‘हुन्डाई फेस्टिभ डिलाइट’
काठमाडौं । हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ ग्राहकमाझ प्रस्तुत गरेको छ । यस वर्ष पनि ग्राहकले विगतमा जस्तै नगद छुट, बम्पर उपहारको साथ थुप्रै स्किम पाउने कम्पनीले जनाएको छ । हुन्डाईले सधैँ ग्राहकलाई उत्कृष्ट अफर र खरिद एक्स्पिरियन्स प्रदान गर्दै आएको छ ।
योजनामा ग्राहकले गाडी किन्दा आकर्षक नगद छुट, स्क्र्याच कुपनबाट नगद जित्ने मौका, बम्पर उपहारमा एक जनालाई ‘अल न्यू हुन्डाई आई २०’ एक वर्षको बीमा, वार्षिक करलगायत धेरै किसिमका छुट पाउन सक्नेछन् । यस योजनामा गाडी किन्नेलाई हुन्डाईले आफ्ना सबै गाडीमा तीन वर्षको वारेन्टी, चार वर्षको निःशुल्क सर्भिस सुविधा, निःशुल्क ओनरसिप ट्रान्सफर सुविधा प्रदान गर्नेछ । विश्वकै पाँचौँ ठूलो कार निर्माता हुन्डाई ग्राहकलाई उत्कृष्ट सेवा दिन सधैँ तत्पर रहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालका विभिन्न सहरमा १३ वटा शोरुम र १७ वटा सर्भिस सेन्टरमार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
यस्तै कम्पनीले अघिल्लो वर्षको चाडवर्प स्किम ‘यसपालिको दशैं तिहार, वेलकम टु हुन्डाई परिवार’ योजनामा सहभागी ग्राहकहरुबाट ग्राण्ड आई १० नियोस म्याग्ना विजेता कुपन नम्बर १४४५ का श्यामप्रसाद पौडेल र हुन्डाई अउरा (एस) विजेता चेतनारायण सापकोटा (कुपन नम्बर १६१७) लाई गाडीको साँचो हस्तान्तरण गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया