Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोजेन्ट हेल्थ स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणालीसँग जोडिने पहिलो कम्पनी

कोजेन्ट हेल्थ स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणालीसँग जोडिने पहिलो कम्पनी


काठमाडौं । कोजेन्ट हेल्थले भक्तपुर अस्पताल र मेची अञ्चल अस्पतालबाट बीमा व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस)सँग एकीकृत स्वास्थ्य बीमा व्यवस्थापन प्रणाली सुरू गरेको छ । योसँगै कोजेन्ट हेल्थ स्वास्थ्य बीमा बोर्डद्वारा प्रवर्द्धित आईएमआईएस प्रणालीमा जोडिने पहिलो इलेक्ट्रोनिक हेल्थ रेकर्ड सेवा प्रदायक कम्पनी बनेको छ ।

एकीकृत प्रणालीको सुरुवातसँगै स्वास्थ्य बीमामा आबद्ध सेवाप्रदायक स्वास्थ्य संस्थाहरूले बिरामीहरू स्वास्थ्य बीमा योजनामा आबद्ध भए नभएको जाँच गर्न र आबद्ध भएका बिरामीहरूको हकमा स्वास्थ्य बीमासम्बन्धी आवश्यक विवरणको जानकारीका लागि कोजेन्ट हेल्थको इलेक्ट्रोनिक हेल्थ रेकर्ड प्रणालीको उपयोग गर्न सक्नेछन् । साथै स्वास्थ्य संस्थाहरूले सफ्टवयेरमार्फत डिजिटल रूपमै बिरामीको बीमा दाबी गर्न सक्षम हुने भएका छन् । योसँगै हालसम्म स्वास्थ्य सेवाप्रदायकले बीमादाबी गर्न बीमितलाई स्वास्थ्य सेवाप्रवाहको क्रममा दिइएको सेवाको कागजात छुट्टै साइटमा प्रविष्ट गरिरहनुपर्ने दोहोरो र समय खपत हुने अवस्थाको अन्त्य हुने भएको छ । इलेक्ट्रोनिक हेल्थ रेकर्ड र बीमा सूचना प्रणालीजस्ता दुर्ई महत्वपूर्ण प्रणाली एकीकृत हुँदा नेपालमा अत्यावश्यक डिजिटल स्वास्थ्य इकोसिस्टम निर्माणमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।

कोजेन्ट हेल्थले पहिले नै फिनटेक र भुक्तानी प्रणालीसँग आफ्नो प्रणालीलाई एकीकृत गरिसकेको छ र डिजिटल स्वास्थ्यको क्षेत्रमा आवश्यक पर्ने महत्वपूर्ण प्रविधि निर्माण गर्दै आएको छ । कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक हेल्थ रेकर्ड (ईएचआर)मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्णरुपमा डिजिटाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ । कोजेन्ट हेल्थद्वारा निर्मित कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब, ईअपोइन्टमेन्ट र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपालभरका ५० भन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x