Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअल न्यु हुन्डाई टुसानको बिक्री सुरु

अल न्यु हुन्डाई टुसानको बिक्री सुरु


काठमाडौं । हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अल न्यू टुसान’ सार्वजनिक गरेको छ । हुन्डाईले फ्युचरिस्टिक डिजाइनमा तयार पारेको नयाँ जेनेरेसन टुसान विश्वभर चर्चामा रहेको मोडल हो ।

‘मोस्ट डाइनामिक एन्ड ट्रेन्डी’ डिजाइनको कारण विश्वभर नयाँ जेनेरेसन टुसानलाई ‘एउटा डिजाइन रिभोलुसन’को संज्ञा दिइएको छ । यसमा प्रयोग गरिएको प्यारामेट्रिक हिडन लाइट, लामो ह्विलबेस, उत्कृष्ट इन्टेरियर, १८ इन्चको ठूलो अलोय ह्विल, टु ह्विल र फोर ह्विल ड्राइभिङ सिस्टमले नयाँ टुसानलाई अलग पहिचान दिएको छ । नेपाली बजारमा नयाँ जेनेरेसन टुसानको विभिन्न चार भेरियन्ट उपलब्ध हुने कम्पनीले जनाएको छ । जसमा जीएलएस टु ह्विल ड्राइभ म्यानुअल (पेट्रोल), जीएलएस टु ह्विल ड्राइभ अटोमेटिक (पेट्रोल), जीएलएक्स टु ह्विल ड्राइभ अटोमेटिक (पेट्रोल) र जीएलएक्स फोर ह्विल ड्राइभ अटोमेटिक (डिजेल) भेरियन्टमा उपलब्ध रहनेछ । यसको सुरुवाती भेरियन्ट जीएलएस टु ह्विल ड्राइभ म्यानुअल (पेट्रोल)को मूल्य ८९ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

अमेजन ग्रे, ह्वाइट क्रिम, क्रिम्सन रेड, सिम्रिङ सिल्भर, डिप सि र टाइटन ग्रे कलरमा उपलब्ध रहेको नयाँ जेनेरेसन टुसानमा भ्यान्टिलेटेड सिट, हाइट एड्जस्ट, अटोमेटिक पावर टेलगेट, मल्टी एयर मोड सिस्टम, एम्बीयन्ट मुड लाइटजस्ता फिचरले चालक र यात्रुलाई सुखद यात्रा गराउनेछ । बोल्ड डिजाइन र प्रविधिको भरपूर प्रयोग गरिएको इन्टेरियर, २.० लिटर टर्बो पेट्रोल र डिजेल इन्जिन यसको सबल पक्ष हो । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर रहेका आफ्ना १३ शोरुम, १७ सर्भिस नेटवर्कबाट गाडी बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ । हुन्डाई मोटर्स विश्वकै पाँचौँ ठूलो कार उत्पादक कम्पनी हो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x