कञ्चनपुर । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कन्चनपुर कारागार व्यवस्थापनमा समस्या देखिएको छ । कञ्चनपुर जिल्लास्थित महेन्द्रनगरमा रहेको कारागारको क्षमता ९५ जना कैदी राख्ने हो । तर कारागारमा पाँच गुणा बढी कैदी र थुनुवा हुँदा कारागारमा व्यवस्थापन समस्या भएको छ । हाल जिल्लामा रहेको कारागारमा महिला २२ जना, पुरुष ४१६ जना कैदी रहेका छ भने थुनुवा पुरुष २०६ जना, महिला पाँच जना रहेका छन् । यस्तै जेष्ठ नागरिक १० जना रहेका छन् ।
कारागारमा अहिले महिला र पुरुषको लागि जम्मा तीनवटा ब्लक छन् । कारागार प्रमुख माया बस्नेत थापाका अनुसार कारागारको क्षमता २० जना महिला र ७५ जना पुरुष हो तर अहिले कैदीहरु क्षमताभन्दा धेरै छन् । अझ पुरुषको संख्या कारागारको भन्दा पाँच गुणा बढी छ । कारागारमा कैदीका लागि कोठा कम छन् सानो कोठामा १५/२० जना र ठूलो कोठामा ४०/५० जना राखिएको छ । कैदी ठहर भएकासँगै पुर्पक्षका लागि राखिएका थुनुवालाई कोठाको अभावमा सँगै राखिएको छ । कैदीहरु बढी भएकाले कोचिएर बस्नुपर्ने बाध्यता रहेको कारागार प्रमुख बस्नेतले बताइन् ।
कारागारका चौकीदार महेन्द्र शाहीका अनुसार शौचालयको ठूलो समस्या छ, कैदीबन्दीहरु उठेपछि शौच गर्नको लागि पालो पाउँदैनन्, पालो कुरिराख्नुपर्छ, सबैलाई पालो दिनुपर्छ । हामीसँग जम्मा १४ वटा शौचालय मात्र छन् । पुरुषको लागि १२ र महिलाको लागि दुई वटा शौचालय छन् । यस्तै कैदी नाइके सञ्जय थापाका अनुसार क्षमताभन्दा बढी कैदी हुँदा सुत्न, खान, कपडा धुन, नुहाउन, शौचालय जान खानेपानीलगायत अत्यावश्यक कुराहरुको समस्या झेलिरहनुपरेको छ । ‘एकातिर कोचिएर बस्नुपरेकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सकिएको छैन भने अर्कातिर ज्यानको जोखिम छ कुन बेला पो कोभिडले समात्ला भन्ने डर छ’ उनले गुनासो गरे ।
यस्तै अर्का कैदी प्रकाश मल्लले भने, ‘खाना खाँदा, सुत्दा पालैलालो गरी सिफ्ट दिनुपर्छ, भवन धेरै जीर्ण र साँघुरा छन्, पानी प-यो की चुहिन्छ, विजोग छ, वर्षेनी थुनुवा संख्या बढिरहेकै हुन्छ तर कारागारको भौतिक संरचनामा केही परिवर्तन भएको छैन, कोचाकोच भएर पाल टाँगेर समेत बस्ने गरेका छौँ’, उनले भने– ‘मन बहलाउन खेल सामग्रीहरु (लुँडो, क्यारेमबोर्ड, चेस) छैन्न, पुस्तकालयमा पुराना पुस्तकहरु मात्रै छन्, नियम, कानुन, संविधानका किताबहरु राखिदिनुप-यो, सम्बन्धित निकायले यसतर्फ ध्यान दिनु प-यो ।’ १४ वर्षदेखि जेल जिउन बिताइरहेकी कैदी जानकी देवी जोशीले कारागारमा बस्न, सुत्न, शौचालयको धेरै समस्या रहेको बताइन् । खानाको समस्याले गर्दा घरबाटै मगाएर खाने गरेको उनको भनाइ छ ।
जिल्ला कारागार कन्चनपुर प्रमुख माया बस्नेत थापाले भौतिक संरचनाको अभाव भएको भन्दै कैदीहरुलाई बस्न, सुत्न, शौचालयको समस्या भएको स्वीकार गर्दै कारागारको भवन बढाउन सम्बन्धित निकायलाई पत्राचार गरिसकेकाले छिटै नै सुनुवाइ हुने बताइन् । कारागारको पूर्व साइडबाट पर्खाल फराकिलो बनाउने कुरा अगाडि बढिरहेको उनको भनाइ छ । उनका अनुसार भौतिक दूरी कायम गरेर आफन्त भेटघाट बिहान १० बजे देखि ५ बजेसम्म समय राखिएको छ । विभिन्न समयमा कैदीहरुको स्वास्थ्य परीक्षण गराउनका लागि एक जना स्वास्थ्यकर्मी अहेबको व्यवस्था गरेको पनि उनले जानकारी दिइन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया