Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटीभीएस अपाचे आरटीआर २०० ४भीको नयाँ मोडल नेपालमा

टीभीएस अपाचे आरटीआर २०० ४भीको नयाँ मोडल नेपालमा


काठमाडौं । टीभीएस मोटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा टीभीएस अपाचे आरटीआर २०० ४भीको नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले फर्स्ट इन क्लास राइडिङ मोड्ससँगै बीएस–भीआई इन्जिनसहितको नयाँ मोडल नेपालमा सार्वजनिक गरेको हो ।

टीभीएस अपाचे आरटीआर २०० ४भीमा ठाउँ, सडक र मौसमअनुसार राइडिङ मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स रहेको कम्पनीले जनाएको छ । यसको सिस्टममा स्पोर्ट, अर्बान र रेन मोड गरेर तीनवटा मोडहरु रहेका छन् जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन गर्न सक्नेछन् । यस फिचर्सले चालकको राइडिङ अनुभवलाई थप सहज र सुरक्षित गर्ने बताइएको छ । यसैगरी, यस मोटरसाइकलको अर्को सशक्त पक्ष भनेको आरटीएफआई टेक्नोलोजीयुक्त बीएस–भीआई कम्प्लायन्ट इन्जिन हो । यसैगरी बीएस–भीआई कम्प्लायन्ट इन्जिनसहितको अपाचे आरटीआर नेपाली मोटरसाइकल धेरैको रोजाइमा पर्ने गरेको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यो मोटरसाइकलमा अब पहिलेभन्दा फरक फस्र्ट इन सेगमेन्ट एड्जस्टेबल सस्पेन्सनसहित आएको छ । यस्तै यो मोटरसाइकल तीन स्टेप एड्जस्टमेन्टसहित एड्जस्टेबल ब्रेक तथा क्लच लिभरसहित उपलब्ध रहेको कम्पनीले जनाएको छ । जसलाई बीचको औँलाले कन्ट्रोल गर्न एकदमै सजिलो छ । त्यस्तै सिङ्गल चेनल एबीएससहित यसको ब्रेकिङ प्रणालीमा व्यापक सुधार भएको हुनाले यो मोटरसाइकल अधिक सुरक्षित बनेको छ । कम्पनीका अनुसार यो मोटरसाइकल ग्लस ब्लाक, पर्ल वाइट र नयाँ म्याट ब्लु गरेर तीन वटा फरक रंगमा उपलब्ध छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x