Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदराजद्वारा नयाँ ड्रप अफ पोइन्ट्सहरूको घोषणा, सामान रिटर्न गर्न झनै सहज

दराजद्वारा नयाँ ड्रप अफ पोइन्ट्सहरूको घोषणा, सामान रिटर्न गर्न झनै सहज


काठमाडौँ ।अनलाइन बजार दराजले ग्राहकहरूको लागि अनलाइन शपिङ थप सुविधाजनक बनाएको छ । कम्पनीले आईएमई पेसँग साझेदारी गरी देशका विभिन्न भागहरूमा नयाँ ड्रप अफ पोइन्ट्सहरू प्रारम्भको घोषणा गरेको छ ।कम्पनीका अनुसार यस साझेदारीको माध्यमबाट, चयन आईएमई पे हब दराज ग्राहकहरूको लागि ड्रप अफ पोइन्ट्सहरूको रूपमा कार्यमा आउनेछ । साथै सामान रिटर्नको लागि एक अधिक सुविधा प्रदान गर्नेछ । ग्राहकहरू अब नजिकको आईएमई पे हबमा गएर कुनै पनि उत्पादनहरू सजिलैसँग फिर्ता गर्न सक्नेछन् । दराज जस्तै ई–वाणिज्य र आईएमई पे जस्तो फिनटेक कम्पनीबीच यस हिसाबको साझेदारी नेपालमा पहिलोपटक उत्पन्न भएको दराजले जनाएको छ । यस साझेदारीको उद्देश्य भनेको ग्राहकहरूलाई अनलाइन डिजिटल प्लेटफर्मको प्रयोग गर्न अतिरिक्त कारणहरू पेश गर्नुको साथसाथै ई–वाणिज्य इकोसिस्टमलाई अझै माथि बढ्न मद्दत गर्नु रहेको कम्पनीको भनाइ छ ।

दराजको हबबाहेक अब ग्राहकहरूले बज्र सब रेमिट–जोरपाटी, हेलो हाई कनेक्सन–जावलाखेल, सिम्पल सब मनि ट्रान्सफर–कोटेश्वर, पीबी ट्राभल्स एन्ड टुर्स – बुद्ध चोक, पोखरा, सामभावी ट्रेडर्स ः बैंक अफ काठमाडौँ, विराटनगर र न्यु वीरगञ्ज मनि ट्रान्सफर– भानु चोक, वीरगञ्जमा गई आफ्नो प्याकेज फिर्ता गर्नको लागि छोड्न सक्नेछन् । यी छ स्थानहरूसँगै, थप १८ वटा स्थानहरू अर्को हप्ताभित्र खोलिने कम्पनीले जानकारी दिएको छ । यसैगरी ग्राहकहरूले दराज एपमार्फत सामान फिर्ता गर्ने क्रममा दुई विकल्पहरूको चयन गर्न पाउनेछन् । पहिलो विकल्प भने ग्राहकहरूले दराजको डेक्स राइडरलाई बोलाई आफ्नो सामान फिर्ता दिएर पठाउन सक्नेछन् भने भने दोस्रो विकल्प इच्छुक ग्राहकहरू आफैँ ड्रप अफ पोइन्टमा गई सामान छोड्न सक्नेछन् । दोस्रो विकल्प छनौट गरी ड्रप अफ पोइन्टमा गए, ग्राहकहरूलाई फ्रन्ट डेस्क अपरेटरले सामान फिर्ता गर्ने प्रक्रियाहरूको सबै जानकारी दिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x