विराटनगरमा सीई ग्रुपको ६० करोड लगानीमा २७ कोलोनी निर्माण हुँदै
विराटनगर । काठमाडौँमा मात्र केन्द्रित बन्दै आएको सीई ग्रुपले प्रदेश १ को राजधानी विराटनगरमा पनि आफ्नो कार्य विस्तार गर्दै २७ घरको कोलोनी निर्माण सुरु गरेको छ । हाउजिङ, रियलस्टेट र जलविद्युत् आयोजना निर्माण गर्दै आएको सीई ग्रुपले विराटनगरमा टेरोटेरियल कन्सेप्टअनुसार सीई कोलोनी निर्माण गर्न लागेको हो ।
सीईकै अवधारणाअनुसार विराटनगर महानगरपालिका ७ सरस्वती टोलमा सीई कोलोनी निर्माण सुरु भएको छ । विराटनगरका युवा उद्योगी शुरेशकुमार राठीको २२ कठ्ठा जमिनमा निर्माण हुन लागेको कोलोनीको लागत ६० करोड रूपैयाँ रहने सीईका कार्यक्रम संयोजक विमल भट्टराईले जानकारी दिए । विराटनगरमा सामूहिक रूपमा एकल आवासीय घर निर्माण गर्ने उद्देश्यका साथ यो परियोजना थालिएको उनको भनाइ छ । सीईले कोलोनी परियोजनाको काम गत वैशाखदेखि सुरु गर्ने भनिए पनि कोरोनाको कारण प्रभावित भएपछि गत भदौदेखि मात्र नियमित काम सुरु गरेको छ ।
सीर्ईले आफ्नो लक्ष्यअनुसार कुनै अवरोध नभएको खण्डमा कोलिनी निर्माण कार्य २०८० को दशैँसम्म सकिने गरी आफ्नो काम थालिसकेको जनाएको छ । विराटनगरका लागि यो नयाँ अभ्यास भएकाले पनि स्थानीयमा कोलानीको अवधारण बुझ्न समस्या देखिएको छ । तर पनि अहिलेसम्म चारवटा घर बुकिङ भइसकेको कुरा सीई ग्रुपले जनाएको छ । सीईले स्थानीयको समस्या बुझेर नै घर किन्दा सुरुमा ३० लाख बुझाउनुपर्ने र बाँकी नौैवटा किस्तामा लिने व्यवस्था मिलाएको जानकारी गराएको छ । अन्तिम किस्ता बुझाएपछि घर खरिद गर्नेका नाममा घर पास गरेर लालपुर्जा घरधनीलाई वितरण गर्नेसम्मको व्यवस्था मिलाएको जानकारी सीई ग्रुपले गराएको छ ।
सीईले निर्माण गरेको एउटा घर नौ धुरदेखि १३ धुरसम्ममा हुनेछ । घरको न्यूनतम मूल्य दुर्ई करोड २० लाखदेखि दुई करोड ७० लाख रूपैयाँसम्म पर्ने पनि जानकारी दिइएको छ । सीईले जानकारी दिएअनुसार ‘ए’ लेबल घरको कुल क्षेत्रफल २१ सय वर्गफिट रनेछ । यो लेबलका घर २० वटा निर्माण हुनेछन् ।
त्यसैगरी ‘बी’ लेबल घरको क्षेत्रफल २३ सय वर्गफिट हुनेछ र अन्य किसिमको घर पाँचवटा निर्माण गर्ने लक्ष्य लिएको कुरा जानकारी गराइएको छ । त्यस्तै ग्राहकको चाहनाअनुसार ग्राहकले दिएको डिजाइनअनुसार दुईवटा घर निर्माण हुने जानकारी पनि सीइले दिएको छ । सीइ ग्रुपले निर्माण गर्न लागेको सीई कोलोनीमा २७ वटा एकल आवासीय घर हुनेछ । घर अढाईतले र सुरक्षा, ढल, पानी, बिजुली, बाटोलगायतका सबै प्रकारका सुविधाहरू रहनेछन् । घरहरू राष्ट्रिय भवन आचार संहिताअनुसार नै सीईले निर्माण गर्नेछ । सबै घरहरू भूकम्प प्रतिरोधी घरहरू निर्माण हुनेछ । एउटा घरमा चारवटा सुत्ने कोठा, तीनवटा ट्वाइलेट हुनेछ । एउटा एटेज कोठा हुनेछ भने एउटा भान्साकोठा हुनेछ । बैठक कोठा पनि रहनेछ । पूजा कोठा घरको सबैभन्दा माथिल्लो तल्लामा रहनेछ ।
कोलोनीमा रहने घर परिवारलाई सामूहिकताका बारेमा सिकाइनेछ । घरहरू निर्माण भएर किनिसकेपछि ६ महिनासम्म कम्पनीका कर्मचारीहरू रहनेछन् । जसले समुदाय कसरी चलाउने भनेर सिकाउनेछन् । समुदायलाई दक्ष बनाएर कोलोनी घरधनीलाई जिम्मा लगाउने दायित्व पनि सीई ग्रुपकै हुने जानकारी गराइएको छ । सबै एकैनासको घर हुने र तला नथप्ने हुँदा कसैलाई केही असर नगर्ने किसिमको घर निर्माण हुनेछ । काठमाडौँमा मात्र केन्द्रित सीई ग्रुपले आफ्नो लगानीलाई सातवटै प्रदेशमा पु-याउने तयारी थालेअनुसार ग्रुपले विराटनगरमा सीई कोलोनी भनेर सुरु गरेको बताएको छ । पछिल्लो समय सीई ग्रुपलाई हाउजिङका लागि प्रदेश नम्बर २ मा तीनवटा घर निर्माणको प्रस्ताव आएको जानकारी पनि दिएको छ ।
त्यसैगरी गण्डकी प्रदेशको पोखरामा दुईवटा परियोजनामा लेटभ्यू अपार्टमेन्ट ल्याएको र फेवा प्रिन्स होटल प्राप्ति गरेर साझेदारीमा अघि बढाएको जानकारी पनि सीईले दिएको छ । पछिल्लो समय सीई ग्रुपले हाउजिङ, अपार्टमेन्ट र कमर्सियल कम्प्लेक्ससहितको ‘मिक्सयुज्ड’ प्रोजेक्ट ल्याएको कुरा बताइएको छ । तर कर्णाली र सुदूरपश्चिमबाट कोलोनी निर्माणको लागि अफर आए पनि अहिले त्यहाँ जाने सोच सीईले नगरेको जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया