पाँच तारा सहकारीले १५ प्रतिशत लाभांश दिने
काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सेयरधनी सदस्यहरूलाई १५ प्रतिशत लाभांश दिनेभएको छ । संस्थाको १४औँ वार्षिक साधारणसभाले सदस्यहरूलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभामा संस्थाका कोषाध्यक्ष कुमार विमलीले आर्थिक वर्ष २०७७।०७८ को आर्थिक विवरण प्रस्तुत गर्दै संस्थाको सेयर पुँजी छ करोड ६७ लाख, बचत संकलन ४८ करोड सात लाख र ऋण लगानी ५३ करोड ५६ लाख पुगेको जानकारी दिए । संस्थाले त्यस अवधिमा दुई करोड ५५ लाख ४१ हजार खुद मुनाफा गरेको छ । त्यसैगरी संस्थाले सदस्यहरूबाट संस्थागत विकास कोषबापत लिएको रकममध्ये यो वर्ष १० प्रतिशत र आगामी वर्ष १० प्रतिशत गरी २० प्रतिशत फिर्ता गर्ने भएको छ ।
संस्थाले महिला उद्यमशीलता विकास गर्न संस्थाले १० प्रतिशतकै हाराहारीमा ऋण दिँदै आएको छ । प्रतिसदस्य एक हजार सेयरपुँजीबाट सुरु भएको संस्थाको गत असार मसान्तमा सेयरपुँजी छ करोड ६७ लाख ३३ हजार र सबै कोषहरूमा गरी संस्थागत पुँजी आठ करोड ९१ लाख ९० हजार पुगेको कोषाध्यक्ष विमलीले बताए । संस्थाका अध्यक्ष भोलानाथ पाठकले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।
कोभिड १९ का कारण एकै पटक सबै सदस्यहरू भेला भएर साधारणसभा गर्न असम्भव भएकाले सदस्यहरूको घर–घरमा वार्षिक प्रतिवेदन पु-याई उनीहरूबाट आएको सल्लाहसुझावका आधारमा साधारणसभा सम्पन्न गरिएको उनले बताए ।
सभामा संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक सुशील प्रसाईंले प्रतिवेदन पेस गर्दै जोखिम विश्लेषण गरी नाफा बाँडफाँडको व्यवस्था मिलाउन र आन्तरिक लेखापरीक्षण विभाग स्थापना गरी सदस्यको हितमा हुनेगरी कार्यान्वय गर्दै जान सुझाव दिए । यस्तै संस्थाले ७५ वर्षमाथिका सदस्यहरूलाई चाडपर्व खर्चबापत जनही दुई हजारका दरले रकम प्रदान गरेको छ । सभामा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सातै प्रदेशमध्ये बागमती प्रदेशका धेरै सहकारीहरूमा समस्या देखिएकाले त्यसलाई समाधान गरी सुशासनमा ल्याउनु अहिलेको आवश्यकता रहेको बताए ।
यस्तै संस्थाले सदस्यहरूमा व्यावसायिकता, उद्यमशीलता, नेतृत्व विकास र स्तरोन्नतिमा खेलेको भूमिकाले नै संस्थाको क्रियाशीलता देखिने उनले बताए । त्यसैगरी कास्कुनका अध्यक्ष दिपक पनेरुले पछिल्लो समयमा विशेषतः बचत ऋण सहकारीमा समस्या बढेको बताए । सहकारीको मूल्य मान्यता र सिद्धान्तअनुरूप नचल्ने एवं सहकारीको बोर्ड झुण्ड्याउने तर काम र व्यवहार भने फरक गर्ने संस्थाहरूका कारण सहकारीको छवि धुमिलिएको उनको भनाइ छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया