अग्नि ग्रुपद्वारा चितवनमा महिन्द्रा ट्रयाक्टरको नयाँ शोरूम उद्घाटन
काठमाडौं । नेपालका लागि महिन्द्रा युटिलिटी सवारी साधन र ट्रयाक्टरको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपले बागमती प्रदेशको चितवनको मिलनचोकमा आफ्नो डिलर नेटवर्क– बतास ब्रदर्स प्रा लि को नयाँ शाखामा महिन्द्रा ट्रयाक्टरको नयाँ बिक्री, सेवा र स्पेयर पार्ट्सयुक्त शोरूम उद्घाटन गरेको छ ।
महिन्द्रा ट्रयाक्टरका विभिन्न मोडलहरूसहितका बिक्री, सेवा र स्पेयर पार्ट्सयुक्त यो नयाँ बिक्री केन्द्रको अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, महिन्द्रा एण्ड महिन्द्रा नेपालका कन्ट्री मेनेजर आशिष जोशी, जिसस चितवनका सभापति कृष्ण कुमार डल्लाकोटी र बतास ब्रदर्सका प्रबन्ध निर्देशक शान्ताराज बतासद्वारा शुक्रबार संयुक्त रूपमा उदघाटन गरिएको हो ।
उद्घाटन समारोहमा बोल्दै, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले भन्नुभयो, “हामी ग्राहकहरूकोे आवश्यकता अनुसार महिन्द्रा ट्रयाक्टर उत्पादनको एक विस्तृत श्रृंखला उपलब्ध गराउन र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा अधिकतम ग्राहक सन्तुष्टि प्राप्तिका लगातार गुणस्तरीय सेवा प्रदान गर्नमा अधिक केन्द्रित रहँदै आएका छौं । हाम्रा विभिन्न मोडलका कृषि ट्रयाक्टरसँगै कृषि औजारहरूले निश्चितरूपमा खेतीको आवश्यकतालाई पूरा गर्नेछ । “
बतास ब्रदर्सका प्रबन्ध निर्देशक सान्त राज बताश भन्नु हुन्छ, “हाम्रो नयाँ महिन्द्रा ट्रयाक्टर शोरूमले महिन्द्राका २१५ डीआई युवराज, जिभो २४५ डीआई फोर डब्लूडी, नोभो अर्जुन ६०५ डीआई फोरडब्लूडी, ५७५ डीआईपीएस डीसी युभो जस्ता ट्राक्टरहरूका ग्राहकहरूलाई विक्री, गुणस्तरीय सक्कली स्पेयरपार्टस् तथा सेवा प्रदान गर्नेछ । चितवनको यो राम्रोसँग सुसज्जित बिक्री केन्द्रले अन्तर्राष्ट्रियस्तरको सेवा सहितको कम्पनीसम्म ग्राहकहरूको पहुँच बनाइ अधिक सुविधाजनक र किफायती तुल्याई लाभ प्रदान गर्नेमा हामी विश्वस्त छौं ।”
उद्घाटनका अवसरमा कम्पनीले ट्रयाक्टर ग्राहकहरूको लागि रोमाञ्चक उत्सव योजनाको घोषणा गरेको छ, जसमा एलईडी स्मार्ट टिभी वा रोटाभेटरमा ५० प्रतिशत छुटबीचको विकल्प, ६ वर्ष वारेन्टी अवधि, ५ लाखको व्यक्तिगत दुर्घटना बिमाका साथै ५ जना भाग्यशाली ग्राहकहरूका लागि ५ केभी एपावरोल डिजल जेनरेटरको बम्पर उपहार पनि समावेश छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया