनी मिल्स सञ्चालकहरूले जानकारी दिएका छन् । चिनी व्यवसायीहरूले विराटनगर भन्सार नाका भएर पाकिस्तान, थाइल्याण्ड, ब्राजिल, बंगलादेश, युनाइटेड अरब इमिरेटस आदि मुलुकबाट चिनी आयत गर्नेगरेका छन् । तर साल्ट टे«डिङले सहुलियत मूल्यको चिनी भारतबाट नै आयात गर्नेगरेको छ ।

समाचारस्रोतका अनुसार विराटनगरबाट चिनीको आयात गर्ने व्यवसायीहरू लामो समयदेखि चिनी, सुपारी, मटर र मरिचको आयातमा समेत संलग्न छन् । पछिल्लो समय चिनी आयातका लागि अर्थ मन्त्रालयमा दबाब दिइरहेका व्यवसायी समूहमध्ये जगदिश प्रसाद अग्रवालको नामबाट ३०००३९५९७ मा दर्ता रहेको अरविन्द स्टोर्स, विजयकुमार अग्रवालको नामबाट ३०००९९३५७ दर्ता रहेको विजयदीप इन्टरनेसनल र विनय अग्रवालको नामबाट ३००२१४७७२ दर्ता रहेको एसबी एण्ड सन्सले चिनीको आयातका लागि व्यापक दबाब सिर्जना गरिरहेको छ । यो व्यवसायीको समूह विराटनगरमा लामो समयदेखि समयअनुकूलको कारोबार गरी कमाउन सक्रिय रहेको छ । यो समूहमा एक जना मोरङ व्यापार संघका पूर्वअध्यक्ष समेत संलग्न रहेका छन् ।

उनैको दबाबमा सरकार पनि पछिल्लो समय चिनी आयात खुला गर्ने पक्षमा पुगिसकेको व्यवसायीहरूको दाबी छ । यसरी एकातिर चिनी मिल्सका सञ्चालक चिनी आयात रोक्न र चिनीबाट कमाउन पल्केकाहरू चिनी आयात खुलाउन अर्थ मन्त्रालयमा व्यापक दबाब दिइरहेको हँुदा कुन समूहको पल्ला भारी हुने हो हेर्न बाँकी रहेको व्यवसायीहरूले बताउन थालेका छन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x