निसानको दक्षिण एसियामा ग्रीन मिसन सेसन आयोजना
काठमाडौं । विश्व विद्युतीय गाडी दिवसको उपलक्ष्यमा निसान कम्पनीले नेपाल, भुटान र श्रीलंकाको बजारमा विद्युतीय सवारीसाधनको सहज उपलब्ध गराउन र भविष्यमा दिगो वातावरणीय स्थिति कायम राख्न भर्चुअल सेसनको आयोजना गरेको छ ।
नेपाल र भुटानमा पर्याप्त जलविद्युत् उपलब्ध भएकोले वातावरणीय एवं आर्थिक पक्षमा दरिलो वातावरण संरक्षणको सम्भावना छ । निसानको उद्देश्य यस क्षेत्रको अधिकतम जनताका लागि उपयुक्त सवारीसाधन उपलब्ध गराउने, सामाजिक आर्थिक लाभ दिलाउने र दिगो पनि हुने रहेको छ । नेपाल सरकारको अग्रगामी चिन्तनको नीतिअनुरुप कार्बन उत्सर्जन कम गर्ने र विद्युतीय सवारीसाधनलाई अधिकतम उपयोग गर्ने रहेको छ ।
निसानले नेपालका लागि हालै मात्र शून्य प्रदूषणमा आधारित लिफ ईभी निसान कार प्रारम्भिक चरणमा विशेष छुट मूल्य अर्थात् ५९ लाख ९९ हजार रुपैयाँ उपलब्ध गराएको छ । निसान लिफ ई भी विद्युतीय सवारीसाधन सन् २०१० मा उत्पादन भएको थियो । निसान लिफ गाडीले समग्रमा २.५ बिलियन किलोलिटरको यात्रा तय गरिसकेका छन्, जसले १.२ मिलियन टन कार्बन घटाउन मद्दत पु-याइसकेको छ । यसको तुलना गर्दा नौ करोड रुखबाट पाइने अक्सिजनसँग गर्न सकिन्छ ।
निसान इण्डिया अपरेसनका अध्यक्ष सिनान ओजकोकले कम्पनीको उद्देश्य कमै मात्रामा वातावरणीय असर गर्ने सवारीसाधन उपलब्ध गराएर ग्राहकको जीवनस्तर उठाउने रहेको बताए । त्यसैको सन्दर्भमा शून्य प्रदूषणमा आधारित निसान लिफ दक्षिण एसियाको बजारमा उपलब्ध गराउन लागिएको उनको भनाइ थियो । यस क्षेत्रका सरकारहरु पनि क्लिन इनर्जी लक्ष्य प्राप्त गर्न लागिपरेका छन्, जसलाई कम्पनीले विगत ७० वर्षदेखि विद्युतीय सवारीसाधन उपलब्ध गराएर सहयोग पु-याइरहेको उनले बताए । शून्य प्रदूषणयुक्त निसान लिफ ईभी निसानको मौलिक र गुणस्तरयुक्त सवारीसाधन हो । यसमा रहेको शक्तिशाली क्षमताले सवारीसाधनको दुनियामा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्दछ । यो ७.९ सेकेण्डमा १०० किमि प्रतिघण्टाका दरले गुड्न सक्छ भने टप स्पिड १४० किमि प्रतिघण्टा छ । यसकोे सञ्चालन खर्च साह्रै कम छ ।
निसानको साउथ एसिया बिजनेस युनिटका निर्यात प्रमुख रधुनाथ नायरले समुदायमा गतिशीलता प्रदान गर्न निसान लिफ ईभी अति उपयोगी रहेको बताए । कम्पनीले दक्षिण एसियाको बजारमा विशेष रुपमा यसको बजार प्रवद्र्धन गरिरहेको उनको भनाइ छ । उनका अनुसार विश्वका सरकारहरु वातावरणप्रति सचेत रहेका छन् र कार्बन उत्सर्जनविरुद्ध कसरी दिगो प्रयत्न गर्न सकिन्छ भन्नेमा सक्रिय छन् । जसले गर्दा सबै मुलुक हरियालीयुक्त होस् भन्ने धारणा राख्दछन् ।
पायोनियर मोटो कर्प प्रालिका प्रबन्धनिर्देशक सन्दिप कुमार शारदाले लिफ ईभी निसान कारको प्रारम्भिक मूल्य ५९.९९ लाख रुपैयाँ कायम गरेको बताए । हाल बजारबाट अत्यधिक अति राम्रो प्रतिक्रिया पाएको हुनाले निसान लिफको ग्राहक वर्गमा प्रत्यक्ष अनुभव गराउन भदौ २८ गतेदेखि काठमाडौंस्थित शोरुमहरुमा साताव्यापी टेष्ट ड्राइभको व्यवस्था गरेको उनको भनाइ छ ।
निसान लिफ सवारी विद्युतीय स्टेसनमा चार्ज गर्न सजिलो छ । ग्राहकहरुले विभिन्न ठाउँमा चार्ज गर्ने सुविधा लिन सक्छन् । आफ्नै घरमा रहेको डेडिकेटेट वालमा चार्ज गर्दा १५ देखि १८ घण्टामा पूरा चार्ज हुन्छ भने छिटो चार्ज गर्न आवश्यक पर्दा चार्जिङ्ग स्टेसनमा ४० देखि ६० मिनेटमा फुल चार्ज गर्न सकिन्छ । निसान मोटर इण्डिया जापानको निसान मोटर कम्पनीको शतप्रतिशत सहायक कंपनी हो । यो कम्पनीको स्थापना सन् २००५ मा भएको हो । यसको ह्याचब्याक, एमयूभी, एसयूभी र सेडानजस्ता सवारीसाधन भारतमा बनाएको छ । यसले रेनोसँग विश्वव्यापी रुपमा साझेदारी गरेको छ । भारतको चेन्नाईनजिक यसको रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर रहेको छ । निसान र ड्याट्सन यसका दुई ब्राण्ड हुन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया