Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजगदम्बा स्टिलमा तोडफोड गर्नेलाई कारबाही गर्न महासंघको माग

जगदम्बा स्टिलमा तोडफोड गर्नेलाई कारबाही गर्न महासंघको माग


काठमाडौँ ।वीरगञ्ज पथलैया औद्योगिक करिडोर, सिमरामा रहेको जगदम्बा स्टिल प्रालिमा तोडफोड गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउन नेपाल उद्योग वाणिज्य महासंघले माग गरेको छ ।महासंघका अनुसार उक्त उद्योगमा भदौ ११ गते बिहान स्थानीय जनता नै जबर्जस्ती उद्योगपरिसरमा प्रवेश गरी तोडफोड गरेका थिए । उक्त कार्यको घोर निन्दा एवं भत्र्सना गर्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ । स्थानीय तहमा सञ्चालित उद्योग व्यवसायले स्थानीय जनतालाई रोजगारीका साथै त्यस क्षेत्रका जनताको आर्थिक जीवनस्तर सुुधारमा समेत निकै ठूलो सहयोग पु¥याइरहेको महासंघले जनाएको छ ।

तर उद्योग समस्यामा परेको मौका छोपी स्थानीय जनता नै जबर्जस्ती उद्योगपरिसरमा प्रवेश गरी उद्योगका महत्वपूर्ण सरसामान, मेसिनहरू, पार्किङ गरी राखिएका सवारीसाधनहरू तोडफोड गरी ध्वस्त बनाउनुु अत्यन्त दुःखद कुरा भएको महासंघको भनाइ छ । भदौ ११ गते बिहान १०ः१५ बजे उद्योगको अमोनिया ग्यास ट्यांकबाट ग्यास लिक भएको घटनालगत्तै उद्योग परिसरभित्र स्थानीयहरू बलजफ्ती प्रवेश गरी उद्योगमा तोडफोड भएको उद्योगले जनाएको छ ।

‘वार्ताबाट समस्या समाधान गर्न सकिने अवस्था हुँदाहुँदै तोडफोड हुनु दुर्भाग्यपूर्ण हो । यसले एकातिर उद्योग र स्थानीय जनताबीचको आपसी विश्वासमा कुठाराघात गर्छ भने अर्कोतिर उद्योगी व्यवसायीको मनोबल खस्किने, लगानी निरूत्साहित हुने र स्वदेशी एवं विदेशी लगानीकर्तामाझ नकारात्मक सन्देश जानेतर्फ महासंघको गम्भीर चिन्ता छ’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । तोडफोड कार्यमा संलग्नहरूको तत्काल पहिचान गरी दोषीलाई कानुनका दायरामा ल्याई कारबाही गर्न र उद्योग पूर्वावस्थामै सञ्चालन गरी औद्योगिक वातावरण निर्माणमा सहयोग पु¥याउन महासंघले तीनै तहका सरकारसँग आग्रह गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x